Monday, March 19, 2012

बसपार्क सञ्चालनमा आयो

बिशाल आले मगर
बट्टार÷झण्डै एक वर्ष अघि निर्माण सम्पन्न  भएको नुवाकोट ट्टारमा रहेको को बसपार्क बुधवारबाट सञ्चालनमा आएको छ ।
    एशियाली विकास बैंक (एडिवी)को ऋण सहयोगमा निर्माण भएको उक्त बसपार्क सञ्चालनको लागी विदुर नगरपालिकाको कार्यालायले एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाल माइक्रो बस, पासाङल्हामु बस व्यवसायी समिति, नगर यातायात र उपत्यका माइक्रो बस व्यवसायीलाई एक÷एक सटरको साँचो हस्तातरण गरिएको थियो ।
    विभिन्न राजनितिक दल, उद्योगी व्यवसायी, राजनितिक दलको प्रतिनिधिहरूको सहभागीतामा बसपार्क सञ्चालनमा ल्याइएको हो ।
    बसपार्क सञ्चालनमा आए पछि बस, ट्रक, मिनिट्रक लगायतका सवारी साधनहरू बसपार्कमै पार्किङ गर्नु पर्ने छ । सडकका पार्किङ गर्ने सवारी साधनलाई कारवाही गरिने भएको छ । व्यवसायीहरूले चार महिना सम्म बसपार्क प्रयोग गरेको कुनै पनि शुल्क समेत नलिने भएको छ । चार महिना पछि भने सममतिमा एउटा मापदण्ड बनाएर शुल्क तोकिने भएको विदुर नरपालिकाका कार्यकारी अधिकृत मिठाराम हुँमागाईले जानकारी दिएका छन् ।
    शहरी तथा वाताबरणीय सुधार परियोजना अन्र्तगत एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा बसपार्क निर्माण कार्य भएको हो । बसपार्क निर्माणको लागी एक करोड ८० लाख रुपैयाँ खर्च भएको नगरपालिकाको कार्यालयले जनाएको छ ।
    बसपार्क उद्घाटन कार्यक्रममा एकीकृत नेकपा माओवादीका लिलानाथ न्यौपाने, नेकपा मालेका पल्लबराज पाठक, राप्रपाका रामकृष्ण भट्ट, स्थानीय विकास अधिकारी दामोदर भण्डारी, विदुर नगरपालिकाका कार्याकारी अधिकृत मिठाराम हुँमागाई, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष शरण उत्सुक सापकोटा बस व्यवसायी कुलबहादुर खड्गी लगायतको सहभागिता  रहेको थियो ।

No comments:

Post a Comment