Monday, March 19, 2012

आगो आतङ्क

जगदीश खनाल
विदुर÷नुवाकोट जिल्लामा गएको साता तीन वटा आगलागीका घटनाहरू भए । ती घटनामा परी एक जनाको ज्यान गएको छ भने, ५४ लाख रुपैयाँ भन्दा बढीको धनमाल क्षती भएको छ ।
    गएको आइतवार राती काहुले गाविसमा मङ्गले तामाङको घरमा भएको आगलागीमा परेर उनको पाँच वर्षिया छोराको ज्यान गएको छ । काहुले–६ दावाचेत स्थित घरमा मैनबत्ती बालेर पढिरहेका पाँच वर्षिया चिली तामाङ पढदापढ्दै निदाएपछि घरमा आगो सल्किएको बताइएको छ । साथै चिलीका पिता मङ्गले तामाङ गम्भिर घाइते भएका छन् । उनको उपचार त्रिशुलीमा सम्भव नभएपछि काठमाडौँ पठाइएको छ ।
  

छोरालाई आगोबाट बचाउँन खोज्दा उनी पनि जलेका हुन् । परिवारका अन्य पाँच सदस्यहरू भने सकुशल छन् । आगलागीमा परी घरका सम्पूर्ण सामग्री, लत्ताकपडा र अन्नपात जलेर नष्ट भएको छ । २२ लाख रुपैया भन्दा बढीको क्षतिभएको प्रारम्भिक अनुमान छ ।
    तामाङलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले ३० हजार रुपैयाँ उपलब्ध गराएको छ । साथै घाइते तामाङलाई उपचार निःशुल्क गर्नका लागी प्रशासनले विर अस्पताललाई पत्राचार गर्नको लागी गृह मन्त्राललाई लेखेको छ ।  
    यता, बुधावर दिउँसो विदुर–२ अशोकबाटीकामा हिमालय इन्काउन्टरले सञ्चालन गरेको द फेमस फार्म हाउस पनि आगोको सिकार भएको छ । नजिकैको बाँसको झाँङ्गमा लागेको आगो हुरीबतासका कारण फार्म हाउसका पुगेको बताइएको छ । सञ्चालक निरज श्रेष्ठका अनुसार ३५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । स्थानीयवासीन्दा, सेना तथा प्रहरीको सक्रियतामा  आगो नियन्त्रणमा आएको थियो ।
    आगो निाभाउनको लागी विदुर नगरपालिकाको कार्यालयबाट गुडेको दमकल घटनास्थलमा निक्कै ढिला पुगेको थियो । विदुर चोकबाट नुवाकोट जाने सडक पसेसङ्गै ‘पिकअप’ लिननसकेको दमकललाई त्यस पछाडी रहेको बसका यात्रुहरूले घकेलेका थिए । उकालो र घुम्तिपिच्छे धकेल्दै पु¥याइएको दमकल समयमा नआएको भन्दै स्थानीयहरूले भने चित्त दुखाएका थिए ।
  

त्यसै गरी, राउतवेशी–४ पुरानोगाउँको कृष्णबहादुर परियारको घरमा गएको शुक्रवार भएको आगलागीले एक लाख पचास हजार रुपैयाँ भन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार उक्त घटनाका कुनै मानविय क्षति भने भएको छैन ।
    यसै बीच, जिल्ला दैविक प्रकोप उद्दार समितिले छ महिनाको अवधिमा विभिन्न घटनामा परेकाहरूलाई नौँ लाख रुपैयाँ राहत स्वरुप वितरण गरेको छ । 

घर पु¥याउने बहानामा बलात्कार

राकेश डङ्गोल
विदुर÷ दुई युवतीलाई घर पु¥याउने बहानामा बलात्कार गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरूमा खड्गभञ्ज्याङ गाविस– ६ का ५२ वर्षिय केशव विश्वकर्मा र चारघरे गाविस–४ का ३० वर्षिया रामकाजी विश्वकर्मा रहेका छन् । उनीहरूले खड्गभञ्याङ गाविस–६ का १५ वर्षिय र १७ वर्षिय दुई किशोरीलाई धादिङको गल्छि पु¥याएर बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको बताइएको छ ।
    खड्गभञ्ज्याङ पु¥याउने भन्दै मोटरसाइकलमा राखेका किशोरीहरूलाई उनीहरूले जवरजस्ती गल्छी लगेका थिए ।
    युवतीहरूलाई गल्छीमा बलात्कार गरेपछि विकहरूले काठमाडौँमा लगेर राखेको र सोही अवस्थामा विहिवार बालाजुबाट प्रहरीले पक्राउ गरेको पत्रकार रामहरि गजुरेलले आफ्नो फेसबुकको स्टाटसमा लेखेका छन् ।
    उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ ।

