इमेज साप्ताहिक

प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com

Friday, March 02, 2012

अब तपाईको रेडियो सेटमा नुवाकोटको आवाज नुवाकोटको बोली ८८.४ मेगाहर्जमा रेडियो त्रिशुली


इमेज साप्ताहिक image weekly (इमेज साप्ताहिक) at Friday, March 02, 2012 No comments:
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Newer Posts Older Posts Home
Subscribe to: Posts (Atom)









khabarpage.com

khabarpage.com



आजको तस्बिर

आजको तस्बिर

इमेजको अन्य सामाग्री यहाँ खोज्नुहोस्

साथसाथ छौं

साथसाथ छौं

यो ब्लग हेर्नेहरु

नेपाल सरकार, विज्ञापन बोर्डबाट जारी लोक कल्याणकारी सन्देश

मुटु लगायतका स्वास्थ्य समस्याबाट बच्न : – चिल्लो तथा वोसोयुक्त खानेकुरा नखाऔं । – नियमिति रुपमा शारिरीक व्यायाम गरौं । – मोटोपना, कोलेस्ट्रोल, रक्तचाप, मधुमेह जस्ता समस्या भएका व्यक्तिहरूले नियमित स्वास्थ्य परीक्षण गरौं । – धुम्रपान र मद्यपान नगरौं ।

सम्पादकीय

- - - - - - - - - प्रचार र ब्रान्डिङको आवश्यकता - - - - - - - - - कोभिड महामारीपछि विश्व पर्यटन लयमा फर्किन संघर्षरत छ । नेपालको पर्यटन क्षेत्र पनि तंग्रिन खोज्दै छ । बागमती प्रदेशमा ऊर्जा, पर्यटन र कृषिक्षेत्रको उच्च व्यावसायिक सम्भावना देखिएको छ । यस प्रदेशभित्र उच्च भौगोलिक विविधता रहेकाले कृषि, पर्यटन र ऊर्जाको तुलनात्मक रूपमा बढी सम्भावना देखिएको हो । राष्ट्र बैंकले गरेको अध्ययनको प्रतिवेदन अनुसार बगमती प्रदेशमा कृषि, पर्यटन र ऊर्जाको तुलनात्मक रूपमा बढी सम्भावना देखिएको छ । यस प्रदेशअन्तर्गतका जिल्लामध्ये हिमाली भेगमा धादिङ, काभ्रे र नुवाकोट, उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुर तथा भित्री मधेशमा मकवानपुर, चितवन जिल्ला रहेका छन् । यसरी प्रदेश भित्र उच्च भौगोलिक विविधता रहेको हुँदा यस्तो सम्भावना देखिएको हो । हुन त अन्य क्षेत्रमा पनि सम्भावना छन्, तर बढी मात्रामा कृषि, पर्यटन र ऊर्जामा व्यावसायिक सम्भावना देखिएको छ । त्यसो त, यो नै पूर्ण नहुन पनि सक्छ । तर, राष्ट्र बैंकले नै फिल्ड भिजिट गरेर यस्तो निष्कर्ष निकालेको छ । बागमती प्रदेशमा जलविद्युत् उत्पादनका लागि उपयुक्त भौगोलिक अवस्थिति र जलस्रोतको उपलब्धता रहेको छ । विशेषगरी रसुवा, नुवाकोट, दोलखा, सिन्धुपाल्चोकलगायत जिल्लामा जलविद्युत्को उच्च सम्भावना देखिएको छ । कृषितर्फ धादिङ, भक्तपुर, काभ्रे तथा नुवाकोटलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने छ । यस प्रदेशमा संघीय राजधानीको अतिरिक्त बनेपा, धुलिखेल, नारायणघाट, हेटौंडाजस्ता उच्च जनसंख्या भएका शहरहरू पनि छन् । उक्त अवस्थामा प्रशोधित खाद्यान्न, तरकारी, फलपूmल, माछा, मासुलगायत वस्तुको बजारको पनि उच्च सम्भावना रहेको छ । बैदेशिक रोजगारबाट फर्कने युवालाई कृषिक्षेत्रमा आकर्षण गर्न सके कृषिक्षेत्रलाई व्यवसायीकरण गर्न सकिने छ । यसबाहेक अन्तरराष्ट्रिय उडानमार्फत उच्च मूल्यका कृषि उपजहरू पनि निर्यात गर्न सकिने छ । यस प्रदेशमा पर्यटन व्यवसायको पनि उच्च सम्भावना छ । विशेषगरी प्रदेशभित्र काठमाडौं उपत्यका, चितवनको सौराहा, रसुवाको स्याफ्रुबेंशी, लाङटाङ, रसुवागढी, नुवाकोटको दरवार क्षेत्र, कपिलेश्वर महादेव मन्दिर परिषर, दुप्चेश्वर, सिन्धुपाल्चोकको हेलम्बुलगायत पर्यटकीय क्षेत्र भएकाले पर्यटनको विकास गर्न सकिने अधिक सम्भावना छ । यसका लागि पर्यटन पूर्वाधारमा पनि लगानी बढाउन आवश्यक रहेको देखिएको छ । यस प्रदेशमा धार्मिक, सांस्कृतिक, जातीय, भाषिक विविधिता रहेको छ । काठमाडौं उपत्यकामा सात किलोमिटर क्षेत्रफल भित्र रहेका विभिन्न सातओटा पर्यटकीय स्थलहरू विश्व सम्पदा सूचीमा सूचीकृत छन् । त्यसैले यस प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको उच्च सम्भावना छ । बागमती प्रदेशमा रोजगारीका अवसर र जनसांख्यिक लाभको पनि उच्च सम्भावना देखिएको छ । आर्थिक गणना २०७५ अनुसार ३० प्रतिशत उद्योग प्रतिष्ठानहरू बागमती प्रदेशमा नै छन् । साथै, जनसंख्याको २०.९ प्रतिशत जनसंख्या पनि यही प्रदेशमा रहेको छ । यस प्रदेशमा रोजगारीका अवसर र जनसांख्यिक लाभको उच्च सम्भावना छ । पूर्वाधार विकासमा पनि वागमती प्रदेशको उच्च सम्भावना देखिएको छ । संघीय राजधानी काठमाडांैलगायत प्रमुख शहरहरू यही प्रदेशमा नै छन् । त्यस्ता शहरहरू रेल, मोनो रेल, ट्राम, ट्रली, केबलकारजस्ता आधुनिक पूर्वाधारहरूको व्यावसायिक सम्भावना अधिक छ । यहाँ खाद्य तथा दूध प्रशोधन उद्योगहरूको पनि सम्भावना छ । यस प्रदेशमा शहरीकरणको क्रम तीव्र रहेको र मुलुकको राजधानी समेत यसै प्रदेशभित्र अवस्थित भएकाले यस्तो सम्भावना रहेको विज्ञहरूले नै तर्क गर्दै आएका छन् । बागमती प्रदेशमा आन्तरिक र वैदेशिक लगानी भित्र्याएर उद्योग तथा व्यापार व्यवसाय विस्तार गर्न सकिने सम्भावना पनि देखिएको छ । यस प्रदेशमा हिमाल, पहाड, वन, नदी, खानी र खनिजलगायत प्राकृतिक स्रोत रहेका छन् । यस्तै, इन्टरनेट, यातायात, शिक्षालगायत आधारभूत सेवामा अग्रणी स्थानमा रहेको छ । बैंकिङ क्षेत्रको कुल निक्षेपमा ६९ प्रतिशत र कुल कर्जामा ५५ प्रतिशत यही प्रदेशको अंश रहेको छ । उक्त अवस्थामा आन्तरिक र वैदेशिक लगानी ल्याएर उद्योग तथा व्यापार व्यवसाय विस्तार गर्न सकिने छ । बागमती प्रदेशमा अधिकतम राजस्व परिचालन गरी विकास निर्माणका कार्यलाई तीव्रता दिने सम्भावना पनि देखिएको छ । शहरीकरण, जनघनत्व, उद्योग, व्यपार, व्यवसाय, यातायात तथा सञ्चार आदिका कारण यस प्रदेशभित्र राजस्वका आधार फराकिलो छ । अधिकतम राजस्व परिचालन गरी विकास निर्माणका कार्यलाई तीव्रता दिने छ । त्यसो त, बागमती प्रदेशमा चुनौती पनि उत्तिकै देखिएका छन् । विशेषगरी बढ्दो शहरीकरणका कारण मासिँदै गएको कृषि भू–क्षेत्रलाई संरक्षण गरी व्यावसायिक कृषि उत्पादनलाई प्रवद्र्धन गर्न चुनौती देखिएको छ । वातावरणीय प्रदूषण व्यवस्थापन, ट्राफिक व्यवस्थापन र व्यवस्थित शहरीकरणको विकास गर्न पनि चुनौती रहेको छ । पूर्वाधार विकासको गति बढाउन र विद्यमान पूर्वाधारहरूको समयमा नै मर्मत सम्भार गरी गुणस्तर कायम राख्न पनि चुनौती छ । भौगोलिक तथा धार्मिक सम्पदा, जैविक विविधता आदिको उचित संरक्षण र प्रवर्द्धन गरी पर्यटन क्षेत्रको विकास गर्न पनि चुनौती हुनेछ । वैदेशिक रोजगारी तथा शहरीक्षेत्रतर्फ पलायन श्रमशक्तिलाई कृषिक्षेत्रतर्फ आकर्षित गर्दै यस व्यवसायीकरण गर्न पनि चुनौती छ । साथै, बाँझो रहेका खेतीयोग्य जमीन उपयोगमा ल्याउन सामूहिक व्यावसायिक खेतीलाई प्रोत्साहित गर्न पनि चुनौछ । तसर्थ बागमती प्रदेशमा साहसिक र सांस्कृतिक पर्यटनमै केन्द्रित हुनुपर्छ । विश्व्यापी रूपमै साहसिक पर्यटनमा बढी आकर्षण देखिन्छ । यो क्षेत्रमा पर्यटकले पनि मोटो रकम खर्च गर्छन् । तर, हामी विपरीत दिशाबाट परिचालित भइरहेका छौँ । यो कमीकमजोरी सुधार गर्नुपर्छ । बागमती प्रदेश पर्यटक प्रडक्टमा अब्बल छ, प्रचार र ब्रान्डिङ नभएको मात्र हो ।

