बट्टार÷नुवाकोट जिल्लामा धान कुट्ने पहिलो आधुनिक प्लाण्ट मिल सञ्चालनमा आएको छ ।
प्लाण्टमिल विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा तीन करोड रुपैयाँको लागतमा निर्माण भएको हो ।
युनिक राईस मिल नामक उक्त मिलको उद्घाटन नेपाल उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कुशकुमार जोशीले शुक्रवार गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै जोशीले लगानीकर्तालाई अब ढुक्क भएर लगानी गर्न उपयुक्त समय भएको बताए ।
राईस मिलका प्रोपाईटर तारा बहादुर कार्कीका अनुसार उक्त मिलबाट उत्पादित चामल नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, धादिङ, चितवन, मकवानपुर लगायतका जिल्लाहरू प्रमुख बजार रहेको छ ।

No comments:
Post a Comment