दुप्चेश्वरको जग खल्बलिने चिन्ता

इमेज समाचारदाता
रामती÷नुवाकोटको प्रसिद्ध देवस्थल दुप्चेश्वर महादेव स्थानभन्दा केही तल निर्माण गर्न लागिएको पुलका कारण उक्त देवस्थान नै खतरामा पर्ने सम्भावना बढेको छ ।
    दुप्चेश्वर महादेवको संरक्षणका लागि दुप्चेश्वर गुरुयोजनासम्वन्धी काम प्रारम्भिक चरणमै रहेको अवस्थामा दुप्चेश्वर शिवलिङ्ग रहेको चट्टानी पाखोको फेदीमा पुलको निर्माणका लागि जग खन्न थालेपछि उक्त खतरा उत्पन्न भएको हो । दुप्चेश्वर स्थान नुवाकोट जिल्लाको पूर्वी क्षेत्रको राउतवेशी गाविस–८ शल्ले गाउँमुनी पहाडी खण्डमा समुद्र सतहदेखि करिब चार हजार फिटको उचाइँमा रहेको छ ।
    उक्त गुरुयोजनाका लागि भौतिक योजना तथा आवास मन्त्रालयले २०६६ र २०६७ सालमा गरी दुईपटक सर्वेक्षण गरिसकेको दुप्चेश्वर संरक्षण समाजका महासचिव कुमार पण्डितले जानकारी दिएका छन् । उनका अनुसार उक्त सर्वेक्षणमा रहेका इञ्जिनियरलगायतका स्थानीय बासिन्दासमेतको सहभागितामा उक्त क्षेत्रलाई सुरक्षित, संरक्षित र विकास क्षेत्र गरी तीन क्षेत्रमा विभाजन गरी उक्त क्षेत्रको संरक्षण गर्ने अवधारणा तयार पारिएको छ ।
    उनका अनुसार उक्त अवधारणामा पुराना, धार्मिक, ऐतिहासिक महत्वका सामग्रीलाई जस्ताको तस्तै सुरक्षित राख्ने, संरक्षित क्षेत्रमा रहेका भू–धरातललगायतलाई संरक्षण कार्य गर्न र विकास क्षेत्रमा विकास निर्माण कार्य गर्ने अवधारणा तयार भएको थियो ।
    हाल उक्त भू–धरातलको फेदीमा जिल्ला विकास समिति नुवाकोटले पुल निर्माण गर्नका लागि खन्न थालेपछि दुप्चेश्वर शिवलिङ्ग रहेको चट्टान नै खल्वलिएर देवस्थान नै खतरामा पर्ने स्थानीयवासीहरूको भनाई रहेको छ ।
    राजनीतिज्ञ गणेश पण्डित उक्त पुरातात्विक, ऐतिहासिक एवं धार्मिक स्थलको उचित संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा उक्त क्षेत्रको भू–बनोटमै खतरा उत्पन्न हुनसक्ने कार्य गर्न नहुने धारणा राख्छन् ।
    त्यसै गरी संरक्षण समाजका महासचिव कुमार पण्डितका अनुसार दुप्चेश्वरमा नुवाकोट, रसुवा, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, दोखला, काठमाडौँ उपत्यकाका तीन जिल्लालगायत अन्य थुप्रै जिल्लाबाट समेत मार्ग शुक्ल पूर्णिमाका दिन हजारौँ भक्त जम्मा हुने गरेका छन् । प्रत्येक एकादशी, शिवरात्रीका साथै हरेक दिन भक्तहरू आउने भएपनि मार्ग शुल्क पूर्णिमा अर्थात् धान्य पूर्णिमामा विशेष मेला लाग्ने गरहेको छ ।
    उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने तथा निर्माण गर्न लागिएको पुललाई अन्यत्र सारेर उक्त क्षेत्रको दीर्घकालीन संरक्षणका लागि जिल्ला विकास समिति तथा राजनीतिक दलहरूले विशेष चासो दिनको लागि स्थानीयवासीहरूले आग्रह गरेका छन् ।
    दुप्चेश्वरको उत्पत्तिको हजारौँ वर्ष पहिले उक्त क्षेत्रका बासिन्दा बासु लामाको गाई दुई दिनसम्म हराएपछि खोज्दै जाँदा उक्त भिरमा गाई भेटिएको र गाईको थुनबाट दुधको धारा बगिरहेको पाएपछि गाईको दुध परेको शिला महादेव हुन् भनी दुध्देश्वर नामाकरण गरिएकोमा पछि अपभ्रंस भएर हिजोआजको दुप्चेश्वर नामाकरणम भएको जनश्रुती पाइन्छ । 