यो हप्ता धेरैले हेरेको १० सामाग्रीहरु

  • २०७९ साल फागुन १५ गते । वर्ष:१६ अंक:२०
     
  • रमेश महत लक्षित गरी विष्फोट
    नुवाकोट, मंसिर १ गते । निर्वाचन प्रचार प्रसारको लागि हिँडेको नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं. १ को प्रचार टोली चढेको सवारी साधन एम्वुस...
  • २०७९ साल पुस १८ गते । वर्ष:१६ अंक:१२
     
  • २०७९ साल चैत ६ गते । वर्ष:१६ अंक:२२
     
  • तस्बिर समाचार
    २०७२ को भूकम्पले क्षति पु-याएको म्यागङ–५ सामरी भञ्ज्याङमा रहेको सामरी पौवाको पुनःनिर्माण भएको छ । वि. सं. १८०१ मा पृथ्वीनारायण शाहले सैनिक फ...
  • स्थानीय सरकारको उपेक्षामा सहकारी क्षेत्र
    विदुर । मुलुक संघीय संरचनामा गएपछि व्यवस्थापनको जिम्मा पाएको स्थानीय तहबाट नै सहकारी क्षेत्र उपेक्षित बन्न थालेको छ ।  नुवाकोटमा  करिब ४ अ...
  • किन मिले माओवादी–काँग्रेस ?
    जिल्ला समन्वय समिति नुवाकोटमा निर्वाचित प्रमुख, उपप्रमुख र सात जना सदस्यहरू पदभार ग्रहणपछि शुक्रवार कार्यालय परिषरमा ।  विदुर । जिल्ला समन्व...
  • पशुपंक्षी पाल्नेले निब्र्याजी ऋण पाउने
    विदुर । पुशपक्षीपालनको विकास, विस्तार र व्यवसायीकरणका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटले किसानलाई निब्र्ययाजी ऋण दिन...
  • केशव पाण्डेको तीन करोड गुम्दै
      विदुर । बागमती प्रदेश सांसद केशव पाण्डेले नुवाकोटको आफ्नो निर्वाचन क्षेत्रमा हालेको प्रदेश पुर्वाधार साझेदार कार्यक्रम अन्र्तगतको तीन करोड...
  • सिसडोलमा रंगशाला बनाउने बालेनको चाहना
      विदुर । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौंको फोहोर अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल साइटमा रंगशाला न...

नुवाकोटको सञ्चार माध्यामहरु, सम्पर्क व्यक्ति र मोवाइल नं.

# १ टिभी त्रिशुली कपिलदेव खनाल नं. ९८५१०९३२९० # २ रेडियो त्रिशुली ८८.४ मेगाहर्ज कपिलदेव खनाल ९८५१०९३२९० # ३ रेडियो जालपा १०४.५ मेगाहर्ज जगदीश खनाल ९८५१०८०१२२ # ४ नुवाकोट एफएम १०६.८ मेगाहर्ज श्रीराम अधिकारी ९८५१०८९५३३ # ५ रेडियो सञ्जिवनी ८९ मेगाहर्ज गमला लामा ९८६००४५३१४ # ६ रेडियो चिम्टेश्वर ९०.९ मेगाहर्ज राकेश डङ्गोल ९८६१५४१७२३ # ७ मिक्स एफएम ८९.४ मेगाहर्ज रुपा अर्याल ९८६००४७०७४ # ८ गज्जवको रेडियो १०५.७ मेगाहर्ज पुरुषोत्तम बस्नेत ९८५१०९७५५१ # ९ त्रिशुली खबर साप्ताहिक नवदीप श्रेष्ठ ९८५१११०६४५ # १० ईमेज साप्ताहिक शर्मिला उप्रेती ९८४१०८७००० # ११ नुवाकोट पुकार साप्ताहिक सुकदेव दाहाल ९८४१९६७३४८ # १२ सुन्दरादेवी सन्देश साप्ताहिक किरण प्र. अधिकारी ९८४३३२११५४ # १३ त्रिशुली प्रबाह साप्ताहिक शरण उत्सुक ९८५१००२९३८ # १४ रुपायन त्रैमासिक नवदीप श्रेष्ठ ९८५१११०६४५ # १५ महामण्डल त्रैमासिक श्रीराम श्रेष्ठ ९८५१०३२५४८ # १६ डवली खबर डट कम सुनिल श्रेष्ठ ९८४१३३५४६२ # १७ नुवाकोट जागरण साप्ताहिक शिव देवकोटा ९८५१२३४९८० # १८ उत्तरगया दैनिक शिव देवकोटा ९८५१२३४९८० # १९ रेडियो भैरबी ८८ मेगाहर्ज देवचन्द्र भट्ट ९८५१०६७३१५ # २० रेडियो तादी १०५.३ मेगाहर्ज सुजित भण्डारी ९८५१०२७९१५ # २१ नुवाकोट अनलाईन डट कम केदार ढकाल ९८५११२८९१५ # २२ खबर पेज डट कम कपलिदेव खनाल ९८५१०९३२९० # २३ नुवाकोट सन्देश साप्ताहिक श्रीराम नेपाल ९८५११८०६९६

