जगदीश खनाल
विदुर÷नुवाकोट जिल्लामा गएको साता तीन वटा आगलागीका घटनाहरू भए । ती घटनामा परी एक जनाको ज्यान गएको छ भने, ५४ लाख रुपैयाँ भन्दा बढीको धनमाल क्षती भएको छ ।
गएको आइतवार राती काहुले गाविसमा मङ्गले तामाङको घरमा भएको आगलागीमा परेर उनको पाँच वर्षिया छोराको ज्यान गएको छ । काहुले–६ दावाचेत स्थित घरमा मैनबत्ती बालेर पढिरहेका पाँच वर्षिया चिली तामाङ पढदापढ्दै निदाएपछि घरमा आगो सल्किएको बताइएको छ । साथै चिलीका पिता मङ्गले तामाङ गम्भिर घाइते भएका छन् । उनको उपचार त्रिशुलीमा सम्भव नभएपछि काठमाडौँ पठाइएको छ ।
छोरालाई आगोबाट बचाउँन खोज्दा उनी पनि जलेका हुन् । परिवारका अन्य पाँच सदस्यहरू भने सकुशल छन् । आगलागीमा परी घरका सम्पूर्ण सामग्री, लत्ताकपडा र अन्नपात जलेर नष्ट भएको छ । २२ लाख रुपैया भन्दा बढीको क्षतिभएको प्रारम्भिक अनुमान छ ।
तामाङलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले ३० हजार रुपैयाँ उपलब्ध गराएको छ । साथै घाइते तामाङलाई उपचार निःशुल्क गर्नका लागी प्रशासनले विर अस्पताललाई पत्राचार गर्नको लागी गृह मन्त्राललाई लेखेको छ ।
यता, बुधावर दिउँसो विदुर–२ अशोकबाटीकामा हिमालय इन्काउन्टरले सञ्चालन गरेको द फेमस फार्म हाउस पनि आगोको सिकार भएको छ । नजिकैको बाँसको झाँङ्गमा लागेको आगो हुरीबतासका कारण फार्म हाउसका पुगेको बताइएको छ । सञ्चालक निरज श्रेष्ठका अनुसार ३५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । स्थानीयवासीन्दा, सेना तथा प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो ।
आगो निाभाउनको लागी विदुर नगरपालिकाको कार्यालयबाट गुडेको दमकल घटनास्थलमा निक्कै ढिला पुगेको थियो । विदुर चोकबाट नुवाकोट जाने सडक पसेसङ्गै ‘पिकअप’ लिननसकेको दमकललाई त्यस पछाडी रहेको बसका यात्रुहरूले घकेलेका थिए । उकालो र घुम्तिपिच्छे धकेल्दै पु¥याइएको दमकल समयमा नआएको भन्दै स्थानीयहरूले भने चित्त दुखाएका थिए ।
त्यसै गरी, राउतवेशी–४ पुरानोगाउँको कृष्णबहादुर परियारको घरमा गएको शुक्रवार भएको आगलागीले एक लाख पचास हजार रुपैयाँ भन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार उक्त घटनाका कुनै मानविय क्षति भने भएको छैन ।
यसै बीच, जिल्ला दैविक प्रकोप उद्दार समितिले छ महिनाको अवधिमा विभिन्न घटनामा परेकाहरूलाई नौँ लाख रुपैयाँ राहत स्वरुप वितरण गरेको छ ।

No comments:
Post a Comment