Thursday, August 27, 2009

कपिलदेव खनालका कविताहरु

निलडामहरु
यो रात त
उसै पनि वितेर जान्छ
पर्ख! तिम्रो अनुहारएक्कैछिन् पढ्छु

ती ओठमूनिका कोठीमा
पिरतीका निलडामहरु जमेको हुनुपर्छ
आँखाका कोषाकोषामा
सपना तैरिएर बसेजस्तो देखिन्छ
एक्कै पटक चलाएर हेरौन
हल्लन्छन या हल्लदैनन् सपनाहरु

!तिम्रो आँखा
एक्कै छिन् पढ्छु
पर्ख !परेला र आँखुभूइँभरी
मेरा नजर अड्कीएको हुनुपर्छ

तिम्रो ओठ
एक्कै पटक छुन चाहन्छु
सम्झ त तिम्रा ओठ र मेरा ओठभरी
एक रात हामीले भुल भुलैया रोपेका थियौ ।

ती तकिया मुनी छिरेका हत्केलाहरु
मामायाका रेखा जेलिएको हुनुपर्छ
त्यो सिङ्गो छाती
ज्वालामूखीसँग विस्फोट हुने तरखरमा छ
अझै तताएर हेरौ नकत्तिको गहिरो घाउ जन्मने छ !

कत्ति पटकसम्म सम्हाल्न सकिएला र !
स्टक र टि-सर्टका फेरहरुपर्ख !
तिम्रो शरीरभरी निलडमै निलडाम हुनुपर्छ
एक्कै पटक सुम्सुम्याएर हेरौ न
दुख्छन् या दुख्दैनन् निलडामहरु
२०६३ चैत १६



मोवाइल र उ
मोवाइलमा म्यासेज हेरिरहँदा
कहिलेकाही त उ
साह्रै रुन्चे बनिदिन्छ
हुन सक्छ इनबक्सभरी घाउ नै घाउ छ ।

डायल गरिरहँदा तिम्रो नम्वर
झसङ्गझसङ्ग तसर्िरहन्छ
उस्तै उस्तै लाग्दो हो
मोवाइलका चक्कला किप्याडर
तिम्रो औलाका नङहरु ।

कुरा गर्ने रहर त कत्ति कत्ति छ
कठै ! एकाउण्ट व्यालेन्स छैन
कत्ति पटक म्यासेज लेख्न बसेको उसले
आफ्ना आँसुहरुलाई मोवाइलमा लेख्नै जानेन
उ फेरि सुँक्क सुँक्क गरिरहेको छ
हुन सक्छ सेन्ट आइटमभरी गल्ती नै गल्ती छ ।

के गर्छ उ केही गर्दैन
के गर्न सक्छ र उसले केही सक्दैन
कहिले काँही छिर्छ भट्टीतिर
नशाले चुरचुर भएको उ
मात्र बोलिरहेको हुन्छ-
साला जिन्दगी !

एक्कै शिशीले निको हुने
कत्ति थोरै दुःख दिएकी !
यस्तै यस्तै सोचेर हाँसिरहन्छ उ
आफ्नो हासोलाई मोवाइलमा लेख्नै जानेन फेिर

अहिले पनि रुन्चे रुन्चे बनिरहेको छ
हुन सक्छ
लेख्न मन गरिरहेको अक्षरहरु
सम्पूर्ण किप्याड थिच्दा पनि
भेट्न सकिरहेको छैन्
१९ फागुन २०६३



साँच्चै गाजली
कुनै एक रात !
झ्याल उघारेर बादलका टुक्राटुक्रामा निन्द्रा खोजिरहँदा
जुन सुत्ने तरखरमा थियो
धरोधर्म !जुनले पनि मलाई हेर् यो केही बेर
साँच्चे गाजली !
जुनले त मेरै निन्द्रा ओछ्याए जस्तै लाग्यो

कुनै एक दिन मन उघारेर
भुगोलका टुक्राटुक्रामा केही खोजिरहँदा
पृथ्वी सिङ्गै समुन्द्रमा डुब्ने कोशिष गर्दै थ्यो
धरोधर्म !पृथ्वीले मलाई हेर्दै हेरेन
साँच्चै गाजली !
पृथ्वी त मेरै आँखाजस्तै लाग्यो

यदाकदा आँखा चिम्लिएर
कल्पनाको सहरमा तिमीलाई खोजिरहँदा
कपाल बाटिरहेकी हुन्थ्यौ
तिमीधरोधर्म !
तिमीले पनि मलाई हर् यौ एकोहोरो
साँच्चै गाजली !
मेरै मन बाटेजस्तै लाग्यो