कपिलदेव खनालसँग

नुवाकोटको दैनिक पत्रिका र म
नुवाकोट जिल्लाबाट प्रकाशन हुने दैनिक पत्रिकामा अहिले एउटा मात्रै छ ः उत्तरगया दैनिक । यो बीचमा यहाँबाट चार वटा दैनिक पत्रिका प्रकाशन भईवरी बन्द भएका छन् । अहिले ठिक एक वर्षको चक्र तय गरेको उत्तरगया दैनिकको ईतिहास पनि पुरानै छ । नुवाकोटलाई कार्यक्षेत्र बनाएर प्रकाशन हुने दैनिक पत्रिका मध्येको कान्छो उत्तरगया पनि एक समय प्रकाशन आरम्भ भएर स्थगन भएको सञ्चार संस्था हो । २०६३ सालदेखि नुवाकोटमा दैनिक पत्रिका प्रकाशनको इतिहास भेटिन्छ । यो समयखण्डमा प्रकाशन भएका सबै दैनिक पत्रिका कुनै न कुनै भुमिकामा सम्लग्न मात्रै नभई जिल्लामा दैनिक पत्रिका सुरु गराउने ‘लहडी तीन जना’ मध्येको एक भएकै कारण म (अन्य दुई जना ध्रुवकुमार रावल र भोलाराज पौडेल) दैनिक पत्रिका प्रकाशनको सवालमा केही कुरालाई सामान्य रुपमा लिन्छु र केही कुरालाई जिब्रो टोकेर ‘आम्मा हो’ भन्ने कित्तामा राख्छु ।
दैनिक पत्रिका प्रकाशन, समाग्री संकलन, बजार व्यवस्थापन र निरन्तरताको सवालमा केही पाटो भोगँे, केही पाटो बाहिर बसेर अनुभुत गरेँ । अहिले प्रकाशन भइरहेको उत्तरगया दैनिकले जुन गति लिएको छ, यो सबै हेरेर बाहिरबाट अनुमान लगाइने र भित्रि परिस्थिति विल्कुलै फरक छन् । ‘वान म्यान आर्मी’ भनेजस्तो शिव देवकोटा एक्लै पत्रिकाको सारा काम गर्छन् । बाहिर बजारमा वा पाठकका हातहातमा पुग्ने पत्रिका उनी अफिसमा लुसुलुसु पट्याइरहेका छन् । पत्रिका मेसिनमा राखेर गरिने छपाई बाहेकका सबै पक्ष, विषय र कामलाई एकै जनाले सन्तुलन कायम गरेर दैनिक पत्रिका प्रकाशन गर्नु र यो पनि वर्ष दिनसम्म खुरुुखुरु गरिरहनुले म अहिले जिब्रो टोकिरहेछु । यही परिस्थितिलाई नजिकैबाट हेरिरहेको (हेरिमात्रै रहेको) मेरो अनुभवमा नुवाकोटको दैनिक पत्रिकाको इतिहास अगाडी बढेर पनि पछाडी हटेको वा छलफल, लगानीका लागि एउटा क्षेत्र बनिसक्दा पनि बिर्सिइएकै अझोलमा परेकै हो ।
२०६३ साल बैशाख १० गते । नुवाकोटको पत्रिकारिताका लागि एउटा शुभदिन । जुन दिनले देखायो नुवाकोटमा दैनिक पत्रिकाको सम्भावना । तत्कालिन समयमा राजतन्त्र हटाउनका लागि सडक आन्दोलन उत्कर्षमा थियो । लगभग सबै क्षेत्र र अवस्था डामाडोलजस्तै थियो । काठमाडौंबाट प्रकाशन हुने पत्रपत्रिकाहरु विदुरमा आइपुग्न छाडिसकेको थियो । आमहड्तालका कारण । अहिलेको जस्तो इन्टरनेट, अनलाईन, सामाजिक सञ्जाल त्यसबेला प्रयोगमै थिएनन् । एक त बाहिरी जिल्लाको आन्दोलनको अवस्था यता थाहा पाउन मुस्किल, अर्को नुवाकोटको आन्दोलनले प्रचार नपाउने दोहोरो समस्या २०६३ को बैशाख पहिलो हप्तादेखिनै सृजना भयो । लोकतान्त्रिक आन्दोलनको सूचनाको तिर्खाले नागरिकहरु, लोकतन्त्रवादीहरु प्याक्प्याक्ती हुँदा सम्मपनि विकल्प केही थिएन । अहिले पुर्व जिविस भवन अगाडी विदुर स्थित जिल्ला सहकारी संघको भवन बनेकै ठाउँमा नेपाल पत्रकार महासंघको अफिस थियो । त्यहाँ जिनतिन इन्टरनेट चल्थ्यो । जिनतिन यस अर्थमाकि त्यसबेलामा नेपाल टेलिकमको ल्याण्डलाईन फोन कम्प्युटरमा जोडेर इन्टरनेट चलाउनु पर्यो । इन्टरनेटको पासवर्ड हरेक मिनेटका हिसावले गणना हुनेगरी किन्नुपथ्र्यो । इन्टरनेटको पासवर्ड प्रदायकहरु काठमाडौंमा मात्रै हुन्थ्ये, यता जिल्लातिर चाहेर पनि किन्न सकिदैन थियो । त्यसो त दुई तीन वटा सरकारी कार्यालयले मात्रै ईन्टरनेट चलाउथ्यो त्यो पनि कहिलेकाहिँ । यस्तो चरम परिस्थितिमा हामीलाई सहयोग मिल्थ्यो तत्कालिन जिल्ला विकास समितिका कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालबाट । उनले जिविसको ईन्टरनेट पासवर्ड हामीलाई दिन्थ्यें । एक त कम स्पीडको इन्टरनेट थियो, अर्को परिरहने समस्या चाँही अर्को कम्प्युटरमा त्यही पासवर्ड राखेर अरु कसैले डायल गरे भने हाम्रा कम्प्युटरमा भएको इन्टरनेटको कनेक्सन टुट्थ्यो । त्यस्तो ‘हाला’ हुने अवस्थामा काठमाडौंका इन्टरनेट पहुँच भएका अग्रज पत्रकारहरुलाई फोन गरेर समाचार इमेल गर्न लगाएर जम्मा गर्ने र पत्रकार महासंघको अफिसमा देशैं भरी भइरहेको लोकतान्त्रिक आन्दोलनको अवस्थाको बारेमा बुझ्न आउने नागरिकहरुलाई खबर भनिरहनु असाध्यै झण्झट थियो । यो सबै समस्याको बेलिविस्तार काठमाडौंमा रहेका गतिशील समय मासिकका सम्पादक पुरुषोत्तम लम्साललाई लगाएपछि उताबाट निर्देशन आयो ‘गतिशीलको लोकतान्त्रिक आन्दोलन बुलेटिन भनेर ठोक् ।’
२०६२ साल फागुनबाट विकास पत्रकारिताका केन्द्रित रहेर नुवाकोट जिल्लाबाट प्रकाशन आरम्भ भएको मासिक पत्रिका थियो गतिशील समय । ध्रुवकुमार रावल प्रकाशक र पुरुषोत्तम लम्साल सम्पादक रहेको त्यो मासिक पत्रिकाको प्रमुख संवाददाताको भुमिकामा म थिए । अब सुरु भयो नुवाकोट जिल्लाको लोकतान्त्रिक आन्दोलनको वेलिविस्तार दैनिक रुपमा पत्रिकामा छापेर वितरण गर्ने । काठमाडौंमा भइरहेको आन्दोलन, बाहिर जिल्लाका मुख्य समाचार र नुवाकोटको गतिविधिलाई समेटेर दैनिक रुपमै बुलेटिन प्रकाशनको निष्कर्षमा हामी पुग्यौं । पत्रकार महासंघ नुवाकोटको कार्यालयमा कम्प्युटर थियो । पत्रिकाको डिजाईन गर्न जानेका नुवाकोटका दुई जना मध्ये भोलाराज पौडेल त्यसबेला अल्लि फुर्सदिला थिए । भोलाराज, पत्रिकाका प्रकाशक ध्रुवकुमार र मैले दैनिक पत्रिकाको आकारमा (ट्यावलेट साइजमा चार पेज) २०६३ साल बैशाख १० गते ‘गतिशील समय लोकतान्त्रिक आन्दोलन बुलेटिन–१’ प्रकाशनमा ल्यायौं । ५०० को संख्यामा प्रकाशन भएको त्यो पत्रिका बिहान १० बज्नुभन्दा पहिल्यै निख्रियो । अब दिउँसो गाउँगाउँबाट र परपरबाट आउने आन्दोलनकारीहरुलाई त दिनैसकेनौं । त्यसको सिकाईले बैशाख ११ गतेको पत्रिकाको संख्या वृद्धि गरेर २ हजार बनाउने निर्णय भयो र पत्रिका छाप्ने प्रेससंग त्यही विषयमा सल्लाह गरेर भोलीको तयारीमा जुट्यौं । हठात्, पत्रिकाको डिजाईनको काम सकिएर प्रेसमा पुग्दा दोश्रो अंक पत्रिका छाप्न प्रेसले मानेन । कारण अहिले विर्सिएँ, त्यसबेला तत्कालिन शाही नेपाली सेनाले पत्रिका नछाप्न प्रेसका सञ्चाकलाई धम्क्याएको हुनुपर्छ । वा त्यस्तै केही भएको थियो । यसरी पहिलो अंकमै ‘लोकतान्त्रिक आन्दोलन बुलेटिन–१’ले विश्राम लियो । हामी तीनै जना बेलुकी छिन्नभिन्न भयौं ।
बैशाख ११ गते विहान सडकमा हामी निस्कने वित्तिकै स्थानीय नागरिक तथा आन्दोलनकारीहरुको हामीसित पत्रिकाको अपेक्षा थियो, त्यो स्वाभाविक पनि थियो । तर प्रेसले नछापिदिएपछि हामीसित विकल्प थिएन । हामीले समस्याको बेलिविस्तार लगायौं । भिडबाट एउटा आवाज आयो ‘तपाईहरुको पत्रिका डिजाईनको एक कपी प्रिन्ट गरेर ल्याउनुस् म फोटोकपी गरेर बाढ्छु ।’ विदुर नगरपालिका वडा नं. ४ का वर्तमान वडा सदस्य विदुरका बशन्त रिजाल थिए उनी । हामीले उनले भनेजस्तै गर्यौ । चार पेजको पत्रिका ‘ए–फोर’ साईजमा एक कपी प्रिन्ट गरेर उपलब्ध गरायौं । उनले त्यो पत्रिकाको फोटोकपी यत्ति वितरण गरेकी त्यो दिन हामी आफै अवाक भएका थियौं । दुई रुपैयाँ मुल्य राखिएको त्यो पत्रिका विक्रि वितरण त्यत्तिबेला सकियो त्यो दिन, जत्तिखेर उनको पसलमा रहेको फोटोकपी मेसिनको मसी सकियो ।
लोकतान्त्रिक आन्दोलन बुलेटिन प्रकाशनले दुई अंकपछि भने निरन्तरता पाएन । पत्रिकाको माग सधैं त्यही प्रकृतिले नभएपनि नुवाकोटमा एउटा दैनिक पत्रिकाको आवश्यकता छ भन्ने सन्देश ग्रहण गरियो, त्यस घटनाबाट ।
