सुनखानी÷यस इमेज साप्ताहिकका प्रकाशक कपिलदेव खनाललाई सुनखानी बहुउद्देश्यिय सहकारी संस्थाले शनिवार सुनखानी सम्मान–२०६८ प्रदान गरेको छ ।
सुनखानी–५ स्थित ग्रामिणदेवी माध्यामिक विद्यालयमा आयोजित संस्थाको तेश्रो साधारण सभामा संस्थाका तर्फबाट जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष बैकुण्ठ मिश्रले सम्मान पत्र प्रदान गरेका हुन् । खनालले सुनखानी सहकारी र सुनखानी गाविसको पहिचानको लागी सञ्चार माध्याममा महत्वपूर्ण भुमिका खेलको भन्दै संस्थाले नगद सहित सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष देवराज कँडेलका अनुसार यस वर्षबाट सुरु भएको सुनखानी सम्मान हरेक वर्ष संस्थाको वार्षिक कार्यक्रमको अवसरमा सुनखानी गाविसमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउने एक जना व्यक्तिको छनोट गरी सम्मान गरिने छ । ‘हामी सामाजिक, आर्थिक, साँस्कृतिक पक्षबाट सुनखानीलाई पु¥याएको योगदानका आधारमा विभिन्न सामाजिक व्यक्तित्वहरूको सम्मान गर्दै जानेछौँ’ कँडेलले भने ।
सम्मान कार्यक्रममा बोल्दै संघका जिल्ला अध्यक्ष मिश्रले यस्ता सम्मान कायक्रमहरूले संस्था र सम्मानित व्यक्तिहरूको कार्यशैलीमा बढावा पुग्ने भन्दै सम्मान कार्यक्रमको सुरुवात प्रशंसा योग्य रहेको बताएका थिए ।
यसै बीच, शनिवार सम्पन्न संस्थाको साधारण सभाले पुन ः देवराज कँडेलको अध्यक्षतामा नयाँ सञ्चालक समितिको निर्विरोध चयन गरेको छ । समितिका उपाध्यक्षमा महेन्द्रराज पाण्डे, सदस्यहरूमा अर्जुन तामाङ, बिरमाया तामाङ, प्रकाश पाण्डे, तिरथबहादुर श्रेष्ठ, सुशिला कँडेल, कृष्णबहादुर भेटवाल र हरिबहादुर थपलिया छन् । त्यसै गरी, लेखा समिति संयोजकमा पुष्पराज भेटवाल, सदस्यहरूमा शिव गुणी र गङ्गालाल डङ्गोल छन् ।
संस्थाको साधारण सभामा संघका अध्यक्ष मिश्र, सम्मानित पत्रकार खनाल, संस्थाका उपाध्यक्ष महेन्द्रराज पाण्डे, सल्लाहकार राजाराम गुणी, सदस्य सुवास उप्रेती लगायतकाहरूले शुभकामना मन्तब्य राखेका थिए । साधारण सभाको उद्घाटन कार्यक्रममा सहकारी संस्थामा उत्कृष्ठ बचत गर्ने कान्छीमाया तामाङ, उत्कृष्ठ ऋणी रविन्द्रप्रसाद पाण्डे, उत्कृष्ठ कृषक सन्तबहादुर डङ्गोल, उत्कृष्ठ लेख रचना सृजना गर्ने ग्रामिणदेवी माविका शिक्षक सुर्यबहादुर डङ्गोल र कुम्भेश्वर माविका विद्यार्थी रिता गुणीलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि संघका अध्यक्ष मिश्र र सहकारी संस्थाका अध्यक्ष कँडेलले सहकारी
स्मारिकाको रुपमा सुनखानी बहुउद्देश्यिय सहकारी संस्थाले प्रकाशन गरेको सुनखानी सौगात नामक पुस्तकको समेत विमोचन गरिएको थियो ।
उक्त सहकारीले गाउँमा सुपथ सहकारी पसल सञ्चालन गर्दै आएको छ भने कृषहरूलाई सरकारले सहुलियतमा उपलब्ध गराएको रासायनिक मलको विक्रिको लागी सहजिकरण गरिरहेको छ । त्यसै गरी व्यवसायीक रुपमा तरकारी खेती गर्ने किसानहरूलाई सहकारीले सावा मात्र फिर्ता गर्ने गरी ऋण लगानी गरेको छ । ‘एक वर्षसम्म तरकारी खेतीका लागी सहकारीको पैसा चलाउन पाइन्छ, सफल कृषक सन्तबहादुर डङ्गोलले भने– त्यसपछि अर्को कृषकलाई त्यो रकम हस्तान्तरण गर्नु पर्छ ।’ यसरी सहकारीले व्याजको हिसाव नगरी पैचोमा सदस्यहरूलाई चलाउन दिएको रकमले साना पुँजीमा कृषिजन्य व्यवसाय सञ्चालन गर्नेहरूलाई ठूलो राहत मिलेको कृषकहरूको भनाई रहेको छ ।
स्थापनाको छोटो अवधिमै गाउँका ८२ जनालाई शेयर सदस्यको रुमा समेट्न सक्नु र सहकारीका माध्यामबाट कृषहरूलाई प्रत्यक्ष राहत पुग्नेगरी विभिन्न गतिविधिहरू सञ्चालन गर्न सक्नु संस्थाको उपब्धि रहेको कार्यक्रममा सहभागीहरूले टिप्पणी गरेका थिए ।
No comments:
Post a Comment