द्धारिका प्याकुरेल
विदुर÷एसएलसी परिक्षामा सहायक केन्द्राध्यक्षको जिम्मेवारी सम्हालेका एक जना शिक्षकलाई परिक्षा समन्वय समितिले निष्काशित गरेको छ ।
हात्तिगौडा स्थित भैरुम उच्चमावि केन्द्रका सहायक केन्द्राध्यक्ष अशोक साहलाई परिक्षाको मर्यादा र नियम विपरित कार्य गरेको भन्दै निष्काशित गरेको हो । विहिवार परिक्षा समन्वय समितिको बैठकले साहलाई निष्काशन गर्ने निर्णय गरेको हो ।
जिल्ला शिक्षा कार्यालय नुवाकोटले यो पाली देखि परिक्षामा हुने गरेका घटनाहरूको दैनिक जानकारी दिनको लागी पत्रकार सम्मेलनको आयोजन ागर्ने गरेता पनि उक्त तथ्यलाई भने लुकाएको छ । शनिवार जिल्ला शिक्षा कार्यालय नुवाकोटका उप सचिव नरेन्द्रराज पौडेलसंग भएको कुराकानी अनुसार ‘काम गर्न नसकेर साहले राजिनामा दिएका रे !’
यसै बीच, देउरालीको भुमेदेवी उच्च मावि परिक्षा केन्द्रबाट एसएलसीमा सहभागी भएकी एक छात्रा सुत्केरी भएका छन् ।
अजिङ्गेर उच्चमाविका इन्दिरा खड्काले परिक्षाको भोलिपल्ट बुधबार विहान जिल्ला अस्पताल त्रिशुलीमा छोरी जन्माएका छन् । उनको बुधबारको नेपाली विषयको परिक्षा छुटे पनि शुक्रबारबाट परिक्षामा सहभागी भएका छन् ।
नुवाकोटमा सबै २१ वटै परिक्षा केन्द्रमा हालसम्मका परिक्षा शान्त र मर्यादित रुपमा परिक्षा सञ्चालन भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
शिक्षा कार्यालयले यस पालीबाट परिक्षा सकिएपछि प्रत्यके दिन एक बजे पत्रकार सम्मेलन गरेर जानकारीहरू दिने नयाँ कार्यको सुरुवात गरेको छ ।
उक्त पत्रकार सम्मेलनले गर्दा सञ्चारमाध्याममा आधिकारीक जानकारी एकै प्रकारको गएको दावी शिक्षा कार्यालयले गरेको छ ।
शिक्षा कार्यलयको अनुसार यो बर्षको एसएलसी परिक्षामा आठ जना विभिन्न किसिमका अपाङ्गहरू सहभागी भएका छन् । परिक्षामा दुई दृष्टिविहीन र छ शारिरिक अपाङ्गता भएकाहरू परिक्षामा सहभागी छन् । उनीहरू सबै नियमति तर्फका परिक्षार्थी रहेको बताइएको छ ।
प्राप्त समाचार अनुसार गेर्खुको सुन्दरीक्यौरेनी उच्च मावि परिक्षाकेन्द्रबाट चण्डेश्वरी उच्च माविका दृष्टिविहीनहरू शोभा न्यौपाने र संगम श्रेष्ठले सहयोगी राखेर परिक्षा दिएका छन् ।
भवानी उच्च मावि परिक्षा केन्द्रबाट शारिरिक अपाङ्गता भएकाहरू कालिका निमावि चाउथेका असिम भारती, लाङटाङस्नो भ्यू बोर्डिङ्ग स्कुलका बविता तामाङ र भवानी उमावि ओखरपौवाका अस्मिता बलामीले परिक्षा दिइरहेका छन् ।
चण्डेश्वरी उमाविका कृष्ण फुँयालले सुन्दरीक्यौरिनी उमावि केन्द्रबाट सहयोगी राखेर परिक्षा दिईरहेका छन् । अपाङ्गता भएका परिक्षार्थीको लागि परिक्षा समय डेढ घण्टासम्म थप गरिएको छ ।
जिल्ला कारागारमा थुनामा रहेको जनज्ञान उच्च माविका नियमित तर्फका परिक्षार्थी सुमन थपलियाले कारागारबाटै परिक्षा दिइरहेका छन् । –प्रशिक्षार्थी

No comments:
Post a Comment