२०६३ साल माघको दोश्रो साता विदुरमा पहिलो नुवाकोट महोत्सव सञ्चालन भइरहेको थियो । त्यो र त्यसपछिको अर्को एउटा महोत्सव अहिलेको जस्तो खल्लो थिएन । पहिलो महोत्सव भएकै कारण पनि हुनुपर्छ, आम नागरिकहरुले आफ्नो आफ्नो क्षेत्रबाट केही न केही योगदान दिएकै थिए । त्यही क्रममा हामीले पनि पत्रकारिताको क्षेत्रबाट महोत्सवलाई खास बनाउन दैनिक पत्रिका प्रकाशनको सुरुवात गर्यौ । गतिशील समय मासिक २०६३ साल माघ १५ गतेबाट दैनिक रुपमा प्रकाशन आरम्भ भयो । प्रकाशक÷कार्यकारी सम्पादकमा ध्रुवकुमार रावल, प्रमुख सम्वाददातामा म र सम्वाददाता अनि पत्रिकाको कम्प्युटर डिजाइनमा भोलाराज पौडेल । पदका रुपमा प्रमुख सम्वाददाता भएपनि पत्रिकाको सम्पादनको जिम्मेवारी मेरो थियो । म पत्रिकारिता सिक्दै गरेको बखत थियो त्यो, मसित पत्रिका सम्पादनको ज्ञान र योग्यता थिएन । तीन महिना त्यो पत्रिकामा काम गरेर म बाहिरिए, त्यसपछिको अर्को तीन महिना ध्रुवकुमार रावल र भोलाराज पौडेलले दैनिक पत्रिका हाँके ।
पहिलो दैनिक पत्रिका गतिशील समयले नुवाकोट जिल्लामा सम्भावना देखाएर आफ्नो यात्रा टुङ्ग्याइसकेको थियो । अब दैनिक पत्रिका चल्छ है भनेर पत्रकार र जिल्लाका सञ्चारउद्यमीबीच बहसको विषय बनिरहेकै समयमा त्यसबेला रुपरेखा साप्ताहिक प्रकाशनको समुहबाट मलाई प्रस्ताव अयो अर्को दैनिक पत्रिका सञ्चालनको । नुवाकोट पत्रकार महासंघका तत्कालिन सभापति विश्वामित्र खनाल प्रकाशक रहेर त्रिशुली समाचार दैनिक दर्ता भयो । त्यसको सम्पादकमा राजुमित्र खनाल रहे, विश्वामित्र खनाल काठमाडौं बस्थ्ये । समाचार सम्पादकको जिम्मेवारी सहित फेरि सुरु भयो मेरो र नुवाकोटको दोश्रो दैनिक पत्रिका त्रिशुली समाचारको यात्रा । त्रिशुली समाचारमा ११ महिना काम गरेपछि म फेरि त्यहाँबाट पनि बाहिरिए । केही महिना राजुमित्र खनाल एक्लैले सञ्चालन गरेको त्रिशुली समाचार दैनिकमा तत्कालिन प्रेस चौतारी नुवाकोटका अध्यक्ष देवचन्द्र भट्ट जोडिए । त्यो पत्रिकाले झण्डै चार वर्ष आफ्नो प्रकाशनलाई निरन्तरता दिएर विश्राम लियो ।
त्रिशुली समाचार दैनिक प्रकाशन भइरहदा पनि अनियमित भएपछि हप्ताको सबै दिन प्रकाशन हुने दैनिक पत्रिकाको खोजी पाठक वर्गबाटनै हुन थालिसकेको थियो । त्यही आवश्यकतालाई मध्ये नजर गर्दै त्यस बेलाको खरो पत्रिका नुवाकोट आवाज साप्ताहिकको प्रकाशन समुह दैनिक पत्रिकामा होमियो । गतिशील समाचार नामको पत्रिका जिल्ला प्रशासन कार्यालयमा २०६६ साल साउनमा दर्ता भयो । तत्कालिन प्रेस सेन्टर नुवाकोटका संयोजक बद्री प्याकुरेल प्रकाशक तथा सम्पादक रहेको गतिशील समाचार दैनिकमा म असोजको पहिलो साता सह–सम्पादकको रुपमा जोडिएँ र पत्रिका प्रकाशन आरम्भ भयो । पत्रिकाको प्रवन्ध निर्देशकमा त्यही पत्रिका मुद्रण हुने छापाखाना भैरवी प्रेसका सञ्चालक मुकुन्द ढुङ्गाना थिए । हप्ताको छ दिन मात्रै प्रकाशन हुने (शनिवार बाहेक) त्यो पत्रिकाले ६ महिनापछि विश्राम लियो । एउटा समाचारमा पिडित र पिडकको नाम उल्लोपाल्टो परेकै कारण पत्रिकाको कार्यालय, कम्प्युटरहरु र अन्य सञ्चार सामाग्री तोडफोड भएपछि प्रकाशकले क्षतिपुर्तीको लागि धेरै प्रयास गरे, प्रहरी कार्यालयमा भएको क्षतिपुर्तीको लिखित प्रतिवद्धता तोडफोड गर्ने व्यक्तिहरुले लामो समयसम्म पुरा गरेनन्, पत्रिकामा थप लगानी गर्न नसक्ने भएपछि प्रकाशक बद्री प्याकुरेलले दैनिक पत्रिका बन्द गरे । अन्तत पत्रिकाको कार्यालय तोडफोड गर्नेहरुले क्षतिपुर्ती नदिएरै उन्मुक्ति पाए ।
यसरी फरक–फरक समयखण्डमा तीन वटा दैनिक पत्रिका सञ्चालनमा रहेको नुवाकोट २०६९ सालमा आइपुग्दा दैनिक पत्रिका विहिन बनिसकेको थियो । भर्खरै टिभि त्रिशुली सञ्चालनमा आएको थियो । चार वटा एफएम रेडियोहरु (नुवाकोट एफएम, रेडियो जालपा, रेडियो अभियान र रेडियो त्रिशुली) सञ्चालनमा थिए । साप्ताहिक पत्रिका हप्ताको सबै दिन आउने गरी सात वटै रहेपनि दुई वटा बाहेकका साप्ताहिक पत्रिकाहरु नियमित प्रकाशनमा थिएनन् । अन्य पत्रिकाहरु कहिकाही मात्रै बजारमा देखिन्थ्ये । नुवाकोटको समाचार र घटनाक्रम पढ्नका लागि फेरि साप्ताहिक पत्रिकानै पर्खनु पर्ने बाध्यता आम पाठक माझ तेर्सिसकेको थियो । यही समस्याको बीच तत्कालिन प्रेस युनियनका केन्द्रिय सदस्य शिव देवकोटाले प्रेस युनियनका तत्कालिन जिल्ला अध्यक्ष श्रीराम नेपाल र मसित दैनिक पत्रिका प्रकाशनको प्रस्ताव ल्याए । दैनिक रुपमा पत्रिका भरिने गरी आवश्यक स्थानीय समाचार र आर्थिक श्रोत व्यवस्थापन गर्न सके दैनिक पत्रिकाको सम्भावना र भविष्य फेरि राम्रो देखेर हामी तीन जना होमियौं उत्तरगया दैनिक प्रकाशनमा । शिव देवकोटा प्रकाशक, श्रीराम नेपाल सम्पादक रहेको उत्तरगया दैनिकमा मेरो भुमिका भने फेरियो । श्रमजीवी पत्रकारबाट म व्यवस्थापक बने । प्रवन्ध निर्देशकको रुपमा मैले उत्तरगया दैनिकमा काम थालें । सुरुका लगानी दामासाहीले तीनै जनाले हाल्यौं । स्थानीय समाचारको श्रोत म आफु संलग्न रहेको रेडियो त्रिशुलीलाई बनायौं । निक्कै जोश र फुर्तीफार्तीका साथ सुरु गरेको त्यो उत्तरगया दैनिकको यात्रा छ महिना लामो पनि बनाउन सकेनौं । आर्थिक अभावका कारण पत्रिका बन्द गर्यौं । हामी तीनै जना फेरि अलगअलग भएर आ–आफ्नै काम गर्न थाल्यौं । शिव देवकोटा नुवाकोट जागरण साप्ताहिक, श्रीराम नेपाल बट्टारमा नयाँ एफएम रेडियो सञ्चालनको तयारी र म रेडियो त्रिशुली सञ्चालन तिरै लागे ।
२०७५ साल असारको अन्त्यतिर शिव देवकोटाले फेरि दैनिक पत्रिका प्रकाशनको अवधारण सुनाए । पटक–पटक दैनिक पत्रिका प्रकाशन र यसको हैरानीबाट भुक्तभोगी भैसकेको म यसपाली सजिलै पन्छिए । केही लगानी समेत गुमाइसकेको, प्रकाशनहरुलाई निरन्तरता दिन नसकेको, कहिले कुन दैनिक त कहिले कुन दैनिकको ‘प्रिन्ट लाइन’मा नाम देखिने, आर्थिक प्रतिफल शुन्य जस्ता आफ्नै समस्याबाट म हैरान थिए । र मैले उत्तरगया दैनिकको पुर्नयात्रामा नजोडिने निर्णय गरे । शिव देवकोटा एक्लै उत्तरगया पत्रिका दैनिक रुपमा लिएर बजार ओर्लिएको आज एक वर्ष पनि बढी भइसकेको रहेछ । हिजो म आफु नै सक्रिय रुपमा लागेको समय भन्दा गुणस्तरिय छपाई, सन्तुलित समाचार सामाग्री, नियमितता अहिलेको उत्तरगया दैनिकमा पाइरहेको छु । हिजो यही पत्रकारिता क्षेत्रको तीन जनाले मेरिमेट्दा गर्न नसेको काम र दिन नसकेको गुणस्तर अहिले शिव देवकोटा एक्लै ‘ख्यालख्यालमै’ गरिरहेका छन् । ख्यालख्यालमै किन पनि हो भने उनी दैनिक पत्रिकासंगसंगै दशकैं पुरानो साप्ताहिक पत्रिका नुवाकोट जागरण पनि बजारमा पठाउ भ्याइरहेका छन्, अझ उनैले अर्थ मासिक पत्रिका अर्थवृक्ष समेत नुवाकोटलाई केन्द्रविन्दुमा राखेर प्रकाशन आरम्भ गरेका छन् । फेरि पनि उल्लेख गरे ः पत्रिका प्रकाशनको सवालमा केही कुरालाई सामान्य रुपमा लिन्छु र केही कुरालाई जिब्रो टोकेर ‘आम्मा हो’ भन्ने कित्तामा राख्छु । अहिले उत्तरगया दैनिकको सवालमा म जिब्रो टोकेर ‘आम्मा हो’ भनिरहेका छु । जनताको सू–सूचित हुने अधिकारलाई प्रत्याभुत गर्दै उत्तरगया दैनिकले अहिले जसरी आम पाठकहरुको माझमा आफुलाई प्रिय बनाईसकेको छ अहिले म यस पत्रिकाको पाठकको रुपमा रहिरहँदा बढी आनन्दित छु । उत्तरगया दैनिकको अनन्त यात्राको कामना ।
(लेखक नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष हुन् ।)

