तीन वर्ष देखि कक्षा चारमा पढिरहेका राममाया र सुनिता तस्बिर : कपिलदेव |
कपिलदेव खनाल
विदुर\तस्बिरमा देखिएका घ्याङ्फेदी गाविसका यी राममाया तामाङ(बायाँ) र सुनिता मोक्तान(दायाँ)ले कक्षा चार दुई पटक उत्र्तिण गरिसके । सामान्यतया कक्षा चार पछि यिनीहरूले कक्षा पाँच पढ्न पाउनुपर्ने हो, तर तेश्रो पटक पनि कक्षा चारमा नै भर्ना भएका छन् । घ्याङ्फेदी गाविसमा यिनीहरू मात्रै होइन कक्षा चारमै विद्यार्थी जीवन विताउनेहरू १३ जना छन् ।
गाउँमा उपलब्ध हुननसकेको विद्यलायका कारण वर्षेनी कक्षा उत्र्तिण भएर एउटै कक्षामा पढ्नु पर्ने उनीहरूलाई बाध्यता बनेको छ । विद्यालय नगए मेलापात जानुपर्ने र आफन्त तथा महिला विक्रीका दलालहरूले फकाएर बिक्री गर्ने त्रासकै कारण आफुहरू कक्षा दोहो¥याएर भएपनि पढ्ने गरेको राममाया तामाङ र सुनिता तामाङको भनाई छ । कक्षा चारमा कति वर्ष पढ्ने त ? ‘ठूलो नभएसम्म’ उनीहरूको उत्तर छ । तर तीन वर्षसम्म एउटै कक्षामा पढिरहेको उनीहरूलाई अभिभावकले अब विद्यलाय छुटाउने मनस्थिती बनाएका छन् । ‘सधै एउटै क्लासमा पढ््नु भन्दा घरको काम गर्नु नै राम्रो’ काले तामाङले भने ।
गाविस भरिमै कक्षा चार भन्दा बढी नपाई नहुने भएकोले समस्या आएको हो । ३० वर्ष अघि स्थापना भएको घ्याङ्फेदी प्राथमिक विद्यालयमा कक्षा चारसम्म पढाई हुनेगरेको छ । जिल्ला शिक्षा कार्यालय नुवाकोटले कक्षा तीनसम्म स्विकृत दिएको उक्त विद्यलायमा शिक्षक र अभिभावकहरूको बलबाटै कक्षा चारसम्म पठनपाठन हुँदै आएको छ । गाउँमा त्यो भन्दा बढी पढ्नका लागी विद्यालयहरूमा कक्षाको व्यवस्था नभएको र स्थानीय अभिभावकहरूले बाहिर राखेर आफ्ना छोराछोरीलाई पढाउन नसक्ने अवस्थाका कारण पढ्न चाहनेहरू वर्षैसम्म कक्षा चार दोहो¥याउने गरेका छन् ।
‘यहाँका अभिभावकले छिमेकी गाउँमा या सहरमा राखेर आफ्ना बाबुनानीलाई पठाउन सक्ने आर्थिक अवस्था छैन, विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रबहादुर मोक्तान भन्छन्– पढाई छुटाउनुभन्दा त पढाइरहनु नै राम्रो भनेर एउटै कक्षामा भएपनि भर्ना गर्ने गरेका छन् ।’
गाविसमा उच्च कक्षा (चार) सम्म सञ्चालन गर्दै आएको उक्त विद्यालय पनि समस्यामा छ । कुनै समय कक्षा पाँचसम्म पढाई हुने विद्यालयमा क्रमश कक्षाहरू घट्दै जाँदा तीनसम्म आइपुगेको छ । शिक्षा कार्यालयले गर्ने अव्यवहारिक निर्णय र अभिभावकका कम चासोका कारण विद्यालयको कक्षा क्रमश घट्दै आएको बताइन्छ । सोही विद्यलायलबाट २०४२ सालमा कक्षा पाँचसम्म उत्र्तिण गर्नेहरू पनि गाउँमा छन् ।
