Monday, March 26, 2012

निषेधको राजनीति

सभासद् प्रेम तामाङ
कपिलदेव खनाल
रसुवा÷एकीकृत नेकपा माओवादीको रसुवा नेतृत्वको गैह्र राजनीतिक चरित्रको कारणले एक अर्काका बीचमा भौतिक आक्रमणसम्मको स्थितीमा आइपुगेको छ । गत एकवर्ष देखिको तल्लो स्तरको विवाद गत साताको प्रेस विज्ञेप्ती सार्वजनिक भएबाट चुलिएको हो ।  आन्तरिक विवादले रसुवा जिल्लामा ठुलो रुप लिएको छ । माओवादी संस्थापन पक्ष र उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षका जिल्ला स्तरिय नेताहरूको असन्तुष्टि र टकराबले निषेधको राजनीति सुरु भएको छ ।
    जिल्ला विकास समिति रसुवाको १९ औँ जिल्ला परिषद्मा राजनीतिक दलहरूले योजना र बजेट बाडफाँड गरेर खाएको आरोपमा भट्टराई खेमाका सभासद् प्रेम तामाङले आफ्नै पार्टी र अन्य राजनीतिक दलहरू नेपाली काँग्रेस, नेकपा एमालेका विरुद्ध लगातार एक वर्षसम्म भण्डाफोर अभियान सञ्चालन गरेपछि दलहरूले सभासद्लाई निषेध नै गरेका छन् । एकीकृत माओवादी सहित नेपाली काँग्रेस, नेकपा एमाले र अन्य साना दलहरूले सभासद् उपस्थित रहने सम्पूर्ण सार्वजनिक कार्यक्रमहरू बहिष्कार गर्न थालेका छन् । काँग्रेस, एमाले सहितका अन्य दलहरूको सहयोगमा एकीकृत माओवादीले सभासद् तामाङलाई ‘एक्लाएको’ घोषणा गरेका छन् ।
    एकीकृत नेकपा माओवादी रसुवाद्धारा चैत ७, २०६८ मा जारी विज्ञप्ती अनुसार सभासद् तामाङले चैत १, २०६८ मा माओवादी पार्टीको नाममा अनाधिकृत रुपमा प्रयोग गरि पार्टीको नाममा प्रेस विज्ञप्ती जारी गरिरहेका छन् । जिल्ला ईञ्चार्ज इन्द्र गौतम ‘जगतजङ्ग’द्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ– ‘कालिकास्थानको घुम्तीवजारमा कोणसभाको आयोजना गरी सभासद् प्रेम तामाङले जिल्ला पार्टीका जिम्मेवार नेताहरूको नामै किटान गरि आक्रमणको धम्की दिनुको साथै वेलुकी जिवजिवेमा नारायण देवकोटा, शंकर देवकोटा र अर्जुन लामिछानेको घर खानतलासी गरि जिल्ला सेक्रेटरी समिरलाई खोजी गरिनु र आक्रमण गर्ने धम्की दिने काम गरियो । सो को निरन्तरतामा अज्ञात समुहले चैत ४, २०६८ को राती १२ः५० वजे जिल्ला सेक्रेटरी समिरको घरमा ढुङ्गामुढा गर्ने काम भयो ।’  
जिल्ला सेक्रेटरी माधव लामिछाने ‘समिर
जिल्ला सेक्रेटरी माधव लामिछाने ‘समिर’का अनुसार जनताका लागि काम गर्दागर्दै सभासद् तामाङले सबै दललाई भ्रष्टाचारीको आरोप लगाएका कारण माओवादी, काँग्रेस, एमाले, नेकपा एकीकृत सहितका दलहरूले सभासद्लाई बहिष्कार गरेका हुन् । सभासद् तामाङले राजनीतिक दलका नाममा नेताहरूले गर्न लागेको आर्थिक अनियमितता र भ्रष्टाचारको पर्दाफास गरेकोमा आफुलाई माओवादी पार्टीले कालोमोसो लगाएर सडकमा पछार्ने धम्कि दिएको बताएका छन् । ‘जनप्रतिनिधि हुँ, जनताकै नाममा दलहरूले लुटगरेको विषयमा मैले बोल्न पाउनुपर्छ, रोक्न पाउनुपर्छ’ सभासद् तामाङले भने । माओवादीको पालुङटार बैठक अघि देखिनै रसुवामा विचार विहिन र विचार बोकेका माओवादीहरू बीच निरन्तर लडाई चलिरहेको उनको भनाई छ । ‘माओवादी जनतासंगै रहनुपर्छ भन्ने बिचार बोकेका र ऐसआराम गर्नुपुर्छ, उत्थानको प्रक्रृया आफैबाट थालिनुपर्छ भन्ने बिचारविहिन पक्षको लडाई जिल्लामा जारी छ’ तामाङले भने । रसुुवा माओवादीमा पछिल्लो पटक देखापरेको कलह पनि सोही प्रक्रृयाको निरन्तरता मात्रै भएको उनको दाबी छ । सेक्रेटरी समिरमाथीको आक्रमण प्रयासलाई तामाङले स्विकार गरेका छैनन् ।