कपिलदेव खनालको लकडाउन डायरी

यसरी सम्भव भयो रेडियोबाट रिजल्ट

बैशाख ११, २०७७ मा नुवाकोटबाट प्रशारण हुने टिभि त्रिशुली र सात वटा एफएम रेडियोहरूबाट एउटा विद्यालयको बार्षिक परीक्षफलको नतिजा सार्वजनिक भयो । नुवाकोटको सन्र्दभमा विल्कुलै फरक अनुभव र प्रयोगको रुपमा रहेको आम सञ्चारका माध्यमबाट विद्यालयको परीक्षाफल सार्वजनिक गर्ने प्रयास सम्भवत अन्यत्र पनि नभएको वा कमै भएको हुनुपर्छ । विश्व महामारीको रुपमा रहेको कोभिड(१९ अर्थात् कोरोना भाइरसको संक्रमण फैलन नदिन चैत ११, २०७६ देखि अहिलेसम्म नेपाल लकडाउन (बन्दाबन्दी) मा छ । नेपाल मात्रै होइन विश्वका लगभग सबै देशहरू अहिले लकडाउनको अवस्थामा छ । मानिस–मानिस बीचको भौतिक वा शारिरिक दुरी कायम गर्नका लागि गरिएको लकडाउनले सबै क्षेत्रलाई प्रत्यक्ष प्रभावित पारिरहेको छ । यो अवस्थामा नियमित हुने पर्ने काम, गतिविधि, अभियान ठप्प प्रायः छ ।

विदुरमा रहेको पृथ्वी मावि बर्षेनी एसईई परीक्षामा सर्वोकृष्ट नतिजा सहित तारिफको केन्द्रमा रहँदै आएको छ । एक दशक भन्दा पनि कम समयमा गरिएको सुधारमुखी ब्यवस्थापनले पृथ्वी माविलाई ‘यहाँबाट त्यहाँ’ पु¥याएको छ । विद्यार्थी, अभिभाव, शिक्षा र नतिजाका लागि ‘क्रियटिभ’ काम हुँदै आएको पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने एक किसिमको औडाह र उकुसमुकुसमा हुनुहुँदो रहेछ । बैशाख १० गते राती मलाई फोन आयो । परीक्षाको नतिजा तयार पारेर राखिएको तर अभिभावक र विद्यार्थीहरू माझमा एकै साथ पु¥याउने बिकल्पको खोजीमा उहाँ हुनुहुँदो रहेछ । विद्यालयमा नतिजा टाँस गरेर सामाजिक सञ्जालमा राख्ने विकल्प उहाँसित थियो । तर त्यो गर्दा पनि आम अभिभावकहरू ईन्टरनेटको पहुँचमा नरहेकोले कम प्रभावकारी हुने बुझाई उहाँकै देखियो । फेरि अभिभावकहरू बन्दाबन्दी छल्न र जीवन सहज पार्न विदुर र आसपासलाई छाडेर आफ्नो पुख्यौली ठाउँ वा गाउँतिर फर्किएको अवस्था पनि छ । यो अवस्थामा एफएम रेडियोलाई प्रयोग गरेर नतिजा प्रकाशन गर्ने तरिका मैले उहाँलाई सुझाएँ । उहाँ तुरुन्तै तयार देखिनुभयो र सुरु भयो रेडियोबाट विद्यालयको नतिजा प्रकाशन गर्नका लागि गृहकार्य ।

एफएम रेडियोबाट कुनै विद्यालयको नतिजा सार्वजनिक गर्नु एउटा क्रमभङ्गता थियो । मानिसहरूले के भन्छन्, वा कुन कुन कोणबाट बहश हुनसक्दा भन्ने सामान्य आँकल पनि मनमनै नगरेको होइन । तर अहिलेको अवस्थामा यही तरिका बढि सान्र्दभिक ठानें । भर्खरै सुरु भएको नुवाकोट रेडियो सञ्जालका सदस्य रेडियोहरूलाई यो प्रस्ताव पठाएँ, सबैले सहर्ष स्विकार गर्नुभयो । सातवटा एफएम रेडियोहरू रेडियो त्रिशुली, रेडियो जालपा, नुवाकोट एफएम, रेडियो सञ्जिबनी, मिक्स एफएम, गज्जवको रेडियो र रेडियो भैरबीमा एकैसाथ परीक्षाको नतिजा प्रशारण गर्ने आन्तरिक सहमती जुट्यो । सबैको अनुकल समय अपरान्ह साढे चार बजे उपयुक्त भएपछि स्कुलका प्रधानाध्यापक बाबुराम सरलाई समय प्रस्ताव गरेँ । नतिजलाई पुनः हेर्ने र अन्तिम रुप दिँदा दिउँसोको समय नै उपयुक्त हुने भएपछि उहाँहरू नतिजालाई अतिम रुपम दिनतिर लाग्नु भयो, हामी रेडियोमा प्रशारण गर्नका लागि चाहिने तरतम्य तिर लाग्यौं । विद्यालयमै गएर रेकर्ड गर्ने, विद्यालयबाटै टेलिफोन प्रयोग गरेर प्रत्यक्ष प्रशारण गर्ने, स्टेशनमै बोलाएर प्रत्यक्ष प्रशारण गर्ने वा स्टेशटमा उहाँहरूलाई बोलाएर रेकर्ड गरेर साढे चार बजे प्रशारण गर्ने । हामीसति यही विकल्पहरू थिए । यसमध्यै एउटा विकल्प छनौट