त्यसो त २३ वर्ष देखि अस्थायी शिक्षकका रुपमा काम गर्दै आएका मणिराम भण्डारी प्रधानाध्यापक छन् । निजी श्रोतबाट दुई जना शिक्षक र अस्थायी एक जना शिक्षक रहेको उक्त विद्यालय आफ्नै उठिवासको खतरामा उभिएको छ । विद्यालय नभएको कारण विद्यालय छाड्ने विद्यार्थीहरू घ्याङ्फेदी गाविसमा ९५ प्रतिशत बालबालिका छन् । गाउँमा भएकै विद्यालयमा पनि विद्यार्थीहरू पठनपाठनका लागि नआउने गरेको शिक्षकहरूको भनाई रहेको छ । घ्याङ्फेदी प्राविका प्रधानाध्यापक मणिराम भण्डारी अभिभावकमा चेतना नभएको कारण यस्तो समस्या सृजना भएको बताउछन् ।
यता, जिल्ला शिक्षा कार्यालय नुवाकोट यो विषयमा बेखबर रहेको छ । विद्यालय निरिक्षक देविराम आचार्य गाउँमा विद्यार्थी नआउने समस्या र अभिभावकमा पढाउनु पर्छ भन्ने चेतना अभावका कारण शिक्षा कार्यालयले प्रावि तहसम्मको विद्यालय स्थापना नगरेको बताउँछन् ।
नुवाकोट जिल्लामा चार वर्षको अवधिमा शिक्षाको विकासका लागि सरकारले एक अर्व ७० करोड ४२ लाख ४० हजार रुपैयाँ खर्च गरिसकेको शिक्षाको रेकर्डले देखाउँछ । तर कक्षा पाँचसम्म पनि नढ्न नपाउने घ्याङ्फेदीका बालकालिकाहरू विद्यालय समसयमा घाँस दाउरा गर्न बनजङ्गल जाने गरेको भेटिन्छन् ।
अशिक्षाको प्रभाव घ्याङ्फेदी गाविसमा प्रत्यक्ष रुपमा मानव बेचविखनसँग गाँसिएको छ । अभिभावकहरूले भोग्दै आएको गरिवी र बालिकाहरूमा नभएको शिक्षाले गर्दा गाविसका प्रायः बालिकाहरू भारतका यौन बजारमा पुग्ने गरेका छन्, त्यो पनि अभिभावकहरू कै सम्लग्नतामा ।
उत्र्तिण भएर पनि कक्षा बढ्न नपाएका केही विद्यार्थीहरूले त विद्यालय जान समेत छाडेका छन् । विद्यालय परिसरमा घाँसको डोको बोकेर उभिएका अनिता तामाङलाई उनका अभिभावकले घाँस काट्नको लागी बारीमा लैजादै थिए । ‘सबै कक्षा पास भइसक्यो, अब स्कुल किन पठाउने र ?’ अनिताको बाबु काले तामाङले भने । नियमित विद्यालय पुगेर जत्तिनै पढेपनि चार भन्दा माथी पढ्न नपाइने भएकोले सुर्फदमा पढ्दै गर्दा हुने उनको बुझाई छ ।
कक्षा चार देखि माथी पढ्न रहर गर्ने घ्याङ्फेदी गाविसका विद्यार्थीहरू छिमेकी गाविस शिखरवेशी, समुन्द्रटार या सदरमुकाम पस्नुको विकल्प नै छैन । ‘बाहिर लगेर हामीले कसरी पढाई खर्च जुटाउन सक्छौ र ? नेगीखोलाका कमानसिंह तामाङले भने– गाउँमा भएको विद्यालयमा छोराछोरीलाई पठाएकै हो नी ।’
घ्याङ्फदी गाविसमा हाल सात वटा विद्यालय छन् । कक्षा दुई देखि चारसम्म पढाई हुने ति विद्यालयहरू मध्ये कतिपयको रेडर्क समेत छैन शिक्षा कार्यालयमा । अभिभावकले गाविस तथा अन्य श्रोतबाट जुटाएको रकमबाट विद्यालयका भवन त ठडिएका छन् । त्यसका लागी शिक्षक तथा अन्य शौक्षिक सामाग्री नभएकै कारण विद्यालयको रुप ग्रहण गर्न सकेको छैन ।
यता, जिल्ला विकास समिति र जिल्ला शिक्षा कार्यालयले माध्यामिक विद्यालय नभएका विद्यालयहरूमा कमसेकम एउटै भएपछि मावि सञ्चालन गर्ने हल्ला तीन वर्ष देखि गरिरहेको छ ।