यदाकदा आँखा उघारेर सडक किनारामा
तिमीलाई हेरिरहँदा
बसलाई हात दिईरहेकी हुन्थ्यौ
धरोधर्म !
बससँगै म पनि हुन्थेँ
साँचै गाजली !
मलाई नै हात दिएजस्तै लाग्यो
१८ फागुन २०६३



इच्छापत्र
मनहरु
जुनजस्ता हुँदैनन्टाढाबाट टुलुटुलु हेरिरहने
मनहरु मैनबत्ति जस्ता पनि हुँदैनन्पग्लिएर टेवलमासम्साँझै विलाई जाने ।

तिम्रा नजरका हातहरु छिरेर छातीभित्र
खेलाईरहेछन्मनका संवेदनशील अङ्गहरु
तिम्रो ओठको तातो बाफले आकार बढाउन खेाजिरहेछ
मनका यौनाङ्गको

नसुम्सुम्याउ यो मन
नतताउ यो मन
आजको साँझमा चिसो बन्ने रहर छ
जमाएर मनलाई बरफजस्तै
फुकालेर मनलाई कोटजस्तै
अलिअलि जिन्दगीका कुरा गरौं ।
माघ ७ २०६३



कोशेली
धेरै पटक आएँ यता
धेरै पटक फर्किएँ यताबाट
आउँदाभेट होला÷ नहोलाको मन लिएर आउथें
जाँदा भेट भएको मन लैजान्थेँ
ती पहिला पहिला
आउँदा र जाँदा ।

आउने क्रम यस्तो पनि हुँदो रहेछ
लेराउने र लैजाने चीज एउटै पनि बन्दोरहेछ
भेट नहुने शंका लेराउँदिन
भेट भएको खुसी लैजादिँन
आज भोिल प्यास लेराउने गरेको छु
प्यास लैजाने गरेको छु ।
बैशाख २६ २०६२



कविता
चुपचास जमिरहेको अँध्यारोमा
चाहनाहरु मनहरु हार्दिकताले बालेर
म तिर फर्कदै तिमीले भनेकी थियौ-
कविता लेख्नु है !

गाला सुम्सुम्याएको थिएँ तिम्रो
अझ बलियोसँग अंगालोमा कसेको थिएँ तिमीलाई
कविता लेख्ने बाचामा ।

मलाई माफ गर !
भावना र संवेदनाहरु
उमेरका आवेग र पानी पानी शब्दहरु
तिम्रै साक्षीमा उसै रात बगेछ
हेर त !!
यो पटक खाली कागज लेराएको छु
नलेखिएको कविता सुनाउन आएको छु ।
बैशाख २६ २०६३



गन्तव्य
यो आँखादेखि
त्यो आखासम्म
लामो पुल हालेर म तर्दै छु हैत्यतैतिर !

नहाँसिदेउ-
पुल हल्लिन सक्छ
नरोईदेउ पुल बगाउन सक्छ
माघ २७ २०६१



मनको बाटो
पिरतीको धुन सुन्न
अभावका थपडी बजाउन
मृत समय गाडिएको
चिहानघारी पुग्ने गरेको छु
तिम्रो मनको बाटो भएर ।

निक्कै वेरसम्म गुिाजरहन्छ पदचापहरु
कतै केही भेटिँदैन केही देखिँदैन
किन यतिविग्न डरलाग्दो एकान्त छ
हँ तिम्रो मनको बाटो !
माघ २७ २०६१



श्रमिला र श्रमिलाहरु
फर्केर सक्याएँ यात्राहरु
पोखेर रित्याएँ जीवन र सपनाहरु
अव घत्रक्क हुने भारी थकाई माझ
बेला बेलामा रुवाई रहन्छ
घाउजस्तै दुःखीरहन्छ
श्रमिला र श्रमिलाहरु ।

रित्तै रित्तै उठेँ
हर विहान हत्केला भरीका आँसुहरुले धुन खोजेँ
अनिदा आँखाहरु
मैला मैला सम्झनाहरु ।

तिर्खा लागोस् ÷नलागोस्
रक्सी र चुरोट पिउने वाहान भए श्रमिला र श्रमिलाहरु ।

कुनै दिन सम्झँदा सम्झँदै विसर्िएको दिन
उ मलाई माया गर्थी
लोलाएर हेरिरहँदा त्यसै त्यसै कुत्कुतिन्थी
सिन्दुर हालेजस्तै निधारको टीका सिउँदोसम्म पुर् याउथी ।

मुर्छा छुटिरहेको बेलामा
झन् घाउ कोट्याउने काडाँ भए श्रमिला र श्रमिलाहरु ।
असोज ४ २०६२