गरेर त्यसको तयारी तिर लागियो । त्यसबेलासम्म फोनमै भइरहेको सम्वाद, तयारीले अन्तिम रुप लिने बेला करिव दिउँसोको १ बज्नै लाग्दा भयो ।

प्रधानाध्यापक बाबुराम लामिछाने र सहायक प्रधानाध्यापक विश्वराज भट्टराई रेडियो त्रिशुलीको स्टेशनमा आउनु भयो । यो बीचमा मेरो योजना केही फेरिसकेको थियो । रेडियोबाट मात्रै किन टेलिभिजनबाट पनि प्रशारण गरु भनेर तयारी सुरु गरिसकेको थिएँ । टिभि त्रिशुली र रेडियो त्रिशुलीको स्टेशन एकैठाउँमा भएरै मलाई सजिलो भइरहेको थियो । टिभिका समाचार प्रमुख भाई सुजित भण्डारीलाई स्टेशनमा बोलाएर रेडियोमा प्रस्तुत गर्ने विद्यालयको बार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्ने कार्यक्रमलाई रेडियोकै स्टेशनमा छायाङ्कन गर्ने भनिसकेको थिए । रेडियो त्रिशुलीका प्राविधिक बहिनी प्रितिका थापा तयारी अवस्थामा थिए । टिभिको ‘लाइट’लाई रेडियोको स्टुडियोमा सार्ने काम भइसकेको थियो । यी सबैको जोरजम्मा र व्यवस्थापनका लागि रेडियोका स्टेशनम्यानेजर शर्मिला उप्रेती लागेका थिए ।

प्रधानाध्यापक बाबुराम सर र सहायक प्रधानाध्यापक विश्वसरले रेडियोको स्टुडियोमा बसेर नतिजा रेकर्ड गर्नुभयो । विश्वसरसित एफएम रेडियोमा लामो समयसम्म कार्यक्रम प्रस्तुत गरेको अनुभवका कारण पनि झन् सजिलो भयो । मलाई मनमनै भइरहेको खुल्दुली चाँही अनुत्र्तिण हुने विद्यार्थीहरूको नाम यसरी आम सञ्चारका माध्यामबाट भन्दा विद्यार्थीमा के चोट पर्ला भन्ने थियो, तर उहाँहरूको तयारी उत्र्तिण विद्यार्थीको नाम र प्राप्ताङ्क मात्रै भन्ने गरि भएको रहेछ । मेरो कौतुहलता पहिलो कक्षाको नतिजा सुन्दा नै शान्त भयो । करिव साढे १ बजेतिर सकिएको रेकर्डिङलाई साढे चार बजेबाट सात वटै एफएम रेडियो, टिभि त्रिशुलीमा एकसाथ प्रशारण गरियो । संगै टिभिको युटुयुव च्यानल, रेडियोहरूको अनलाईन पेज, फेसबुक पेजबाट पनि प्रशारण भए ।

प्रशारण सुरु भएसंगै अधिकांश टिप्पणीहरू सकारात्मक आए । ओहो ! लकडाउनले नतिजा पनि सार्वजनिक गर्न पाइएन भनेर बसेका हामीलाई यो सिकाईको रुपमा रह्यो, हामीले पनि यसरी गर्दा त हुने रेछ नि भन्ने केही विद्यालयका शिक्षकहरू पनि भेटिनु भयो । अब उहाँहरूले यसै गरी नतिजा सार्वजनिक गर्नुहुन्छ वा कसो गर्नुहोला, तर रेडियोकर्मको केही वर्षको यो समयमा लकडाउनकै बहानामा भएपनि नयाँ अनुभव प्राप्त गर्ने अवसर प्राप्त गरें । नयाँ काम र अनुभव सृजनाका सहयात्री हुनुहुन्छ : रेडियो जालपाका जगदीश खनाल, रेडियो भैरबीका देवचन्द्र भट्ट, नुवाकोट एफएमका श्रीराम अधिकारी, रेडियो सञ्जवनीका गमला लामा, मिक्स एफएमका रुपा अर्याल, विष्णु अधिकारी र गज्जवको रेडियोका पुरुषोत्तम बस्नेत ।


लकडाउनमा मेरो दैनिकी

चैत ११ गतेदखि हामी निरन्तर लकडाउनमा छौं । यो विश्वव्यापी महामारीको समयमा हामी पत्रकाहरूको भूमिका र जिम्मेवारी झन् थपिएको छ । यस्तो अवस्थामा लडकाउनलाई बहाना बनाएर नागरिकहरूको सू–सुचित हुने अधिकारलाई कुण्ठित पार्न हामीले कुनैपानि अवस्थामा सक्ने कुरै भएन ।

त्यस कारणले कोरोना भाइरसबाट सुरक्षित रहने स्वासथ्य उपायाहरूलाई अवलम्व गर्दै हामी नुवाकोटका पत्रकारहरू निरन्तर काममा छौं । म पनि व्यक्तिगत रुपमा यसै गरी सुरक्षित रहेर काममा र लागिरहेको छु । कोरोना भाइरसको अहिलेको जिल्लाको अवस्था, सरकारले नागरिकहरूको स्वास्थ्य र ज्यानको सुरक्षाका लागि गरिरहेको कामको बारेमा नागरिकहरूलाई जानकारी गराउने, नागरिकहरूको अवस्था, आवश्यकता र अपेक्षालाई सम्वन्धित पक्षसम्म पु¥याउने काममा सक्रिय रहेको छु ।

आजभोली जिल्लामा अन्य गतिविधिहरू नभएका कारण काममा केही होला भएपनि जोखिमपूर्ण अवस्था रहेकोले सावधानी अपनाउँदै र मुल्यका हिसाबले अधिक र सार्वजनिक चासोेका विषयमा समाचार संकलन, समाचार संकलनका लागि फिल्डमा जाने साथीहरूको व्यवस्थापनमा दैनिकी खर्चिरहेका छु । चैत ११ गतेभन्दा अघिको अर्थात् लकडाउन भन्दा पहिलाको अवस्था र अहिलेको अवस्थामा मेरो दैनिकी र काममा खासै कमी आएको छैन ।

ठिक समयमा ठिक जानकारी दिनका लागि झन् चनाखो र तयारी अवस्थामा रहनु पर्ने अहिलेको अवस्था छ । त्यही रुपमालाई आफुलाई ‘हाई अलर्ट’मा राखेको छु ।

बिहान ६ बजेदेखि बेलुकी साढे सातबजेसम्म कार्यालयमा बिताउने गरेको छु, सम्भावन भएसम्मका रिपोर्टिङ्ग र समाचार संकलन सामाजिक सञ्जाल र टेलिफोन प्रयोग गरेर गरिरहेको छु, सकेसम्म घर र अफिस बाहिर निस्किएको छैन । मलाई चाँही आफुले काम गर्ने सञ्चार गृहको कार्यालय र मेरो निवास एउटै घरमा भएकोले बढि सजिलो भएको छ ।

समाचारश्रोत र अन्य व्यक्तिहरूलाई समेसम्म कार्यालयमा नआउनका लागि अनुरोध गरिरहेको छु, म कार्यरत सञ्चारगृहका अन्य साथीहरूलाई पनि घरकै एकान्तबासमा रहेका काम गर्न चैत ११ गतेदेखि पठाएको छु । प्रायः साथीहरू घरबाटै काम गरिरहेका छन् ।