बसपार्क सञ्चालनमा आयो

बिशाल आले मगर
बट्टार÷झण्डै एक वर्ष अघि निर्माण सम्पन्न  भएको नुवाकोट ट्टारमा रहेको को बसपार्क बुधवारबाट सञ्चालनमा आएको छ ।
    एशियाली विकास बैंक (एडिवी)को ऋण सहयोगमा निर्माण भएको उक्त बसपार्क सञ्चालनको लागी विदुर नगरपालिकाको कार्यालायले एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाल माइक्रो बस, पासाङल्हामु बस व्यवसायी समिति, नगर यातायात र उपत्यका माइक्रो बस व्यवसायीलाई एक÷एक सटरको साँचो हस्तातरण गरिएको थियो ।
    विभिन्न राजनितिक दल, उद्योगी व्यवसायी, राजनितिक दलको प्रतिनिधिहरूको सहभागीतामा बसपार्क सञ्चालनमा ल्याइएको हो ।
    बसपार्क सञ्चालनमा आए पछि बस, ट्रक, मिनिट्रक लगायतका सवारी साधनहरू बसपार्कमै पार्किङ गर्नु पर्ने छ । सडकका पार्किङ गर्ने सवारी साधनलाई कारवाही गरिने भएको छ । व्यवसायीहरूले चार महिना सम्म बसपार्क प्रयोग गरेको कुनै पनि शुल्क समेत नलिने भएको छ । चार महिना पछि भने सममतिमा एउटा मापदण्ड बनाएर शुल्क तोकिने भएको विदुर नरपालिकाका कार्यकारी अधिकृत मिठाराम हुँमागाईले जानकारी दिएका छन् ।
    शहरी तथा वाताबरणीय सुधार परियोजना अन्र्तगत एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा बसपार्क निर्माण कार्य भएको हो । बसपार्क निर्माणको लागी एक करोड ८० लाख रुपैयाँ खर्च भएको नगरपालिकाको कार्यालयले जनाएको छ ।
    बसपार्क उद्घाटन कार्यक्रममा एकीकृत नेकपा माओवादीका लिलानाथ न्यौपाने, नेकपा मालेका पल्लबराज पाठक, राप्रपाका रामकृष्ण भट्ट, स्थानीय विकास अधिकारी दामोदर भण्डारी, विदुर नगरपालिकाका कार्याकारी अधिकृत मिठाराम हुँमागाई, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष शरण उत्सुक सापकोटा बस व्यवसायी कुलबहादुर खड्गी लगायतको सहभागिता  रहेको थियो ।