    जनताले खानेपानीको पाइप, विद्यालयमा बस्ने बेञ्च र चक समेत नपाइरहेको अवस्थामा प्रमख तीन राजनीतिक दलहरूले विभिन्न नाम देखाएर एकमुष्ठ रकम हत्याउन लागेको भन्दै दलका नेताहरू भ्रष्टाचारी रहेको दावी गर्दै सभासद् तामाङले विभिन्न सार्वजनिक कार्यक्रमहरूमा विरोध जनाउँदै आएका छन् । माओवादी पार्टीले भने राजनीतिक दलहरूले जिविसको योजना तर्जुमा बैठकमा जनताबाट माग भएका योजनाहरूलाई प्राथमिकतामा रहेर बजेट बाडफाँड गरिएको र आफ्ना व्यक्तिगत माग परिषद्बाट सम्बोधन नभएपछि सभासद् तामाङले आफ्ना पार्टी सहित अन्य दलहरूलाई भ्रष्टाचारीको आरोप लगाएको बताएको छ ।
    चालु आर्थिक वर्षको लागि जिल्ला विकास समिति रसुवाको १९ औँ परिषद्बाट एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र एमालेले आ–आफ्ना फरक योजनामा २०÷२० लाख रुपैयाँ विनियोजन गरेकोमा सभासद् तामाङले आपत्ति जनाउँदै आएका छन् । एक वर्ष अघि सम्पन्न परिषद्बाट माओवादीको भागमा रेडियो सञ्चालन गर्न १५ लाख, सहकारीका लागी पाँच लाख गरी २० लाख रुपैयाँ, काँग्रेसको भागमा सहकारी संस्थाहरूमा खर्च गर्नेगरी २० लाख रुपैयाँ र एमालेको भागमा जडिबुटीको क्षेत्रमा काम गर्न भनि २० लाख रुपैयाँ एकमुष्ठ विनियोजन गरेको थियो । सभासद् तामाङ व्यवस्थापन समितिका अध्यक्ष रहेको कालिका हिमालय उच्चमाविका लागि समेत १९ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको थियो । विवादका कारण ती योजनाहरू कुनै पनि सञ्चालनमा आएका छैनन् ।
    नेपाली काँग्रेस रसुवाले भने माओवादीको आर्थिक द्धन्द्धका कारण आफ्नो पार्टीलाई समेत भ्रष्टाचारीको कित्तामा राखेर आलोचना गरेकामा आपत्ति जनाएको छ । रसुवा सभापति लामाकार्पो तामाङले सभासद्ले आफ्नो मर्यादा कायम राख्न नसकेको र माओवादीको आन्तरिक आर्थिक द्धन्द्धमा काँग्रेसलाई मुछिनु खेदपुर्ण रहेको बताए । ‘रसुवा माओवादीले आठ वटा ट्रिपर गाडी, पेट्रोल पम्प र सहकारी सञ्चालन गरिरहेको र त्यसैको आन्तरिक विवाद सडकमा आएको हो, सभापति तामाङले भने– सभासद् आफ्नै चार वटा ट्रिपर सञ्चालन गरिरहेको सुनेका छौँ, यो विवाद दुई खेमाको र  केही हदमा आर्थिक द्धन्द्धले छताछुल्ल भएको हो ।’ माओवादी भ्रष्टाचारी पार्टी रहेको दाबी गर्दै काँग्रेस सभापति तामाङले सभासद्ले आफ्नो पार्टीको विषयमा सही मुल्याङ्क गरेपछि काँम्ग्रेसलाई मुछेर सार्वजनिक कार्यक्रममा भ्रष्टाचारी भनिनु आपत्ति जनक रहेको बताएका छन् ।
    सभासद् तामाङ विद्यार्थी राजनीतिबाट माथी उठेका हुन् । जिल्ला तहमा सह–सक्रेटरीको हैसियतमा रहेका तामाङलाई जिल्लामा माओवादी नेतृत्वले जुनियर नेताका रुपमा हेर्ने गरेका छन् । २५ जना जिल्ला सदस्य रहेको रसुवा माओवादीमा संस्थापन पक्षको बहुमत रहेको छ । मोहन बैद्यको पक्षधर जिल्ला स्तरिय नेता र कार्यकर्ता भने रसुवामा छैनन् । जिल्ला ईञ्चार्ज इन्द्र गौतम ‘जगतजङ्ग’, सेक्रेटरी माधव लामिछाने ‘समिर’ सहितका नेताहरू संस्थापनमा र सभासद् एवं सह सक्रेटरी प्रेम तामाङ, जिल्ला समिति सदस्य दावा तामाङलगायत छन् । 
यमी गुट भेलामा सहभागी