शिक्षक नजाने विद्यालय
नेगीखोलामा रहेको विद्यालय जो सधै बन्दहुन्छ । तस्बिर : जगदीश खनाल |
जिल्लाको विकट गाउँ घ्याङ्फेदीमा रहेको इन्द्रायणी प्राथमिक विद्यालय महिनौँ देखि शिक्षक पर्खिरहेको छ । दुई जना शिक्षक दरवन्दी रहेको उक्त विद्यालयमा कहिलेकाहीँ मात्र शिक्षक झुल्कने गरेका छन् । दुई शिक्षकले आफ्नै निजी खर्चमा केही पारिश्रमिक दिने गरी राखिएको पिएनले सम्हाल्ने गरेको विद्यालयमा विद्यार्थी आउन छाडेका छन् । स्थानीय अभिभावकहरूका अनुसार उक्त विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद उप्रेती तीन वर्ष अघि गाउँबाट हिडेकोमा आजसम्म विद्यालय फर्किएका छैनन् । उनी सदरमुकाम र घरमा नै बसेर तलब खाएको अभिभावकको आरोप छ ।
संयोग नौ मान्नुपर्छ, समाचार सङ्कलनका क्रममा हामी गाउँ रहेका बेला त्यस विद्यालयका शिक्षक रामकृष्ण श्रेष्ठ पुगेका थिए । उनी चाँही तीन÷चार महिनामा दुई÷चार दिन विद्यालयमा सयम खर्चिना भ्याउदा रहेछन् । गाउँमा १३ वर्षदेखि चलेको व्यथितीको विरुद्ध यसपाली अभिभावकहरूले आँटै गरेर शिक्षकसंग दोहोरो वात गरेका छन् । उनीहरूले विद्यालय नआएर घरमै बसेर तलब खाने शिक्षकहरूको प्रवृत्तिले आफुहरू आक्रोशित भएको बताए । विद्यालयमा यसरी भइरहेको अनियमितताको विषयमा शिक्षा कार्यालयले नदिएको ध्यान प्रति अभिभावकको गुनासो छ । ‘हामी ठूलो हेपाईमा परेका छौँ, शिक्षक गाउँ आउँदैनन्’ सीताराम तामाङले भने । शिक्षा कार्यालयमा एक साल अघि यही विषयमा उजुरी गर्न अभिभावकहरू पुगेता पनि शिक्षकहरूले टेरपुछर नलगाएको र शिक्षा कार्यालयले शिक्षहरूलाई गाउँमा धपाउन नसकेको उनको भनाई रहेको छ ।
लेकमा रहेको उक्त गाउँ आवात जावातमा समस्या छ । अनपढ अभिभावक र दुर्गमको फाइदा उठाएर सरकारी जागिर खाइरहेका शिक्षकको हेपाहापना थामिएको छैन । घ्याङफेदी–६ स्थित सिसिपुका ६० भन्दा बढी विद्यार्थीहरू शिक्षक अभावमा मेलापात र गोठालोमा अभ्यस्त बनिसकेका छन् । शिक्षक श्रेष्ठका अनुसार विद्यालयको हाजिरी कापीमा भने ४२ जना विद्यार्थीको नामावली रहेको छ । उक्त विद्यालय २०३२ सालमा स्थापना भएको हो ।

भाषाको समस्या
शिखरवेशी गाविसको मानेडाँडामा रहेको शिखरवेशी प्राथमिक विद्यलायमा शिक्षक र विद्यार्थीबीच भाषाको समस्या देखिएको छ ।
विद्यालयमा रहेको तीनै जना शिक्षक मधेशी मुलका र विद्यार्थीहरू तामाङ समुदायका भएकोले भाषिक समस्या सृजना भएको हो ।
उसै त औसी पुर्णिमामा खुल्ने विद्यालय त्यसमा पनि भाषिक अन्तर सृजना भएपछि विद्यालयबाट बाहिरिने विद्यार्थीको संख्या बढ्दो छ । कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा शिखरवेशी गाविसका ४,५,७,८ र ९ नम्वर वडाका वालवालिकाहरू पढ्दै आएका छन् । उक्त विद्यालयमा सर्लाही चन्द्रनगरका दुई जना र सप्तरीका एक जना गरी तीन शिक्षक १२ वर्ष देखि कार्यरत छन् ।