गाविस सचिव उप्रेती सहित छ जना कैदमा

किरणप्रसाद अधिकारी
विदुर÷जिल्ला अदालत नुवाकोटले बिदेशी नागरीकको नक्कली नागरीकता बनाउने काममा सम्लग्न रहेका एक जना गाउँ बिकास समिति सचिव सहित छ जनालाई सात महिना कैदमा राख्ने फैसला गरेको छ ।
    जिल्ला न्यायाधिश पदमराज भट्टको इजलासले नक्कली नागरीकता बनाउन खोज्ने भारत बैङलोर बस्ने तिब्बती मुलका छुन्ता लामा, उनको नक्कली बाबु बनि सनाखत गर्ने सूर्यमती गाउँ विकास समिति– ८ का भक्तबहादुर गुरुङ, जन्म दर्ता लगायत आवश्यक कागजपत्र तयार गर्ने सूर्यमती गाउँ विकास समितिका तत्कालिन सचिव हरी उप्रेती र सहयोगीहरू रामकुमार उप्रेती, देबेन्द्र न्यौपाने, कृष्णप्रसाद थपलीयालाई सात सात महिनाको कैद सजाय सुनाएको हो ।
    आफुले नागरीकताका लागि कबोल गरेको  ६० हजार रुपैयाँ मध्ये १० हजार रुपैयाँ गाविस सचिवलाई दिएको छुन्ताको बयान पछि गाविस सचिवको समेत नक्कली नागरीकता बनाउने कार्यमा समलग्नता रहेको पुष्टि भएको थियो ।
    नक्कली नागरीकता बनाउने गिरोहको पर्दाफास  भएपछि प्रहरीले नागरीकताका लागि सिफारिस गर्ने  सूर्यमती गाउँ विकास समितिका सचिव नारायण कँडेल सहित सातजनाका बिरुद्धमा  साउन १६, २०६८ मा नागरीकता ऐन २०६३ अनुसार  जिल्ला अदालत नुवाकोटमा मुद्दा दायर गरेकोमा सचिव कँडेलले भने सफाई पाएका छन् ।

सहकारीको कर खारेजी माग

विदुर÷नुवाकोट जिल्लाका सहकारीहरू संस्थाहरूले आफुले तिर्नुपर्ने मुनाफा कर खारेज गर्न माग गरेका छन् ।
    मुनाफाको १५ प्रतिशत भन्दा कम लाभांश लिएर २० प्रतिशत कर तिर्नुपरिरहेको सहकारीहरूको अवस्थालाई सुर्धान गर्नको लागी उक्त माग उठाइएको जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष बैकुण्ठ मिश्रले बताए ।
    मुनाफा करकै कारण सहकारीले सामाजिक हितका कार्यक्रमलाई बढावा दिन नसकेको सहकबारीकर्मीहरूको भनाई छ ।
    डिभिजन सहकारी कार्यालय नुवाकोटका प्रमुख रोमाकान्त काफ्लेका अनुसार जिल्लामा तीन सय सात सहकारी संस्थाले वार्षिक दुई अर्ब ७० करोड रुपैयाँको वित्तीय कारोबार गर्ने गरेका छन् ।
    विदुुर नगरपालिका क्षेत्रमा बचत तथा ऋणको कारोबार गर्ने सहकारीको संख्या एक सय २० छ । उनीहरूले वार्षिक एक लाखदेखि १५ करोड रुपैयाँसम्मको कारोबार गरिरहेका छन् ।
    आयकर ऐनमा नगरपालिका क्षेत्रभित्र बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले मुनाफाको २० प्रतिशत कर तिर्नुपर्ने प्रावधान राखेको छ । ऐनले ग्रामीण क्षेत्रका सहकारीको लागि भने यस्तो कर तिर्न नपर्ने ब्यवस्था गरेको छ ।

एक साता देखि दिदीबहिनी बेपत्ता

राजु रिमाल
विदुर÷खड्गभञ्ज्याङ गाविस–१ दाङसिङ्गखर्कका दुई किशोरीहरू एक साता देखि परिवार र आफन्तको सम्पर्कबाट बाहिरिएका छन् ।
    तीन वर्ष देखि चितवनको नारायणगढ स्थित एक घरमा कामदारका रुपमा रहेका  १८ वर्षिय कमला तामाङ घर आएको र साहिली बहिनी कुमारीलाई पनि रोजगारीमा लगाउने भनी लगेकोमा एक सातादेखि दुवै जना बेपत्ता भएको आफन्तहरूले जानकारी दिएका छन् । फागुन २३, २०६८ मा घर आएका कमलाले बहिनी कुमारीलाई पनि काम खोजिदिने भनेर चितवन लगेको बताइएको छ । तर चितवन स्थित उनी कार्यरत घर र आफन्तहरू कसैको सम्पर्कमा दुवै जना हालसम्म नआएको बताइएको छ ।
    दुवै छोरीहरूलाई विदाई गर्न बाबुआमा बट्टारसम्म फागुन ३० गते आएको र त्यसपछि कसैसंग सम्पर्क नभएको बताइएको छ । खोजीको लागी अभिभावकले प्रहरीमा निवेदन दिएका छन् । उनीहरूको खोजी गर्न परिवारले सवैसंग आग्रह गरेका छन् ।

