Monday, March 19, 2012

गाविस सचिव उप्रेती सहित छ जना कैदमा

किरणप्रसाद अधिकारी
विदुर÷जिल्ला अदालत नुवाकोटले बिदेशी नागरीकको नक्कली नागरीकता बनाउने काममा सम्लग्न रहेका एक जना गाउँ बिकास समिति सचिव सहित छ जनालाई सात महिना कैदमा राख्ने फैसला गरेको छ ।
    जिल्ला न्यायाधिश पदमराज भट्टको इजलासले नक्कली नागरीकता बनाउन खोज्ने भारत बैङलोर बस्ने तिब्बती मुलका छुन्ता लामा, उनको नक्कली बाबु बनि सनाखत गर्ने सूर्यमती गाउँ विकास समिति– ८ का भक्तबहादुर गुरुङ, जन्म दर्ता लगायत आवश्यक कागजपत्र तयार गर्ने सूर्यमती गाउँ विकास समितिका तत्कालिन सचिव हरी उप्रेती र सहयोगीहरू रामकुमार उप्रेती, देबेन्द्र न्यौपाने, कृष्णप्रसाद थपलीयालाई सात सात महिनाको कैद सजाय सुनाएको हो ।
    आफुले नागरीकताका लागि कबोल गरेको  ६० हजार रुपैयाँ मध्ये १० हजार रुपैयाँ गाविस सचिवलाई दिएको छुन्ताको बयान पछि गाविस सचिवको समेत नक्कली नागरीकता बनाउने कार्यमा समलग्नता रहेको पुष्टि भएको थियो ।
    नक्कली नागरीकता बनाउने गिरोहको पर्दाफास  भएपछि प्रहरीले नागरीकताका लागि सिफारिस गर्ने  सूर्यमती गाउँ विकास समितिका सचिव नारायण कँडेल सहित सातजनाका बिरुद्धमा  साउन १६, २०६८ मा नागरीकता ऐन २०६३ अनुसार  जिल्ला अदालत नुवाकोटमा मुद्दा दायर गरेकोमा सचिव कँडेलले भने सफाई पाएका छन् ।

No comments:

Post a Comment