विदुर÷नुवाकोटको सदरमुकाम विदुरबाट सामुदायिक रेडियो रेडियो त्रिशुलीले आफ्नो परिक्षण प्रशारण बुधवार दिउँसोबाट थालेको छ । रेडियोको मेगाजर्ह ८८.४ रहेको छ ।
एक सय वाट क्षमताको रेडियो त्रिशुलीले बुधवार दिउँसो २ः४५ बजेबाट परिक्षण प्रशारण आरम्भ गरेको हो । रेडियोको कार्यक्षेत्र नुवाकोटका अधिकांश भु–भाग र आसपासका जिल्लाहरूमा रहेको रेडियोका अध्यक्ष कपिलदेव खनालले जानकारी दिएका छन् ।
रेडियोले परिक्षण प्रशारणको अवधिमा १२ घण्टा प्रशारण गर्ने बताइएको छ । रेडियोले बुधवार दुई घण्टा प्रशारण गरेको थियो । रेडियो त्रिशुलीले समाचार र समाचारजन्य सामग्रीहरूलाई प्रमुखताका साथ स्थान दिने अध्यक्ष खनालले जानकारी दिएका छन् । नुवाकोट जिल्लामा रेडियो त्रिशुली सहित चार वटा सामुदायिक रेडियोहरू प्रशारणमा रहेका छन् । यस अघि नुवाकोट एफएम, रडियो अभियान, रेडियो जालपा रहेका छन् ।

No comments:
Post a Comment