ग्लोवल सहकारी संस्थाको उद्घाटन

इमेज समाचारदाता
बट्टार÷नुवाकोटको बट्टार वजारका युवाहरूको सक्रृयतामा स्थापित ग्लोवल उपभोक्ता सहकारी संस्थाको आईतवार उद्घाटन भएको छ ।
    बट्टार बजारस्थित संस्थाको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष शरणउत्सुक सापकोटाले पानसमा बत्ती वालेर उद्घाटन गरेका थिए ।
    उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले व्यापारिक सम्भावना बोकेको बट्टार वजारमा स्थापित ग्लोवल सहकारीले जिल्लाको व्यवसायिक विकासमा योगदान दिने विश्वास व्यक्त गरेका छन् । संस्थाका अध्यक्ष सुदर्शन दुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बट्टार सहकारी संस्थाका सञ्चालक मोहनवहादुर खड्काले सहकारी संस्थाहरूले न्युन आय भएका वर्गलाई सम्वोधन गर्नुपर्ने वताएका थिए ।
    ५० जना सेयर सदस्यहरूवाट शुरु गरिएको उक्त संस्थाको अधिकृत पुँजी एक करोड रुपैयाँ र चुक्ता पुँजी २१ लाख रुपैयाँ रहेको जनाईएको छ ।
    संस्थाले साधारण वचत, विशेष वचत, गृहीणी वचत, वाल वचत लगायत वचत कार्यक्रमका साथै कृषि कर्जा, व्यवसायिक कर्जा प्रवाह गर्ने उद्घाटन कार्यक्रममा जानकारी गराईएको थियो ।
    यसअघि, बट्टार वजारमा भएको सेयर सदस्यहरूको भेलाले स्थानीय युवा व्यवसायी सुदर्शन दुवालको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ । समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा विष्णुप्रसाद रिमाल, पुरुषोत्तम सापकोटा र पवन नेपाल छन् । यस्तै सदस्यहरूमा देबनारायण चित्रकार, रिनेस श्रेष्ठ, विवेशबहादुर लवट, सर्जुकुमारी श्रेष्ठ छन् । भेलाले लेखा समिति संयोजकमा गजेन्द्र खड्का, ऋण कमिटी संयोजकमा उसनमान श्रेष्ठ र सल्लाहकार समिति संयोजकमा दामोदर नेपाललाई चयन गरेको  छ ।

१० मिनेटमा विवाह

इमेज समाचारदाता
राउतवेशी÷सुन्दा अचम्म लाग्छ १० मिनटैमा पनि विवाह हुन्छ भन्दा । तर फागुन महिनाको अन्तिम दिन नुवाकोटको राउतबेशीमा रुकुमका इन्द्रबहादुर घर्तिमगर र नुवाकोटका विमला तामाङ बीच  १० मिनेटमानै विवहा सम्पन्न भएको छ ।
    आफ्नो दुई बर्षे प्रेमसम्बन्धलाई सफल पार्दै इन्द्र र विमलाले १० मिनेटमा जनवादी विवहा गरेका हुन् । न त कुनै तामझाम न कुनै देखासिकी दुई जनाको मन मिलेपछि जनवादी विवाहनै उचित लागेर  यस्तो विवाह गरेको बताउछन् इन्द्र । तर विमलाको विचार भने थोरै फरक छ । सामाजिक कु–संस्कार विरुद्धनै आफु यो निर्णयमा पुगेर विवहा गरेको बताउछन् ।
    नवविवाहित दम्पतिलाई अविर माला लगाएर एकिकृत नेकपा माओवादीका केन्द्रिय नेता हितबहादुर तामाङले सुखद् दाम्पत्य जीवनको शुभ कामना दिएका थिए ।
    नव दम्पतीले पनि एकले अर्कालाई अविर र माला लगाएर हात मिलाउदै जीवन भर साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