टिभि त्रिशुली र रेडियो त्रिशुली बिहान ५ बजेदेखि राती १० बजेसम्म नियमित प्रशारणमा छन् । मनोरञ्जनात्मक कार्यक्रमहरू कटौती गरेर समाचारमुलक कार्यक्रम र समाचार बुलेटिनलाई प्राथमिकताका साथ प्रशारण गरिरहेको छु । कोरोना भाइरसको फैलदो त्रास र नेपालमा पनि कोरानो संक्रमितको संख्या बढ्न थालेसंगै समाज, समुदाय र नागरिकहरूलाई सहि सूचना सही समयमा दिनका लागि मेरै पहलमा नुवाकोट जिल्लाका सात वटा एफएम रेडियोहरूले कोरानो अपडेटलाई दैनिक रुपमा प्रस्तुत गर्दै आएको छ । नुवाकोट अपडेट नाम दिइएको त्यो आधा घण्टाको दैनिक रेडियो कार्यक्रमको तयारी, उत्पादन र प्रशारणका लागि दैनिक दुई घण्टा समय खर्चिदै आएको छु । जुन कार्यक्रमलाई कोरोना भाइरसको संक्रमणको दृष्टिबाट नुवाकोट अवस्था, त्यसको रोकथाम र नागरिकहरूको हिफाजतका लागि सरकारी र गैर सरकारी पक्ष अनि सचेत व्यक्तिहरूले गरिरहेको गतिविधिलाई जस्ताकोतस्तै प्रस्तुत गर्दै आएको छ । यही काम र जिम्मेवारीका कारण आजभोलिको लकडाउनमा पनि मेरो दैनिकी र दिनचर्यामा खास फुर्सद निस्किएको छैन ।

जिल्लामा कार्यरत पत्रकार साथीहरूसंग सामाजिक सञ्जाल र टेलिफोन मार्फत् जोडिरहेको छु, एक पटक जिल्लाका सञ्चालित प्रायः विद्युतिय सञ्चार माध्यामका कार्यालयहरू हेर्न र साथीहरूलाई भेट्न पुगें । त्यस बाहेक अन्य समयमा समाचार संकलनका लागि बाहिर निस्कदा साथीहरूसंग भेटघाट भइनै रहेको छ ।


नुवाकोटका पत्रकारहरु कर्तव्य र काममा निरन्तर

हामी अहिले कुरा गरिरहेको समयको तथ्याङ्क हेर्ने हो भने विश्वभरी एक लाख नौं हजारको मृत्यु भइसकको छ । कोरोना भाइरसबाट झण्डै १८ लाख मानिसहरू संक्रमिण भएका छन् । यस्तो डरलाग्दो अवस्थामा हामी नेपाली र फ्रण्टलाइनमा रहेका काम गर्ने पत्रकारहरू चाहि जोखिममा नपर्ने त कुरै भएन । नेपालमै पनि आज आइतवारसम्ममा १२ जना व्यक्तिहरू कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भइसकेको छ । यस हिसावले पनि नेपाल विस्तारै असुरक्षित बन्दै गएको महशुस गरेको छु ।

सिङ्गै मानव जातीको अस्तित्वनै संकटमा पर्न सक्ने यो विश्व महामारीलाई फैलन नदिन र मानविय क्षति कम गर्नका लागि अहिले भइरहेको लकडाउनले पक्कै पनि महत्वपूर्ण भूमिका खेलेको छ जस्तो मलाई लागेको छ । सरकारले चैत ११ गतेदेखि गरिरहेको बन्दाबन्दीलाई नागरिकहरूले सहर्ष स्विकार गरेका छन् । नुवाकोटमा पनि यस्तै अवस्था छ । पहिला विश्व महामारीको रुपका विकास भएको कोरानो भाइरसेको संक्रमण समुदायमा समाजमा छैन भन्ने निक्यौल होस् अनि मात्रै दैनिकीमा फर्कने मनस्थितिमा जिल्लाको नागरिकहरूलाई पाएको छु । यस अवस्थामा परिहेको समस्या र गुुम्फनलाई नागरिकहरूले उत्तिसाह्रो पिडाका रुपमा मानेका छैनन् ।

यस अवस्थामा जिल्लाका पत्रकारहरूको भुमिका र सक्रियतालाई नागरिक समाजले, आम श्रोता, पाठक, दर्शकले मुल्याङ्कन गर्ने हो । हामी निरन्तर समाचार र जानकारी स्ंकलन अनि प्रबाहमा छौं । चैत १० गते र त्यसपछिको दिनदेखि अहिलेसम्म जिल्लामा काम गरिहरनुभएका पत्रकारहरूको गतीका खास कुनै परिवर्तन छैन । एक किसिमले भन्नुपर्दा आफ्नो स्वास्थ्य र शरिरलाई जोखिममा राखेर नुवाकोटका अधिकांश पत्रकार साथीहरू र अग्रहजहरूले गरिरहनुभएको काम प्रशंसनिय र लोभलाग्दो छ । २०७२ साल बैशाख १२ गते र त्यपछिका भुकम्पहरूमा जसरी जिल्लाका सञ्चार गृह र पत्रकारहरूले आफ्नो कर्तब्यलाई पुरापुर पालन गरेर सिङ्गै नागरिक समाजको तर्फवाट प्रशंसा बटुलेको थियो, अहिले पनि नुवाकोटका पत्रकारहरू यसै गरी आफ्नो कर्तव्य र काममा निरन्तर प्रशंसा बटुलेको थियो, अहिले पनि नुवाकोटका पत्रकारहरू यसै गरी आफ्नो कर्तव्य र काममा निरन्तर छन् ।

लकडाउनको यो अवधिमा हामीलाई समाचार संकलन र सम्प्रेषणमा कुनै अवरोध छैन । स्वाभाविकै हो हिजो सहज दिनमा जत्तिनै पत्रकार साथीहरू बाहिर फिल्डमा कुद्नुभएको छैन, बाहिर नदेखिने साथीहरू घरभित्रै रहेर र कार्यालयमा एकान्तबास बनाएर काम गरिहरनु भएको छ । जिल्लाबाट प्रशारण हुने टेलिभिजन रेडियो र प्रकाशन हुने सबै अनलाई पत्रिकाहरू नियमित छन् । कही कतैबाट कुनै साथीहरूले काम गर्न समस्या भयो भनेर गुनासो गुर्नभएको छैन । अधिकांशसित म पनि दैनिक रुपमा जोडिरहको छु टेलिफोन र सामाजिक सञ्जाल मार्फत्, उहाँहरू आफ्नो काममा सक्रिय नै हुनुहुन्छ । दैनिक र साप्ताहिक पत्रिकाहरूको प्रकाशनचाँहि अहिले नुवाकोटमा पूर्ण रुपमा बन्द भएको छ । पत्रिका प्रकाशनका लागि धेरै पक्ष र जनशक्ति एकैठाउँमा हुनु पर्ने र तारतम्य मिल्नुपर्ने कारणले यो समस्या भएको हो । पत्रपत्रिका नियमित हुननसक्नेमा नुवाकोट मात्रै होइन यो राष्टिूय रुपमै समस्या भइरहेको छ ।

फिल्डमा दौडधुप गरिरहनुहुने पत्रकार साथीहरूलाई सहयोग र सद्भाव राख्ने सरकारी तथा गैर सरकारी निकायहरू पनि छन् । यही अवस्थाको आँकलन गरेर हामीले चैत ७÷८ गतेतिर पत्रकारले कोरोना भाइरसबाट सुरक्षित हुँदै काम गर्ने सन्र्दभमा पत्रकार महासंघमै बसेर छलफल पनि गरेका थियौं । सुरक्षाको उपाया थाहा पाएका तर सामाग्री नभएका हामीलाई निजी तथा सार्वजनिक संस्थाहरूले अत्यावश्यक सामाग्रीहरू केही मात्रामा भए पनि उपलब्ध गराउनु भएको छ । जसले गर्दा हामीलाई केही भए पनि सहजता मिलेको छ ।

सम्रगमा नुवाकोटका सञ्चार माध्याम र पत्रकारहरू आम नागरिकहरूको स्वास्थ्य अनि जीवनको सुरक्षाका लागि अहिलेको परिस्थितिमा आवश्यक पर्ने सूचना र जानकारी संकलन गरेर विद्युतीय सञ्चार माध्यामबाट प्रेषित गरिरहेका छन् । जिम्मेवारीबाट नुवाकोटका पत्रकारहरू चुकेका छैनन् ।

(लेखक नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष हुन् ।)

कला, साहित्य

मेरो एक परिचित र म
मिथिलेश आदित्य, अररिया, बिहार, भारत ( अनु— विवश पोखरेल )

