इमेज समाचारदाता
विदुर÷जिल्ला प्रशासन कार्यालय नुवाकोटले खुद्रा पसलहरूमा पेट्रोलियम पदार्थ राखेर विक्रि गर्ने पसलहरूमा छापा मारेको छ ।
सोही क्रममा ठूलो परिणाममा पेट्रोलियम पदार्थ भेटिएको एक पसलमा शिलन्दी गरेको छ । प्रशासन कार्यालयका अनुसार ककनी र ओखरपौवा गाविसका पसलहरूमा अनुगमन भएको थियो ।
अनुगमनका क्रममा मापदण्ड विपरित पेट्रोलियम पदार्थ विक्री गर्ने ककनी गाविसको एउटा पसलमा शिलबन्दी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलको नेतृत्वमा गएको जिल्ला ककनी–३ स्थित पवित्रा लामाको पसलमा मापदण्ड विपरित पेट्रोलियम पदार्थ विक्रीले पसलमा शिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालयलेले जनाएको छ ।
लामाको पसलमा डिजेल डिजेल राखिएको एक हजार लिटरको ड्रम, दुई सय लिटरको नौँ ड्रम, पेट्रोल भरिएको दुई सय लिटरको ड्रमसहितको सटर शिलबन्दी गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन् ।
हरि लामिछानेको पसलमा सात सय लिटर, ओखरपौवा–३ का रिता श्रेष्ठको पसलमा दुई सय लिटर, शान्ता लामाको पसलमा १४ लिटर, उपेन्द्र श्रेष्ठको पसलमा ५० लिटर डिजेल र रमिला श्रेष्ठको पसलमा छ लिटर पेट्रोल फेला परेको थियो । डिजेल र पेट्रोलको बारेमा नेपाल आयल निगमलाई जानकारी गराइएको बताइएको छ ।
अनुगमनका क्रममा सरकारी अनुदान प्राप्त रासायनिक मल बढी मुल्यमा विक्रि गर्नेहरूलाई समेत कारबाहि गरिने भएको छ ।
ककनी–३ कै विष्णुप्रसाद भट्टको घरमा कृषकहरूलाई अनुदानमा विक्री वितरण हुने ६१ बोरा, विरबहादुर लामाको पसलमा २७ बोरा युरिया मल र दुई सय लिटर डिजेल बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलले जानकारी दिएका छन् ।

No comments:
Post a Comment