विदुर÷खरानीटारमा गएको साता भएको निःशुल्क आँखा शल्यक्रियामा दुई सय दुई जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।
जसमा नुवाकोट जिल्लाको घ्याङ्फेदी गाविस नेगीका मर्सेनी तामाङले जीवनमा पहिलो पटक ठूलो उपहार पाएँ । चार वर्ष देखि ओछ्यान र भान्सामा ओहोरदोहोर गर्न पनि अरुको सहारा आवश्यक पर्ने ७४ वर्षिया तामाङको दुवै आँखाको ज्योती जब शल्यक्रियाबाट फर्कियो, संसारमा अत्यान्तै खुसी हुने मध्येमा त्यस बेला उनी पनि एक थिइन् ।
तीलगंगा आँखा केन्द्र काठमाडौं, नुवाकोट सामुदायिक आँखाको केन्द्र र नेपाल रेडक्रस
सोसाइटी नुवाकोटको संयुक्त आयोजनामा खरानीटारको अमरज्योति उच्च माविमा सम्पन्न तीन दिने शिविरमा मर्सेनी तामाङले आँखाको ज्योती उपहार पाएका हुन् । उनीजस्ता दुई सय दुई जनाको आँखाको शल्यक्रिया सम्पन्न भएको छ ।
डा. वेन लिम्वु र रचना सिंहसहित दुई चिकित्सक र १७ जनाको आँखा प्राविधिकको टोलीले दुई सय दुई जनाको आँखाको मोतीयाविन्दुको शल्यक्रिया र तीन सय सात जनाको आँखा परिक्षण गरि आवश्यक औषधि निःशुल्क वितरण गरिएको कार्यक्रम संयोजक दिपक खड्काले जानकारी दिएका छन् ।
मोतियाविन्दुका विरामीहरू पहिचान गर्न गत महिना जिल्लाको विभिन्न नौँ गाविसमा शिविर सञ्चालन गरी छानिएका मोतियाविन्दुका रोगीहरूको खरानिटारमा शल्यक्रिया गरिएको नुवाकोट सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख शंकर अधिकारीले जानकारी दिएका छन् ।
No comments:
Post a Comment