विदुर÷ घ्याङफेदी गाविस–५ घ्याङडाडाँमा गएको साता भएको आगलागीबाट तीन वटा घर जलेर नष्ट भएको छ ।
विहीवार दिउँसो भएको उक्त आगलागीबाट १५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको स्थानीय कर्मजित तामाङले जानकारी दिएका छन् ।
उनका अनुसार स्थानीय याङदोर्जे मोक्तान र श्रीमेन्दो मोक्तानको घर जलेर नष्ट भएको छ । त्यसै गरी छिमेकी श्यामबहादुर मोक्तानको घरमा भने आशिंक रुपमा क्षति भएको छ ।
दिउँसोको समयमा आगलागी भएको कारण मानविय क्षती नभएको बताइएको छ । दिउँसोको समयमा घरका अभिभावक खेतवारीको काममा गएको समयमा घरमा बालबालिकाले आगो खेलाउँदा आगलागीको घटना भएको बताइएको छ ।

No comments:
Post a Comment