बिशाल आले मगर
चोकदे÷हिजो सम्म घरधन्दाबाट फुर्सद नपाएका नुवाकोटका महिलाहरू हाट बजार सञ्चालन गरी आर्थिक उर्पाजन गर्न थालेका छन् । बागेश्वरी गाउँ विकास समिति –४ चोकदेका १२ जना महिलाहरूले हाट बजार हरेक हप्ताको बुधवार सञ्चालन गर्न थालेका हुन् ।
हाट बजारमा बिभिन्न खालका घरायसि उत्पादनका सामाग्रीहरू, खाद्य सामाग्रिहरू, आफ्नै करेसामा फलाइएका तरकारी, हस्तकलाका सामाग्रीहरू, सरसफाइका सामाग्रीहरूको बिक्रि गरिएको थियो । जिल्लामा पहिलो पल्ट राखिएको हाट बजारमा गा्रहकहरूको घुइचो लागेको थियो ।
गा्रहकहरू स्थानियस्तरमा उत्पादित वस्तुहरूको किनबेच गर्न पाएकोमा खुशि थिए । कार्नेट नेपालले नविन मण्डली चोगदेमा गएको चैत्र ३ गते देखि ८ गते सम्म सञ्चालन गरेको छ दिने अति विपन्न वर्गकाहरूका निम्ति ‘ब्यवसायीक सीप अभिवृद्धि तालिम’को समापन सँगै सहभागीहरूले हाट बजार सञ्चालन गरेको बताइएको छ ।
कार्नेट नेपाल नुवाकोटका क्लस्टर म्यानेजर पुरुषोतम डोटेलका अनुसार हाटबजार सञ्चालकहरूले अर्थ उपार्जन गर्दै आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाई अधिकार प्रर्वद्धन गर्ने तथा शैक्षिक अवसरलाई सहजै प्रदान गरि बालबालिकाहरूमा हुने विभिन्न दुव्र्यवहारहरू तथा अनेक खालका जोखिमको निकटतालाई दुर गराउन प्रतिबद्ध हुनेमा विश्वास ब्यक्त गरेका छन् । आमा दिदीबहिनीहरू बीचको सामुहिक एकतालाई सुदृढ गरि आफुहरू माथी हुने हिंसा विरुद्धको प्रतिरक्षात्मक चिन्तन र कार्यको उचाईमा पुग्ने समेत डोटेलले बताएका छन् ।
तालिमको समापन कार्नेट नेपालकी निर्देशक शर्मिला घिमिरेले गरेका थिए । समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र बितरण गदै अतिथि तथा सुर्यगढी क्याम्पस बागेश्वरीका प्रमुख लालबहादुर कुँवरले तालिम लक्षित व्यक्तिहरूले नै पाएको भन्दै समाज रुपान्तरणको लागि यस तालिमले ठुलो सहयोग गर्ने कुराको उद्घोष गदै सहभागीहरूको सफल ब्यवसायको निम्ति शुभकामना व्यक्त गरेका थिए ।

No comments:
Post a Comment