अँध्यारोमा सलाई पाइरहेको थिएन
उसलाई दियो बाल्नु थियो
मसँग सलाई थियो
मैले उसको दियो बालिदिएँ
दीप प्रज्ज्वलितसँगै
उज्यालो भयो उसको घर
त्यसपछि
उसले सलाई भेट्यो
र मैले बालेको दियो निभाइदियो
र पुनः
आफ्नो सलाईले दियो बाल्यो ।
फेरि उसले विनम्रतासँग
मसँग सलाई माग्यो
मैले मित्रतावश उसलाई
आफ्नो सलाई दिएँ
उसले बलिरहेको दियोमा
मेरो सलाई जलाइदियो
र मसँग हातमिलाउँदै भन्यो—
ममाथि पनि

सुन्दर कविता लेख न मित्र
तिमी कविहरू त —
एक कप चियामा पनि
कविता लेख्छौ, सुनाउँछौं
र
मसँग विदाहुँदै भन्यो—
फेरि भेटौंला कुनै दिन
भेट्दै गर्नु ÷ आउँदै गर्नु फोन–सोन गर्दै गर्नु
धन्यवाद !
आज म ती परिचितमाथि
कविता लेख्न बसेको छु सोच्दैछु,
कस्तो कविता लेखूँ ?
उज्यालोको कविता लेखूँ
कि अँध्यारोको ?
समानताको कविता लेखूँ
कि स्वार्थको ?
दम्भको कविता लेखूँ
कि शालीनताको ?
अभिव्यक्ति पूर्णङ्क २०१ बाट साभार

समाचार सङ्ग्राहलय

  • ►  2023 (184)
    • ►  March 19 - March 26 (1)
    • ►  March 5 - March 12 (39)
    • ►  February 19 - February 26 (26)
    • ►  February 12 - February 19 (21)
    • ►  February 5 - February 12 (20)
    • ►  January 29 - February 5 (14)
    • ►  January 22 - January 29 (15)
    • ►  January 15 - January 22 (18)
    • ►  January 8 - January 15 (14)
    • ►  January 1 - January 8 (16)
  • ►  2022 (545)
    • ►  December 25 - January 1 (11)
    • ►  December 18 - December 25 (20)
    • ►  December 11 - December 18 (13)
    • ►  December 4 - December 11 (16)
    • ►  November 27 - December 4 (21)
    • ►  November 20 - November 27 (11)
    • ►  November 13 - November 20 (16)
    • ►  November 6 - November 13 (14)
    • ►  October 23 - October 30 (9)
    • ►  October 16 - October 23 (15)
    • ►  September 25 - October 2 (15)
    • ►  September 18 - September 25 (17)
    • ►  September 11 - September 18 (17)
    • ►  September 4 - September 11 (19)
    • ►  August 28 - September 4 (19)
    • ►  August 21 - August 28 (17)
    • ►  August 7 - August 14 (40)
    • ►  June 26 - July 3 (10)
    • ►  June 19 - June 26 (18)
    • ►  June 12 - June 19 (15)
    • ►  June 5 - June 12 (16)
    • ►  April 24 - May 1 (20)
    • ►  April 17 - April 24 (21)
    • ►  April 10 - April 17 (29)
    • ►  April 3 - April 10 (17)
    • ►  March 27 - April 3 (24)
    • ►  March 20 - March 27 (18)
    • ►  March 6 - March 13 (16)
    • ►  February 27 - March 6 (16)
    • ►  February 20 - February 27 (13)
    • ►  February 13 - February 20 (12)
    • ►  February 6 - February 13 (10)
  • ►  2020 (264)
    • ►  April 26 - May 3 (11)
    • ►  March 22 - March 29 (11)
    • ►  March 15 - March 22 (22)
    • ►  March 8 - March 15 (30)
    • ►  March 1 - March 8 (42)
    • ►  February 16 - February 23 (16)
    • ►  February 9 - February 16 (16)
    • ►  February 2 - February 9 (16)
    • ►  January 26 - February 2 (14)
    • ►  January 19 - January 26 (21)
    • ►  January 12 - January 19 (24)
    • ►  January 5 - January 12 (41)
  • ►  2019 (250)
    • ►  December 22 - December 29 (16)
    • ►  December 8 - December 15 (23)
    • ►  December 1 - December 8 (28)
    • ►  November 24 - December 1 (25)
    • ►  November 17 - November 24 (15)
    • ►  November 10 - November 17 (18)
    • ►  November 3 - November 10 (36)
    • ►  October 20 - October 27 (34)
    • ►  September 29 - October 6 (12)
    • ►  September 8 - September 15 (25)
    • ►  September 1 - September 8 (14)
    • ►  August 25 - September 1 (4)
  • ►  2018 (4)
    • ►  September 2 - September 9 (4)
  • ►  2017 (73)
    • ►  December 10 - December 17 (2)
    • ►  December 3 - December 10 (3)
    • ►  November 26 - December 3 (1)
    • ►  November 12 - November 19 (3)
    • ►  October 22 - October 29 (2)
    • ►  October 15 - October 22 (1)
    • ►  October 1 - October 8 (2)
    • ►  September 24 - October 1 (7)
    • ►  September 17 - September 24 (7)
    • ►  September 10 - September 17 (6)
    • ►  September 3 - September 10 (4)
    • ►  August 27 - September 3 (5)
    • ►  August 20 - August 27 (6)
    • ►  August 13 - August 20 (1)
    • ►  August 6 - August 13 (17)
    • ►  July 23 - July 30 (1)
    • ►  July 16 - July 23 (3)
    • ►  January 22 - January 29 (1)
    • ►  January 15 - January 22 (1)
  • ►  2016 (7)
    • ►  December 25 - January 1 (1)
    • ►  December 18 - December 25 (1)
    • ►  December 11 - December 18 (5)
  • ►  2015 (11)
    • ►  November 15 - November 22 (2)
    • ►  November 8 - November 15 (9)
  • ▼  2012 (98)
    • ►  April 15 - April 22 (15)
    • ►  April 1 - April 8 (17)
    • ►  March 25 - April 1 (10)
    • ►  March 18 - March 25 (16)
    • ►  March 11 - March 18 (20)
    • ▼  February 26 - March 4 (1)
      • अब तपाईको रेडियो सेटमा नुवाकोटको आवाज नुवाकोटको बो...
    • ►  February 19 - February 26 (7)
    • ►  February 5 - February 12 (2)
    • ►  January 29 - February 5 (5)
    • ►  January 22 - January 29 (5)
  • ►  2009 (3)
    • ►  August 23 - August 30 (1)
    • ►  August 2 - August 9 (1)
    • ►  July 19 - July 26 (1)

हाम्रो बारेमा

My photo
image weekly (इमेज साप्ताहिक)
नुवाकोट, बागमती प्रदेश, Nepal
यो नुवाकोट जिल्लाबाट सोमवार प्रकाशन हुँदै आएको इमेज साप्ताहिकको ब्लग हो । २०६३ साल माघ १६ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दर्ता भएको यस पत्रिकाको प्रकाशन सुरुवात मासिकबाट गरेको हो । २०६६ साल असोज ५ गतेदेखि साप्ताहिक रुपमा नियमित प्रकाशन हुँदै आएको इमेज साप्ताहिक २०६७ सालदेखि प्रेस काउन्सिल नेपालको पत्रपत्रिका बर्गिकरणमा पर्दै आएको छ । सुरुको बर्ष ‘ग’ बर्गमा रहेको यो पत्रिका प्रेस काउन्सिल नेपालको २०६८ सालदेखि ‘ख’ बर्गमा पर्दै आएको छ । प्रकाशकः कपिलदेव खनाल, सम्पादक: शर्मिला उप्रेती, सहसम्पादक: सुजित भण्डारी, प्रमुख समाचारदाता: प्रितिका थापा, कार्यालयः विदुर नगरपालिका वडा नं. ४ विदुर नुवाकोट, फोनः ०१०–५६१६७८, ०१०–५६०७८९, ९८५१०९३२९०, जिल्ला प्रशासन कार्यालय नुवाकोट दर्ता नं. : १६/२०६३/०६४, स्थायी लेखा नम्बर ३०४४८९३२९, मुद्रण : गोसाइँकुण्ड अफसेट प्रेस, विदुर नगरपालिका वडा नं. ४ विदुर नुवाकोट फोन नं. ०१०–५६१०७१
View my complete profile
Watermark theme. Powered by Blogger.