हिसिला सभासद् प्रेम तामाङका साथमा रसुवामा ।
भोर्ले÷केन्द्रिय स्तरमा एकीकृत माओवादीको संस्थापन र उपाध्यक्ष डा. बाबुराम भट्टराई एउटै कित्तामा देखिएपनि रसुवामा भने फरक फरक भेलामा लागेका छन् । रसुवामा संस्थापन र भट्टराई पक्षका मात्र कार्यकर्ताहरू छन् ।
    शनिवार उपाध्यक्ष भट्टराई पक्षधर समुहका नेताहरूले आयोजना गरेको बनभोजमा उपाध्यक्ष भट्टराई पत्नि हिसिला यमीनै सहभागि भएका छन् । रसुवाको भोर्ले गाविसमा भट्टराई पक्षधर मानिने सभासद् प्रेम तामाङले राखेको भेलामा यमी सहभागी हुन आएका हुन् । माओवादीको संस्थापन पक्षका जिल्ला ईन्चार्ज ईन्द्र गौतम ‘जगतजङ्ग’ले भने आफुहरू सो भेलामा सहभागी नभएको जनाएका छन् । संस्थापन पक्ष र भट्टराई पक्ष बिचार समुहले मिलेर जाने र किरण पक्षसंगै बैचारिक प्रतिस्पर्धा गर्ने वातावरण तयार भईरहेको बेला प्रधानमन्त्री पत्नी हिसिला यमीले गुटको भेलामा सहभागिता जनाउनु आपत्तिजनक रहेको रसुवा माओवादीले प्रतिक्रृया दिएको छ ।
    पार्टीभित्रै द्धन्द्ध बढ्दै गएपछि सभासद् प्रेम तामाङले आफ्नो शक्ति प्रर्दशनका लागी बनभोज तथा भेलाको आयोजना गरेको माओवादीका एक सदस्यले बताए । भेलामा सहभागी ठाकुर अधिकारीका बनभोजमा भट्टराई पक्षका कार्यकर्ताहरूका लागि गोप्य तथा आन्तरिक प्रशिक्षण दिइएको थियो । भेलामा चार सय भन्दा बढी कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
    बनभोजमा पत्रकारहरूलाई आन्तरिक छलफल भएको र कार्यकर्ताहरू मात्र सहभागि हुनसक्ने भनेर प्रवेश दिइएको थिइएन । तर नुवाकोटबाट आएका पर्यटन साप्ताहिकका श्यामसुन्दर पुडासैनीलाई भने प्रवेश दिइएको थियो । पुडासैनीले कार्यकर्ता नभई पत्रकारको हैसियतले कार्यक्रममा सहभागि भएको दावी गरेका छन् ।