अर्को युद्ध पनि माजुर छ
थकाईहरुको बैशाखी टेकेर तिम्रो आँगनमा उक्लिदा
तिम्रा आँखाभरी रोएँ
तिमीसँग मैले हारेँ

तर मैले भर्खर एउटा युद्ध जितेको छु
हेर त मेरो छातीमा ुहाँसोको भिक्टोरीया क्रसु छ ।

बिछोडका खाटाहरु छामेर तिमीलाई हेरिरहदा
तिम्रा वैशभरी दुखँे
तिमीसँग मैले फेरि हारेँ
तर यस पटक
मैलेजितेको छु भनेर सुनाउने युद्ध छैन
हेर त मेरो कपालमा सेताम्मे भएर समय फुलिरहेका ।

थकाईहरुको बैशाखी टेकेर ुहाँसोको भिक्टोरिया क्रसु लगाउनुको के अर्थ !
समय सताम्मे फुेको कपाल कन्याएर जीवनसँग युद्ध जितेको सुनाउनुको के अर्थ !!
तिमीसँगै रहदा दु ःखको युद्ध माजुर छ
आँसुको तक्मा स्विकार्य छ ।

विन्ती छ तिमी मलाई केही प्रश्न नगर
आँगनमै छोडेको थकाईहरुको बैशाखीमाुहाँसोको भिक्टोरिया क्रसु झुड्याईसकेँ
आफ्नै खुट्टाले पिढी उक्लेको छु
मलाई दुःखको युद्ध माजुर छ
अझ अर्को युद्धपनि माजुर छ म
लाई आँसुको तक्मा स्विकार्य छ ।
भाद्र १ २०६१



विगत
महाशय
तिमी मसे्रटिज कारमा सडक-सडक चाहारिरहँदा
सडक किनारामा छताछुल्ल भएर पोलिएको हुन्छ तिम्रो विगत
ट्राफिक जस्तै सिठ्ठी बजाई रहेका हुन्छौ विगतको तिमी ।

तिमी चोकतिर जाममा पर्दा
झल्याकझुलुक देख्छौ होला भाडाका बसमा यात्रा उक्लने -झर्ने यात्रुहरुका
त्यसवखत् पुरानो यादा आउँदो हो
खालासीसँग किचकिच गरेको
भाडा नतिरी भागेको ।

तिमी भाडाको बस चढ्दा ट्वाल्ल हेरिरहन्थ्यौ
चिल्ला-चिल्ला कारहरु
अहिले चिल्लो कार चढ्दा झन् ट्वाल्टवाल्ती हेर्दैछौ नखरमाउली युवतीहरु ।

युवतीको कसिलो पाइन्ट चश्माले छोपेको आँखाले धेरै वेरसम्म हेरिरहन्छौ ।
एकाग्रता भङ्ग भए माफी चाहन्छु
उता हेर त !
फरिया समातेर हिलो फट्किरहेकी सानुमायाका पिडौला हेरेर
रनक्क तातेर मस्किने तिम्रो विगत अझैं सानुमायाहरु पर्खिरहेछ ।

तिमी कालो चश्मामा सजिई
महङ्गो गहना लगाइएको हातले मोवाइल खेलाइरहँदा
पित्तले औठी लगाएको औला जोड्दै विन्ति गरिरहेछन्
साहुजीसँगउधारोमा चामल पाउँ भन्दै
तिम्रा विगतहरु
महाशय !
यो दृष्य पनि तिम्रो कालो चश्माले टाल्यो होला र
श्रावण २७ २०६१



परिभाषा
तिमीसँग
एउटा फुल्ने जिन्दगी छ
मसँग
एउटा बाँच्ने जिन्दगी छ ।

फुल्नुको अर्थ सुगन्धित हुनु हो
सुगन्धित हुनुका अर्थ सुन्दर हुनु हो
सुन्दर हुनुको अर्थ सिरमा लगाइनु हो
कोरीबाटी गरेको चुल्ठोमा फुल्न पाउनु हो ।

बाँच्नुको अर्थ दुःख पाउनु हो
दुःख पाउनुको अर्थ मृत्यु केवल मृत्यू
समवेदना बजाउने एकोहोरो शंख ।

तिमी शिरमा सजिन्छ्यौ
चुल्ठोमा फुल्छौ
सुगन्धको वहार बगाउँदै जीवनको बाटो र आफन्तका भन्ज्याङ्गमा
उकाली ओराली गर्छौ
एउटा सिङ्गो शब्द जिन्दगी
तिमी फुल्नुको परिभाषा हुनेछ ।
म मृत्यु उत्सव र सवहरुको यात्रामा फुल्नेछु
केवल एकोहोरो आवाजटु……।टु……॥टु………
शंख भएर मृत्युको खवर फैलाउँदै
बस्ती र घाट घाट र बस्ती ओहोरदोहोरबस् !
म बाँच्नुको परिभाषा यति हो ।

