कपिलदेव खनाल
यो आकाश
मान्छेको टाउकोमाथि
घरको छानााथि
झरीले ओसिएको सूर्यहरुको विस्कुन छेउछाउ
धुमधुम्ती बसेर किन रोइरहन्छ हँ
यो आकाशस
आँसुको पहाडमािथ
माटोको लाशमाथि
सपना हराएका एक्लाएक्ला आँखाका छेउछाउ
लुखुरलुखर डुलेर कस्को आँसु रोइरहन्छ हँ
यो आकाश सज्वालामुखीको नदीमाथि
खरानीको बगरमाथि
अंगारसमेत डढीसकेका मानव बस्तीको छेउछाउ
हिक्क हिक्क गरेर
कस्ले सल्काएको आगो
रोइरहन्छ हँ
जेठ ६ २०६१