नुवाकोट एफएमलाई कारबाहिको माग

इमेज समाचारदाता
विदुर÷नेपाल विद्यार्थी सङ्घ नुवाकोटले नुवाकोट एफएमले गलत समाचार सम्प्रेषण गरेको र गल्ति स्विकार नगरेको भन्दै कारबाहिको माग गरेको छ ।
    जिल्लामा सञ्चालित प्रवेशिका परिक्षा (एसएलसी) नेविसंघले अमर्यादित बनाएको भन्दै समाचर सम्प्रेषण गरेकोमा कारबाहिको माग गरेका हुन् । मदानपुर स्थित शक्ति उच्चमावि परिक्षा केन्द्रमा नेविसंघले चैत ७ गते विद्यार्थीहरूलाई चिट चोराएको भन्दै नुवाकोट एफएमले गलत समाचार सम्प्रेषण गरेको थियो । उक्त समाचारको जिल्ला शिक्षा कार्यालय नुवाकोटले खण्डन समेत गरेको छ ।
    नेविसंघ शक्ति उमावि इकाई सभापति अश्विन सिलवालले चैत ८ गते विज्ञप्ती जारी गरेर भ्रमक र कपोलकल्पित समाचार सम्प्रेषण गरेकोमा खेद व्यक्त गरेका छन् । नेविसंघ नुवाकोटका सभापति मछिन्द्र खड्काले राजनीतिक पुर्वाग्रहका आधारमा नुवाकोट एफएमले आफ्नो संस्थामाथी आक्षेप लगाएको बताएका छन् ।
    विद्यार्थी, अभिभावक तथा शिक्षकहरूले मङ्गलवार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई भेटी कारबाहिको लागि ज्ञापन पत्र समेत बुझाएको छ । उनीहरूले नुवाकोटले एफएमले उक्त समाचारको पुष्टि गर्न नसकेको र माफी नमागेको कारण आफुहरूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
    साथै नुवाकबोट एफएम सञ्चालन गर्ने संस्था जिल्ला प्रशासन कार्यालयमा केही आर्थिक वर्ष देखि नविकरण समेत नभएको उल्लेख गर्दै गैह्र कानूनी हिसावबाट सञ्चालन भएको सञ्चार संस्थालाई रोक लगाउन आग्रह गरेका छन् ।
    प्रजिअ पाण्डेले भने सञ्चार संस्थालाई आफुले केही गर्न नसक्ने र विद्यार्थी या नागरिक स्तरबाट बहिष्कार र भौतिक कारवाही भएपनि आफुले आँखा चिम्लने आशयको अभिव्यक्ति दिएका छन् । मैले केही गर्न मिल्दैन, प्रजिअले भने– तपाईहरू गर्नुस् ।’ पत्रकार र सञ्चारसंस्थाले पाण्डेको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् । 

उज्यालोको यात्रामा मर्सेनी तामाङ

चार वर्षदेखि दुवै आँखाको ज्योती गुमाएका घ्याङफेदी गाविसका ७४ वर्षिया मर्सेनी तामाङ घ्याङफेदी प्राविमा एक साता अघि सञ्चालित आँखा शिविरमा आँखाको परिक्षणका लागि छोरी जरिना र आफन्तसंग आउँदै । तस्बिर सौजन्य ः दिपक खड्का÷तिलगङ्गा आँखा केन्द्र  
शर्मिला उप्रेती
विदुर÷खरानीटारमा गएको साता भएको निःशुल्क आँखा शल्यक्रियामा दुई सय दुई जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।
  
 जसमा नुवाकोट जिल्लाको घ्याङ्फेदी गाविस नेगीका मर्सेनी तामाङले जीवनमा पहिलो पटक ठूलो उपहार पाएँ । चार वर्ष देखि ओछ्यान र भान्सामा ओहोरदोहोर गर्न पनि अरुको सहारा आवश्यक पर्ने ७४ वर्षिया तामाङको दुवै आँखाको ज्योती जब शल्यक्रियाबाट फर्कियो, संसारमा अत्यान्तै खुसी हुने मध्येमा त्यस बेला उनी पनि एक थिइन् ।
    तीलगंगा आँखा केन्द्र काठमाडौं, नुवाकोट सामुदायिक आँखाको केन्द्र र नेपाल रेडक्रस

