Monday, April 16, 2012

रेडक्रसको जिल्ला सभा सम्पन्न

विदुर÷नेपाल रेडक्रस सोसाइटी नुवाकोटको २३ औं जिल्ला सभा बिहिवार सम्पन्न भएको छ ।
    सभाले उद्धारकोष वृद्धि गरिने लगायत २३ बुँदे प्रस्तावित कार्यक्रमहरू पारित गरेको छ । सभामा रेडक्रसको उद्धारकोष वृद्धि र प्रभावकारी गर्नका लागि प्रत्येक विद्यालयबाट अभियान अन्र्तगत न्युनतम दुई हजार रुपैयाँ जुनियर रेडक्रस सर्कल तथा युवा रेडक्रस सर्कल मार्फत सङ्कलन गरिने जनाइएको छ । साथै यसका लागि २० वटै उपशाखाबाट जनही पाँच हजार रुपैयाँ सङ्कलन गरी कोषको प्रयोगको लागि छुट्टै निर्देशिका जारी गरिने कार्यक्रम पारित भएको छ ।
    सशस्त्र सङ्घर्षका कारण वेपत्ता व्यक्तिहरूसँग नियमित भेटघाट गर्ने र तथ्याङ्क अद्यावधिक गर्नुका साथै इलाकास्तर र विद्यालयस्तरमा निःशुल्क आँखा परीक्षण शिविर गरिनेलगायत २३ वुँदे कार्यक्रम रेडक्रसको सभाले पारित गरेको छ । सभाले मन्त्री भरत सुवेदीद्वारा प्रस्तुत प्रगती प्रतिवेदन र कोषाध्यक्ष शङ्कर अमात्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ ।
    रेडक्रस नुवाकोटका सभापति गणेशकुमार नेपालको अध्यक्षतामा सम्पन्न सभामा स्थानीय विकास अधिकारी दामोदर भण्डारी, जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेल, पत्रकार महासङ्घका अध्यक्ष राजुमित्र खनाल, नेपाली कांग्रेसका सचिव लक्ष्मण श्रेष्ठले मन्तव्य राखेका थिए ।

No comments:

Post a Comment