राजु रिमाल
विदुर÷खड्गभञ्ज्याङ गाविस–१ दाङसिङ्गखर्कका दुई किशोरीहरू एक साता देखि परिवार र आफन्तको सम्पर्कबाट बाहिरिएका छन् ।
तीन वर्ष देखि चितवनको नारायणगढ स्थित एक घरमा कामदारका रुपमा रहेका १८ वर्षिय कमला तामाङ घर आएको र साहिली बहिनी कुमारीलाई पनि रोजगारीमा लगाउने भनी लगेकोमा एक सातादेखि दुवै जना बेपत्ता भएको आफन्तहरूले जानकारी दिएका छन् । फागुन २३, २०६८ मा घर आएका कमलाले बहिनी कुमारीलाई पनि काम खोजिदिने भनेर चितवन लगेको बताइएको छ । तर चितवन स्थित उनी कार्यरत घर र आफन्तहरू कसैको सम्पर्कमा दुवै जना हालसम्म नआएको बताइएको छ ।
दुवै छोरीहरूलाई विदाई गर्न बाबुआमा बट्टारसम्म फागुन ३० गते आएको र त्यसपछि कसैसंग सम्पर्क नभएको बताइएको छ । खोजीको लागी अभिभावकले प्रहरीमा निवेदन दिएका छन् । उनीहरूको खोजी गर्न परिवारले सवैसंग आग्रह गरेका छन् ।

No comments:
Post a Comment