सोसाइटी नुवाकोटको संयुक्त आयोजनामा खरानीटारको अमरज्योति उच्च माविमा सम्पन्न तीन दिने शिविरमा मर्सेनी तामाङले आँखाको ज्योती उपहार पाएका हुन् । उनीजस्ता दुई सय दुई जनाको आँखाको शल्यक्रिया सम्पन्न भएको छ ।
   
डा. वेन लिम्वु र रचना सिंहसहित दुई चिकित्सक र १७ जनाको आँखा प्राविधिकको टोलीले दुई सय दुई जनाको आँखाको मोतीयाविन्दुको शल्यक्रिया र तीन सय सात जनाको आँखा परिक्षण गरि आवश्यक औषधि निःशुल्क वितरण गरिएको कार्यक्रम संयोजक दिपक खड्काले जानकारी दिएका छन् ।
   
मोतियाविन्दुका विरामीहरू पहिचान गर्न गत महिना जिल्लाको विभिन्न नौँ गाविसमा शिविर सञ्चालन गरी छानिएका  मोतियाविन्दुका रोगीहरूको खरानिटारमा शल्यक्रिया गरिएको नुवाकोट सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख शंकर अधिकारीले जानकारी दिएका छन् ।



























पहाडमा हाट बजार सञ्चालन

बिशाल आले मगर
चोकदे÷हिजो सम्म घरधन्दाबाट फुर्सद नपाएका नुवाकोटका महिलाहरू हाट बजार सञ्चालन गरी आर्थिक उर्पाजन गर्न थालेका छन् । बागेश्वरी गाउँ विकास समिति –४ चोकदेका १२ जना महिलाहरूले हाट बजार हरेक हप्ताको बुधवार सञ्चालन गर्न थालेका हुन् ।
    हाट बजारमा बिभिन्न खालका घरायसि उत्पादनका सामाग्रीहरू, खाद्य सामाग्रिहरू, आफ्नै करेसामा फलाइएका तरकारी, हस्तकलाका सामाग्रीहरू, सरसफाइका सामाग्रीहरूको बिक्रि गरिएको थियो । जिल्लामा पहिलो पल्ट राखिएको हाट बजारमा गा्रहकहरूको घुइचो लागेको थियो ।
    गा्रहकहरू स्थानियस्तरमा उत्पादित वस्तुहरूको किनबेच गर्न पाएकोमा खुशि थिए । कार्नेट नेपालले नविन मण्डली चोगदेमा गएको  चैत्र ३ गते देखि ८ गते सम्म सञ्चालन गरेको छ दिने अति विपन्न वर्गकाहरूका निम्ति ‘ब्यवसायीक सीप अभिवृद्धि तालिम’को समापन सँगै सहभागीहरूले हाट बजार सञ्चालन गरेको बताइएको छ ।
    कार्नेट नेपाल नुवाकोटका क्लस्टर म्यानेजर पुरुषोतम डोटेलका अनुसार  हाटबजार सञ्चालकहरूले   अर्थ उपार्जन गर्दै आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाई अधिकार प्रर्वद्धन गर्ने तथा शैक्षिक अवसरलाई सहजै प्रदान गरि बालबालिकाहरूमा हुने विभिन्न दुव्र्यवहारहरू तथा अनेक खालका जोखिमको निकटतालाई दुर गराउन प्रतिबद्ध हुनेमा विश्वास ब्यक्त गरेका छन् । आमा दिदीबहिनीहरू बीचको सामुहिक एकतालाई सुदृढ गरि आफुहरू माथी हुने हिंसा विरुद्धको प्रतिरक्षात्मक चिन्तन र कार्यको उचाईमा पुग्ने समेत डोटेलले बताएका छन् ।
    तालिमको  समापन कार्नेट नेपालकी निर्देशक शर्मिला घिमिरेले गरेका थिए । समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र बितरण गदै अतिथि तथा सुर्यगढी क्याम्पस बागेश्वरीका प्रमुख लालबहादुर कुँवरले तालिम लक्षित व्यक्तिहरूले नै पाएको भन्दै समाज रुपान्तरणको लागि यस तालिमले ठुलो सहयोग गर्ने कुराको उद्घोष गदै सहभागीहरूको सफल ब्यवसायको निम्ति शुभकामना  व्यक्त गरेका थिए ।