निःशुल्क स्वास्थ्य परिक्षण

इमेज समाचारदाता
विदुर÷जिल्ला स्वास्थ्य कार्यालयनुवाकोट, सोलिड नेपाल र छिपाश्वरी युवा क्लब कल्याणपुरको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
    कल्याणपुर–७ डेउडीमा सम्पन्न उक्त शिविरमा चार सय जनाको स्वास्थ्य परिक्षण भएको बताइएको छ । शिविरमा ल्याव टेष्ट, रक्त परिक्षण तथा महिला सम्वन्धि रोगको उपचार भएको थियो ।
    शिविरमा ७५ प्रतिशत महिलाहरूको उपचार भएको आयोजक संस्थाले जानकारी दिएको छ ।
    शिविरमा जनस्वास्थ्यका आसी केसी, एस्विना पोखरेल, सोलिडबाट खेम कार्की, राजेन्द्रकुमार गिरी, हरि पोखरेल, राधा गुरुङ्ग, मैथली सैन्य तालिम केन्द्रका चिकित्सकहरूले स्वास्थ्य परिक्षण गरेको कल्याणपुरका कमल खड्काले जानकारी दिएका छन् । 

भोलिबाट एसएलसी परिक्षा सुरु

प्रकाश सुयल
विदुर÷भोलि मङ्गलबारबाट यसपालीको प्रवेशिका परिक्षा (एसएलसी) सुरु हुँदै छ ।
    परिक्षाको लागि नुवाकोट जिल्लामा २० वटा परिक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालय नुवाकोटले जनाएको छ ।
    यस अघि १५ वटा परिक्षा केन्द्र रहेकोमा पाँच वटा केन्द्र थप भएको हो । थप भएका परिक्षा केन्द्रहरूमा पञ्चकन्या उच्चमावि बेलकोट, रुक्मिणी मावि समुन्द्रटार, सुन्दरीक्यौरिनी उच्चमावि गेर्खु, बागेश्वरी उच्चमावि बागेश्वरी र जनज्ञान निकेतन उच्चमावि थानापती रहेको शिक्षा कार्यालयले जनाएको छ ।
    यस पटक जिल्लाका ८७ सामुदायिक, १३ वटा निजी र संस्थागत तथा १ खुल्ला विद्यालयकबाट परिक्षार्थीहरू एसएलसी परिक्षामा सम्लग्न रहनेछन् । जसमा नियमित र मौका परिक्षामा छ हजार एक सय ४७ विद्यार्थीहरू सम्लग्न हुनेछन् ।
    देशभर एकै पठक सञ्चालनहुने एसएलसी परीक्षाका लागि सबै जिल्लामा प्रश्नपत्र पुगीसकेको र परीक्षा केन्द्रमा केन्द्राध्यक्ष देखि गार्डहरूको समेत ब्यावस्था भैसकेको परीक्षा नियान्त्रण कार्यलय भक्तपुरले जनाएको छ ।
    परीक्षालाई सुरक्षित एवं मर्यादित बनाउन उचित सुरक्षाकर्मी ब्यवस्था गरीएको र अभद्र ब्याहार देखाउने, चीट चोर्न उक्साउने देखि कुनै पनि प्रकारले अनैतिक आचरण प्रस्तुत गर्नेलाई एक लाख रुपैयाँ नगद जरीवाना र छ महिनाको कैद वा दुबै सजाय ब्यावस्था गरिएको छ ।
    परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसबर्ष एसएलसी दिन फारम भर्ने कुल पाँच लाख ८२ हजार दुई सय मध्ये चार लाख ४६ लाख एक सय ६० जना नियमित तर्फ र ८२ हजार ९१ जनाले आशिंक तर्फबाट परीक्षा दिदैछन् ।  


असई पक्राउ

बट्टार÷ दिउँसै मदिरा सेवन गरेर हिडेका प्रहरी सहायक निरिक्षक दिलिप गौतमलाई प्रहरीले बट्टारबजारबाट पक्राउ गरेको छ ।  बिहिवार पुरानो बजारमा मदिारमा मात्तिएर बसेको अवस्थामा भेटिएका गौतममलाई पक्राउ गरी प्रहरीले विभागिय कारबाहीको लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । 



