कपिलदेव खनाल
त्रिशुली÷नुवाकोट जिल्लाको पहिलो सामुदायिक स्वास्थ्य केन्द्र पारिवारिक सदस्यहरूको घेरा भित्र फस्दा नौँ वर्ष देखि बन्द रहेको छ । त्यत्ती मात्र होइन स्वास्थ्य केन्द्रलाई विदेशी संस्थाहरूले उपलब्ध गराएको महत्वपूर्ण सामग्रीहरू ‘चोरी’ भइसकेको छ भने एम्वुलेन्स व्यक्तिको घरमा थन्किएको छ ।जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दर्ता भएको त्रिशुली पब्लिक हेल्थकेयर सर्भिस सेन्टर नाम गैह्र सरकारी संस्थाले विदुर नगरपालिका–११ त्रिशुलीबजारमा सञ्चालन गरेको त्रिशुली क्लिनिक २०५९ सालदेखि बन्द रहेको छ । क्लिनिकको दुई तले भवन वर्षै देखि अलपत्र परेको छ । त्यस भित्र रहेका स्वास्थ्य उपचार सम्वन्धी केही सामग्रीहरू खियाँ लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । स्थानीयहरूका अनुसार विदेशी सहयोगमा सञ्चालन भएको उक्त स्वास्थ्य केन्द्रलाई पारिवारिकिकरण गरेर डुवाएको बुझिएको छ । स्वाथ्य केन्द्र सञ्चालन गरेको संस्थाका अध्यक्ष ऐश्यर्वमान बैद्य स्थानीय प्रेमलाल श्रेष्ठको बहिनी ज्वाई हुन् । उनी काठमाडौँको डिल्लिबजारमा बसोवास गर्छन् ।
स्वास्थ्य केन्द्र सञ्चालनको लागी स्थानीय हरिबहादुर नगरकोटीले उपलब्ध गराएको तीन रोपनी जग्गा अध्यक्षको श्रीमतीको नाममा रहेको बताइएको छ । ‘पछिल्लो समयमा चाँही क्लिनिकको नाममा जग्गा पास गरेका छन् रे भन्ने सुनिएको छ’ स्थानीय राजेन्द्र महर्जनले भने ।
स्वास्थ्य केन्द्रसंग रहेको इसिजी, एक्सरे लगायतका मेसिनहरू हराएका छन् । उक्त सामान हराएको विषयमा स्थानीयहरूले शंका प्रकट गरेका छन् । स्वास्थ्य केन्द्रको नाममा बैद्य परिवार र आफन्तहरूले व्यक्तिगत सम्पत्ती आर्जन गरेको आरोप समेत स्थानीयहरूको रहेको छ । ‘प्रेमलाल सरले भनेर घर बनेको जग्गा मात्रै बाँकी राखेर सम्पूर्ण जग्गा दिए, बहिनी ज्वाईसंग मिलेर खाए, जग्गादाता हरिबहादुर नगरकोटीले भने– उनीहरू यही क्लिनिकको नाम बिकाएर काठमाडौँमा सम्पत्ती जोडिरहेका छन् ।’
स्थानीयवासीले उनीहरूले पारिवारिक सदस्यहरू मात्रको सहभागितामा गठन गरेको संस्था खारेजीसंग जिल्ला प्रशासन कार्यालय नुवाकोटले छानविन गर्नका लागी माग गरेका छन् । ‘हामी सामुदायिक रुपमा सञ्चालन हुने आशामा छौँ, राजेन्द्र महर्जनले भने– सरोकारवालाको सहभागितामा समिति गठन गरेर संस्था सञ्चालनको लागी सबैलाई सहयोगको आग्रह गरेकाछौँ ।’
क्लिनिक बन्द भएपछि सम्वन्धित व्यक्तिहरूको रेखदेख नभएकै कारण पक्की भवन थोत्रिदै गएको छ । झाडीले पुरेको क्लिनिक परिसरलाई भने स्थानीयहरूले सरसफाई गरेर विवाहको भोज लगाउने स्थलको रुपमा प्रयोग गरिरहेका छन् । ‘अस्पताल मासिएर भोजभत्तेर लगाउने चौर बनेको पनि देख्नुप¥यो’ एक स्थानीयवासीले दुखेसो पोख्दै भने ।
यता संस्थाका अध्यक्ष रहेका ऐश्वर्यमान श्रेष्ठले भने विदेशी सहायता आउन छाडेकोले संस्था र संस्थाका क्रियाकलापहरू बन्द भएको बताएका छन् । इमेजसंग टेलिफोनमा कुराकानी गर्दै उनले क्लिनिक सञ्चालनको लागी मासिक रुपमा ६० हजार रुपैयाँ खर्च लाग्ने गरेको र जापानी सहयोग बन्द भएपछि नसकिएको बताएका छन् । तर संस्थालाई उपहार स्वरुप प्राप्त भएको एम्वुलेन्स भने आफुसंग सुरक्षित रहेको उनको भनाई छ ।
No comments:
Post a Comment