जीवन
कपिलदेव खनाल
युगदेखि नै निदाएजस्तै देखिने
चिप्लेटी ढुङ्गा बनेको छ
एउटा सिङ्गो मन ।
ठीक मािथ
इतिहासका पानाजस्तै
धमिरा ओहोरदाहोर गर्ने
एउटा सिङ्गो आकास छ
र छसिकारु चराले उड्न सिकिरहँदा
भर्खरै हुँडलेर गएकोएक टुक्रा घाइते बादल ।
आँखाजस्तै सुख्खा छ-तलाउ
ओठ जस्तै मौन छन्-बतासहरु
पत्करजस्तै खङ्गङ्ग सुकेको छ छाती ।
बालेर पत्करजस्ता छाती
छोपेर घाइते बादल
देखाउन सकिँदैन सिङ्गो आकास
उक्ल यस पटक
मनहरुको ढुङ्गामा
र हेरप्वाल परेको सूर्य
धमिरा ओहोरदोहोर गरिरहेने आकाश ।
विज्ञान झुट्टो लाग्ने छ तिमीलाई
उभिएर मेरो छातीमा
बोलिरहेका हुने छौ तिमी
-ुजीवन कागजभन्दा पनि पातलो रहेछ ।
ुमाघ ५ २०६३ नुवाकोट
साच्चै ! धेरै पछि राम्रो कवि भेटें ।कविताको उचाई नाप्नै नसक्ने गरि अग्लिएको छ ।मलाई असाध्यै मनपर्ने कवि रमेश क्षितिजलाई पढे झैं आभास भो ।
ReplyDeleteWe are shocked and shattered to hear the untimely demise of our beloved teacher and member of School Management Committee Mr. Madhu Sudhan Thapaliya. He was friendly, socialist and helpful person. His past memories will always be cherished in our heart.
ReplyDeleteMay God rest his soul peace in heaven and give his family all the strength to over come this grief.
Let the memories of the years you’ve shared
Wash over you heart and soul,
Let the knowledge that you are in our prayers
Help you to console
Let his sprit fill you with strength and love
May it help the pain decrease,
As each day that bring a glorious dawn
Creates an inner peace!
With my most sincerest and deepest condolence for your lost.
Uttam Tamang
Chair person
School Management Committee (Shree Mahendra Higher Secondary School, Chaturale, Nuwakot)
Managing Director of Brilliant Treks & Adventure
Kathmandu, Nepal
सुन्दर मान्छेको कल्पना मखमली कबिता भन्दा बिछट्टै प्यारो हुन्छ ?
ReplyDelete