Monday, April 16, 2012

चट्याङ्गबाट तीनको मृत्यु

विदुर÷चट्याङ्गबाट गएको साता नुवाकोट जिल्लामा तीन जनाको ज्यान गएको छ ।
    फिकुरी गाविस वडा नं. ६ पाजीगाउँमा बिहिवार राती परेको चट्याङ्गबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा पाजीका ३१ राजकुमारी न्यौपाने र रसुवा डाँडागाउँका १३ वर्षिया बालिका मेनुका पौडेल रहेका छन् ।
    उनीहरू आनन्दप्रसाद ओझाको घरमा विवाहको निम्तो मान्न गएका थिए । राती परेको चट्याङ्गले बेहुला लिलानाथ ओझा सहित १३ जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 
    त्यसै गरी, सूर्यमती गाविसमा  एक युवाको ज्यान गएको छ । २१ बर्षिया शिवप्रसाद चालिसेको बिहान  २ बजे परेको चट्याङ्ग लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । शौचालय जान निस्किएको समयमा चालिसेलाई चट्याङ्ग लागेको स्थानीयले बताएका छन् । 

No comments:

Post a Comment