शैक्षिक सामग्री प्रदान

विदुर÷कार्नेट नेपालले चारघरे गाविसमा रहेका विभिन्न सामुदायिक विद्यालयहरूमा अध्यायनरत विद्यार्थीहरूका लागी शैक्षिक सामग्री वितरण गरेको छ । उक्त गाविसका विभिन्न विद्यालयका प्राथमिक तहमा अध्यायन गर्ने दुई सय ५० विद्यार्थीलाई शैषिक सामग्री वितरण गरिएको कार्नेट नेपालका कार्यक्रम संयोजक पुरुषोत्तम डोटेलले जनाकारी दिएका छन् । चारघरे स्थित महेन्द्र उच्चमाविमा आयोजना गरिएको कार्यक्रममा ति बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

बायो जिडेलका लागी अडिर

विदुर÷जैविक इन्धन (वायो डिजेल) उत्पादनका लागी नुवाकोट जिल्लामा सोको कच्चा पदार्थ अडिरको खेती सुरु भएको छ ।
    चौघडा गाविस–३ का पदमबहादुर तामाङले पाँच रोपनी जग्गामा अडिर खेती थालेका छन् । एक रोपनी जमिनमा अडिर खेती गर्न दुई हजार रुपैयाँ खर्च लागेको छ । उक्त खेतीबाट छ महिनादेखि पाँच वर्षसम्म नियमित उत्पादन लिन सकिने बताइएको छ ।
    वर्षमा तीन पटक उत्पादन लिन सकिने अडिर अन्य बाली नहुने सुख्खा पाखो, भिरालो जमिन र खोलाको बगरमा पनि खेती गर्न सकिने विशेषज्ञहरूको भनाई रहेको छ । समुन्द्रि सतहदेखि एक हजार मिटरको उचाइसम्म अडिर खेति गर्न सकिने छ । उक्त उत्पादनबाट वार्षिक ५० हजार रुपैयाँसम्म आम्दानी हुने छ ।


पहिरो अध्ययन समयावधि थप

विदुर÷किम्ताङ्गको पहिरो अध्ययन गर्न गठित सरकारी प्रतिनिधहरू सम्मिलित कार्यदको एक महिना समयावधि थप गरिएको छ ।
    सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित कार्यदलले फागुन २३ मा प्रतिवेदन बुझाउनुपर्नेमा नसकेपछि साय थपिएको बताइएको छ । स्थलगत अध्ययान सकिएपनि त्यस अघि भएगरेका कार्यहरूको अध्यायनको लागी सयम माग गरिएको र एक महिना थप भएको बताइएको छ ।
    १९ वर्ष देखि बग्दै आएको सुख्खा पहिरोका कारण नुवाकोट जिल्लाको किम्ताङ्ग गाविस सिङ्गै पहिरोको चपेटामा परेको छ । वस्ती पुछारबाट बगिरहेको पहिरो गाँउ परेपछि स्थानीयहरूले आफुहरूलाई सुरक्षित बसोवास प्राप्त हुनुपर्ने माग गर्दै पटक पटक सरकारी जग्गा कब्जा गरेर समेत बसेका थिए ।
    पछिल्लो पटक विदुर नगरपालिकाको चण्डिपोखरी स्थित खम्वाली क्याम्प कब्जा गरेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले अध्यायन गरेर सुरक्षित बासस्थान उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि कार्यदल गठन गरेको थियो ।

तीन हजारलाई छात्रबृत्ति

विदुर÷जिल्ला शिक्षा कार्यालय नुवाकोटले जिल्लाका तीन हजार भन्दा बढी विद्यार्थीलाई चालु शैक्षिक सत्रमा छात्रबृत्ति प्रदान गर्ने भएको छ ।
    यसरी छात्रवृत्ति उपलब्ध गराइने विद्यालयहरूमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू मात्र छन् । तीन हजार ६ सय ३५ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने निर्णय भएको शिक्षा कार्यालयले जनाएको छ ।