कपिलदेव खनाल÷नुवाकोट
देविघाट, माघ १४ गते । विद्यालयले निजी रुपमा राखेको शिक्षकहरुलाई तलव खुवाउने श्रोत जुटाउन नुवाकोट जिल्लाको एक माध्यामिक विद्यालयले सामुहिक ब्रतवन्धको आयोजना गरेको छ । विदुर नगरपालिका–७ देविघाट स्थित शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयले शिक्षकहरुलाई तलव खुवाउनका लागी विद्यार्थी तथा छिमेकी गाउँका किशोरहरुको शनिवार सःशुल्क रुपमा सामुहिक ब्रतवन्ध गराएको हो । शनिवारको उक्त सामुहिक ब्रतवन्धमा एक सय १० जना बटुकहरुको कर्मकाण्ड पुरा गराएको विद्यालय व्यवस्थापन समितिका सदस्य रामकृष्ण भट्टले जानकारी दिनुभएको छ । उहाँका अनुसार ब्रतवन्धमा सामेल भएको बटुकहरुबाट जनही विद्यालयले एक हजार पाँच सय रुपियाँ शुल्क उठाएको छ ।
भट्टका अनुसार शुल्कबाट मात्रै एक लाख ७५ रुपियाँ सङ्कलन भएको छ । ब्रतवन्धका लागी ५९ हजार रुपियाँ खर्च भएको छ । ‘बाँकी रकम विद्यालयको शिक्षकहरुलाई तलव खुवाउनका लागी प्रयोग गरिने छ’ भट्टले भन्नुभयो । उक्त विद्यालयले आठ वर्ष देखि विद्यालयको खर्च र निजी श्रोतमा राखिएका शिक्षकहरुलाई तलब खुवाउनका लागी प्रत्यके वर्ष श्रीपञ्चमिमा विद्यलाय परिषरमा सामुहिक रुपमा ब्रतवन्धको आयोजना गर्दै आएको छ ।
नुवाकोट जिल्लामा संस्कृति पाठ्यक्रम पढाई हुने एकमात्र उक्त विद्यालय स्थापनाकाल देखिनै आर्थिक सङ्कटमा गुज्रदै आएको छ । २०५५ सालमा स्थापना भएको कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा हाल ११ जना शिक्षक रहेकोमा चार जनामात्रै दरवन्दीका छन् । ‘बाँकी शिक्षकहरुलाई यसै गरी गरिने ब्रतवन्ध र रोइकराई गरी बटुलिने आर्थिक सहायताले धान्ने गरेका छौँ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डङ्गोलले भन्नुभयो ।
यसरी विद्यालयले सामुहिक रुपमा आयोजना गरेको ब्रतवन्धले अभिभावहरुलाई संस्कृतिको नाममा हुने खर्चको बोझ हट्दै गएको छ । आफ्ना छोराहरुको कर्मचलाउनने नाममा गरिने ब्रतवन्धले आर्थिक र मानसिक बोझ थोपर्ने गरेकोमा सामुहिक रुपमा आयोजना भएको यस कार्यले मुक्ती मिलेको छ । ‘पन्ध्र सय रुपियाँमा छोराको ब्रतवन्ध सम्पन्न भयो’ भीमप्रसाद गजुरेलले भन्नुभयो । विद्यालयका प्रधानाध्यापक हेमनीधि नेपालका अनुसार विद्यालयले गर्ने सामुहिक ब्रतवन्धको लोकप्रियता अभिभावकहरुमा मात्र नभई छिमेकी जिल्लाहरुसम्म रहेको छ । यहाँ सामुहिक ब्रतवन्धका लागी नुवाकोटका अलावा रसुवा र धादिङबाट समेत बटुकहरु आउने गरेका छन् । गएको वर्ष एक सय वटुकको सामुहिक ब्रतवन्ध गराएकोमा यो पाली बढेर एक सय १० जना पुगेको विद्यालयले जनाएको छ ।

No comments:
Post a Comment