सीताराम पौडेल
विदुर÷नुवाकोटको सदरमुकाम विदुरबाट पहिलो पटक सामुदायिक रेडियो सञ्चालनमा आउने भएको छ ।
विकास सञ्चार नेपाल नामक गैर सरकारी संस्थाले ८८.४ मेगाहर्जमा रेडियो त्रिशुली प्रशारणमा ल्याउन लागेको हो । शुक्रवार विदुर स्थित होटल शानदारमा भएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको थियो । एक सय वाट प्रशारण क्षमताको भएको रेडियो त्रिशुलीको परिक्षण प्रशारण चैत १० गते बाट गर्ने जनाएको छ । रेडियोले समुदायको हितमा बिभिन्न कार्यक्रम र सूचना प्रशारण गर्ने संस्थाका अध्यक्ष कपिलदेब खनालले जानकारी दिएका छन् । विदुर नगरपालिका–४ विदुरमा स्टेशन रहेने उक्त सामुदायिक रेडियोको प्रशारणक्षेत्र नुवाकोटको ८० प्रतिशत भन्दा बढी भु–भाग, रसुवा, धादिङ ,सिन्धुपाञ्लचोकको आधा भु–भाग र मकवानपुरको केहि भाग रहनेछ ।
नुवाकोट जिल्लामा रेडियो त्रिशुली सहित चार वटा सामुदायिक रेडियो रहेका छन् ।
विदुर÷नुवाकोटको सदरमुकाम विदुरबाट पहिलो पटक सामुदायिक रेडियो सञ्चालनमा आउने भएको छ ।
नुवाकोट जिल्लामा रेडियो त्रिशुली सहित चार वटा सामुदायिक रेडियो रहेका छन् ।
No comments:
Post a Comment