१२ करोडमा पुल निर्माण हुने

राजु रिमाल
विदुर÷विदुर–७ र खड्गभन्ज्याङ गाविस–४ को त्रिशुली नदीमाथि पुल निर्माण हुने भएको छ । पुलको भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रिपाठी र उर्जामन्त्री पोष्टबहादुर बोगटीले संयुक्त रुपमा शनिवार शिल्यान्यास गरेका छन् ।
    पुल १२ करोड ७४ लाख ६८ हजार पाँच सय रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो । पुलको निर्माण कार्य २०७० साल मंसिर भित्र हुने भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताएका छन् । स्टिल ट्रसका साथ आरसीसी ढलान गरिने पुलको लम्वाई एक सय ८० मिटर र ६ मिटर चौडाई हुने जनाइएको छ ।
    यसैवीच, जिल्लाका राजनीतिक दलहरूलाई आसन ग्रहण नगरेका, मर्यादाक्रम नमिलाएको र विकास निर्माणको कार्यमा शुभकामना मन्तव्य राख्न नदिएको बन्दै तीन राजनीतिक दलहरूले कार्यत्रलम वहिष्कार गरेर हिडेका थिए ।
    नेपाली काँग्रेस नुवाकोटका सचिव लक्ष्मण श्रेष्ठ, नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा, र राप्रपाका जिल्ला सदस्य रामकृष्ण भट्टले आयोजकबाट दलहरूलाई अपमान र छोटो शुभकामना मन्तव्य समेत राख्न नदिएको विरोध जनाउँदै कार्यक्रम बहिष्कार गरेको घोषणा गरेका थिए ।

सहायक केन्द्राध्यक्ष निष्काशित

द्धारिका प्याकुरेल
विदुर÷एसएलसी परिक्षामा सहायक केन्द्राध्यक्षको जिम्मेवारी सम्हालेका एक जना शिक्षकलाई परिक्षा समन्वय समितिले निष्काशित गरेको छ ।
    हात्तिगौडा स्थित भैरुम उच्चमावि केन्द्रका सहायक केन्द्राध्यक्ष अशोक साहलाई परिक्षाको मर्यादा र नियम विपरित कार्य गरेको भन्दै निष्काशित गरेको हो । विहिवार परिक्षा समन्वय समितिको बैठकले साहलाई निष्काशन गर्ने निर्णय गरेको हो ।
    जिल्ला शिक्षा कार्यालय नुवाकोटले यो पाली देखि परिक्षामा हुने गरेका घटनाहरूको दैनिक जानकारी दिनको लागी पत्रकार सम्मेलनको आयोजन ागर्ने गरेता पनि उक्त  तथ्यलाई भने लुकाएको छ । शनिवार जिल्ला शिक्षा कार्यालय नुवाकोटका उप सचिव नरेन्द्रराज पौडेलसंग भएको कुराकानी अनुसार ‘काम गर्न नसकेर साहले राजिनामा दिएका रे !’
    यसै बीच, देउरालीको भुमेदेवी उच्च मावि परिक्षा केन्द्रबाट एसएलसीमा सहभागी भएकी एक छात्रा सुत्केरी भएका छन् ।
    अजिङ्गेर उच्चमाविका इन्दिरा खड्काले परिक्षाको भोलिपल्ट बुधबार विहान जिल्ला अस्पताल त्रिशुलीमा छोरी जन्माएका छन् । उनको बुधबारको नेपाली विषयको परिक्षा छुटे पनि शुक्रबारबाट परिक्षामा सहभागी भएका छन् ।
    नुवाकोटमा सबै २१ वटै परिक्षा केन्द्रमा हालसम्मका परिक्षा  शान्त र मर्यादित रुपमा परिक्षा सञ्चालन भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
    शिक्षा कार्यालयले यस पालीबाट परिक्षा सकिएपछि प्रत्यके दिन एक बजे पत्रकार सम्मेलन गरेर जानकारीहरू दिने नयाँ कार्यको सुरुवात गरेको छ ।
    उक्त पत्रकार सम्मेलनले गर्दा सञ्चारमाध्याममा आधिकारीक जानकारी एकै प्रकारको गएको दावी शिक्षा कार्यालयले गरेको छ ।
    शिक्षा कार्यलयको अनुसार यो बर्षको एसएलसी परिक्षामा आठ जना विभिन्न किसिमका अपाङ्गहरू सहभागी भएका छन् । परिक्षामा दुई दृष्टिविहीन र छ शारिरिक अपाङ्गता भएकाहरू परिक्षामा सहभागी छन् । उनीहरू सबै नियमति तर्फका परिक्षार्थी रहेको बताइएको छ ।
    प्राप्त समाचार अनुसार गेर्खुको सुन्दरीक्यौरेनी उच्च मावि परिक्षाकेन्द्रबाट चण्डेश्वरी उच्च माविका दृष्टिविहीनहरू शोभा न्यौपाने र संगम श्रेष्ठले सहयोगी राखेर परिक्षा दिएका छन् ।
    भवानी उच्च मावि परिक्षा केन्द्रबाट शारिरिक अपाङ्गता भएकाहरू कालिका निमावि चाउथेका असिम भारती, लाङटाङस्नो भ्यू बोर्डिङ्ग स्कुलका बविता तामाङ र भवानी उमावि ओखरपौवाका अस्मिता बलामीले परिक्षा दिइरहेका छन् ।
    चण्डेश्वरी उमाविका कृष्ण फुँयालले सुन्दरीक्यौरिनी उमावि केन्द्रबाट सहयोगी राखेर परिक्षा दिईरहेका छन् । अपाङ्गता भएका परिक्षार्थीको लागि परिक्षा समय डेढ घण्टासम्म थप गरिएको छ ।
    जिल्ला कारागारमा थुनामा रहेको जनज्ञान उच्च माविका नियमित तर्फका परिक्षार्थी सुमन थपलियाले कारागारबाटै परिक्षा दिइरहेका छन् । –प्रशिक्षार्थी