उनीहरूको विद्यलायमा रहने अत्याधिक अनुपस्थितीका कारण त्यहाँ पनि विद्यालयको बन्द ढोका हेर्दै फर्कनु पर्ने अवस्था विद्यार्थीहरूमा रहेको अभिभावक बताउँछन् । ‘मास्टरहरू कहिलेकाहि आउने हुन्, त्यही पनि उनीहरूले बोलेको बुझ्दैनन् हाम्रा केटाकेटीहरूले’ विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तमान तामाङले भने ।

घाँस दाउरा गर्न डोको बोकेर हिडेका अनिता तामाङ विद्यालय अगाडी । तस्बिर : कपिलदेव |
डेढ अर्ब लगानी
घ्याङ्फेदी र शिखरवेशीमा भेटिएको यी प्रतिनिधि विद्यालयले देखाएको छ, समग्र जिल्लाको शैक्षिक अवस्था । वितेको चारवर्षको अवधिमा डेढ अर्व भन्दा बढी शिक्षा क्षेत्रमा खर्चेको बताउने शिक्षा कार्यालय अर्थिक वर्ष २०६८÷६९ मा नुवाकोट जिल्लामा शिक्षाका लागी १७ करोड ६३ लाख ७६ हजार रुपैयाँ खर्च गर्दै छ ।
उक्त रकम जिल्लाको विद्यालय क्षेत्र सुधार कार्यक्रम, राष्ट्रिय साक्षरता अभियान कार्यक्रम, शैक्षिक सामग्रीलगायतमा खर्च गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
जिल्लाका विद्यालयहरूको भौतिक सुविद्या विस्तार कार्यक्रम अन्तर्गत दुई सय ३८ विद्यालयका लागी भवन तथा अन्य भैतिक पुर्वाधार विकासको लागी खर्च हुने जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेलले जानकारी दिएका छन् । जिल्ला शिक्षा कार्यालय नुवाकोटले भौतिक सुविधा विस्तार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा साधारण तर्फका ५२ र सामुदायिक व्यवस्थापनतर्फ ४० नयाँ कक्षाकोठा निर्माण हुने बताइएको छ ।
अनौपचारिक शिक्षा तथा महिला साक्षरता कक्षा सञ्चालन र आय आर्जन कार्यक्रममा २८ लाख ३५ हजार रुपैयाँ खर्च हुनेछ । सरकारले शिक्षा कार्यालय मार्फत माध्यामिक तहको एक खुला विद्यालयका लागी एक लाख १० हजार रुपैयाँ अनुदान दिएको छ ।

शिक्षकमा महिला आवेदक बढी
स्थायी अध्यापन अनुमती पत्र (शिक्षक लाइसेन्स)को परीक्षका लागी नुवाकोट जिल्लामा आवेदन दिनेमा महिलाहरू अत्याधिक रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
अनुमती पत्रका लागी दुई हजार निवेदन प्राप्त भएकोमा महिलाहरू ७० प्रतिशत रहेको जिल्ला शिक्षा कार्यालयले नुवाकोटले जनाएको छ । शिक्षा कार्यालयका अनुसार निम्न माध्यामिक र माध्यामिक तहको अनुमती पत्र लिनका लागी यो पटक मात्रै दुई हजार जना भन्दाबढीले दरखास्त दिएका छन् ।
शिक्षक लाइसेन्स नपाई विद्यलायहरूमा उध्यापन गर्न नपाइने र शिक्षाशास्त्र अध्याय गरेका र १० महिने शिक्षक तालिम लिएका व्यक्तिहरूले मात्र शिक्षक लाईसेन्स पाउने व्यवस्था सरकारले गरेको छ ।

No comments:
Post a Comment