जीवन
कपिलदेव खनाल
युगदेखि नै निदाएजस्तै देखिने
चिप्लेटी ढुङ्गा बनेको छ
एउटा सिङ्गो मन ।
ठीक मािथ
इतिहासका पानाजस्तै
धमिरा ओहोरदाहोर गर्ने
एउटा सिङ्गो आकास छ
र छसिकारु चराले उड्न सिकिरहँदा
भर्खरै हुँडलेर गएकोएक टुक्रा घाइते बादल ।
आँखाजस्तै सुख्खा छ-तलाउ
ओठ जस्तै मौन छन्-बतासहरु
पत्करजस्तै खङ्गङ्ग सुकेको छ छाती ।
बालेर पत्करजस्ता छाती
छोपेर घाइते बादल
देखाउन सकिँदैन सिङ्गो आकास
उक्ल यस पटक
मनहरुको ढुङ्गामा
र हेरप्वाल परेको सूर्य
धमिरा ओहोरदोहोर गरिरहेने आकाश ।
विज्ञान झुट्टो लाग्ने छ तिमीलाई
उभिएर मेरो छातीमा
बोलिरहेका हुने छौ तिमी
-ुजीवन कागजभन्दा पनि पातलो रहेछ ।
ुमाघ ५ २०६३ नुवाकोट