तिमीसँग एउटा फुल्ने जिन्दगी छ
मसँग एउटा बाँच्ने जिन्दगी छ
मृत्युपछि मृत्यु पढिरहेका हिउँ जस्ता फुस्रा र चिसा एक जोर आँखा छ
श्रावण २४२०६१



वेश्या काठमाण्डौ
त्यसै बेला
काठमाण्डौंको सदरमुकाममा िसंहदरवारले बलत्कार गर् यो
कुमारी काठमाण्डौंलाई ।

काठमाण्डौं टुँडिखेलमा उत्तानो पारिरह्यो बलात्कृत घाउ सुम्सुम्याई ।
अचानक गर्लम्म ढल्यो धराहरा
फेरि अर्को वलात्कृत !
काठमाडौंमाथि अर्को बलात्कार !!

यस पटक खुब चिच्यायो काठमाडौं
भिमसेन थापालाई पुकार्दै करायो-
बचाऊ ! बचाऊ !!म फेरि लुटिँदै सबैको अगाडि बर्वाद भएँमलाई धरहराले लुट्यो ।

कोतपर्व देखाएर त्रासित बनाउँदै
काठमाडौंको इच्छा विरुद्ध एकोहोरो यौन आनन्द लिइरहन्छ
सम्भोग गरिरहन्छजंगबहादुर ।
रत्नपार्क न्युरोड ठमेल…लाइन लागेर काठमाडौंको इच्छा विरुद्धकाठमाडौंलाई नै भागिरहन्छ
नाङ्गै-नाङ्गै गिजोलिरहन्छ ।

शताब्दिदेखि यस्तै क्रम चल्दै आयो काठमाडौं एउटा वेश्या बन्यो
पेसेवर वेश्या ।

आजकाल आफ्ना नितम्व छामेर
चुरोटको धुँवा फुक्दै कामुक पहिरनमा
काठमाडौंको गल्ली गल्ली चाहारिरहन्छ एउटा वेश्या काठमाडौं ।

आजकाल वेश्या काठमाडौं धरहराको गुप्ताङ्ग चलाईरहन्छ
यौन तृष्णाको छट्पटीमा इतिहासका पानामा ग्राहक खोज्न चाल्छ
आफूलाई बलात्कार गनें
िसंहदरवार धरहरा जंगबहादुर घण्टाघर सबै-सबै इतिहासका पाना-पानामा भेट्टाउँछ ।
आफूलाई कतै पाउँदैन
र आक्रोस्मा घण्टाघरको समयलाई रात-रातभर बलत्कार गरिरहन्छ
एउटा वेश्या काठमाडौं ।
श्रावण १९ २०६१



दुख्यो मेरो राजा दुख्यो
उसैगरी नै लगातार विझाईरहेकै छ घोचिरहेकै छ
भित्रभित्रै छातिमा
गलामा लगाएको पोतेको दानाले ।

त्यसैगरी नै एकाविहानै रातभर देखेको सपना
आँखाको पानी भएर बगिरहेकै छ
निरन्तर निरन्तर ।
ऐया ! दुख्नु दुख्यो ।दुख्यो मेरो राजा दुख्यो
लगनको मंगलसुत्र दुख्यो
सपना देख्ने मेरो मन दुख्यो
सना बगाउने मेरो आँखा दुख्यो ।

त्यसैगरी नै
ठ्याक्कै हामीजस्तै
टाँसिरहेकै छन् खप्टिरहेकै छन्
सजिव आवाज निकाल्दै हातका चुराहरु
उही ताल र सुरमा आधा रातमा तिम्रो फोटो हेरिरहँदा
छन्छन् बजिरहेकै छन् तिमीले चलाएजस्तै रातरात भर ।

ऐया ! फेरि दुख्नु दुख्यो ।दुख्यो मेरो राजा दुख्यो
राता चुरा लगाएको हात दुख्यो
संगै सुतेको हाम्रो पहिलो रात दुख्यो
तकिया च्यापिरहने मेरो बैश दुख्यो ।

उस्तै उस्तै गरी छचल्की रहेकै छडगमगाई रहेकै छ
तिमी विदेशिएको दिनदेिख अहिलेसम्म
सिँउदोमा जमाएका सिन्दूर ।

तिम्रो सुन्दूर पोखेर
अर्को सिन्दूर थाप्न किन सकिन्थ्यो र !
तै पनि कहिलेसम्म कुरुँ