इमेज समाचारदाता
बट्टार÷नुवाकोटको बट्टार वजारका युवाहरूको सक्रृयतामा स्थापित ग्लोवल उपभोक्ता सहकारी संस्थाको आईतवार उद्घाटन भएको छ ।
बट्टार बजारस्थित संस्थाको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष शरणउत्सुक सापकोटाले पानसमा बत्ती वालेर उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले व्यापारिक सम्भावना बोकेको बट्टार वजारमा स्थापित ग्लोवल सहकारीले जिल्लाको व्यवसायिक विकासमा योगदान दिने विश्वास व्यक्त गरेका छन् । संस्थाका अध्यक्ष सुदर्शन दुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बट्टार सहकारी संस्थाका सञ्चालक मोहनवहादुर खड्काले सहकारी संस्थाहरूले न्युन आय भएका वर्गलाई सम्वोधन गर्नुपर्ने वताएका थिए ।
५० जना सेयर सदस्यहरूवाट शुरु गरिएको उक्त संस्थाको अधिकृत पुँजी एक करोड रुपैयाँ र चुक्ता पुँजी २१ लाख रुपैयाँ रहेको जनाईएको छ ।
संस्थाले साधारण वचत, विशेष वचत, गृहीणी वचत, वाल वचत लगायत वचत कार्यक्रमका साथै कृषि कर्जा, व्यवसायिक कर्जा प्रवाह गर्ने उद्घाटन कार्यक्रममा जानकारी गराईएको थियो ।
यसअघि, बट्टार वजारमा भएको सेयर सदस्यहरूको भेलाले स्थानीय युवा व्यवसायी सुदर्शन दुवालको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ । समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा विष्णुप्रसाद रिमाल, पुरुषोत्तम सापकोटा र पवन नेपाल छन् । यस्तै सदस्यहरूमा देबनारायण चित्रकार, रिनेस श्रेष्ठ, विवेशबहादुर लवट, सर्जुकुमारी श्रेष्ठ छन् । भेलाले लेखा समिति संयोजकमा गजेन्द्र खड्का, ऋण कमिटी संयोजकमा उसनमान श्रेष्ठ र सल्लाहकार समिति संयोजकमा दामोदर नेपाललाई चयन गरेको छ ।

No comments:
Post a Comment