नुवाकोटमा बैंक खोल्नेको होड

द्धारिका प्याकुरेल
बट्टार÷पछिल्लो समयमा नुवाकोटमा बैंक तथा बित्तिय संस्था खोल्ने क्रमले तीब्रता पाएको छ । यसै क्रममा प्राईम बैंकले नुवाकोटको बट्टारमा विधिवत रुपमा आफ्नो शाखा खोली गएको सोमवारबाट कारोवार शुरु गरेको छ ।
    प्राईमले आफ्नो २८ औं शाखाको रुपमा बैंकका प्रबन्ध निर्देशक राजेन्द्रदाश श्रेष्ठले उद्घाटन गरी नुवाकोटमा नया शाखा विस्तार गरेको हो ।
    हाल राष्ट्रबैंकले काठमाडौँ उपत्यकामा नयाँ शाखा खोल्नको लागि मोफसलमा शाखा विस्तार गर्नुपर्ने प्रावधान राखेपछि नुवाकोटमा बैंक तथा बित्तिय संस्था खोल्ने क्रमले तीव्रता पाएको हो । नयाँ बैंक तथा बित्तिय संस्था खोलेसंगै स्थानीय युवा युवतीले रोजगारीको अवसर समेत पाएका छन् । साथै बैंकहरूले शाखा विस्तारसंगै बैंक तथा बित्तिय संस्थामा भएको प्रतिस्पर्धासंगै ग्राहक तथा व्यवसायीहरूले थप सेवा तथा सुविधा पनि पाएका छन् । अहिले बढेको प्रतिस्पर्धासंगै ग्राहकल ३६५ दिनै निक्षेप जम्मा र झिक्ने एवं आर्थिक कारोवार गर्ने सुविधा पाएका छन् ।
    यता बैंकले पनि प्रतिस्पर्धा संगै उद्यम तथा व्यवासय गर्न चाहनेहरूको संख्या जति बढेपनि निक्षेप सङ्कलन तथा ऋण कारोवारमा खासै कमी नआएको र मुलुकको आर्थिक विकास संगै व्यवसाय तथा आर्थिक कारोवारमा लाग्न चाहनेको संख्या दिनप्रतिदिन बढिरहेकोले बैंक तथा बित्तिय संस्थाहरूको वृद्धिसंगै बैंकहरूलाई खासै असर नपरेको बैंकका सञ्चालनकहरूको भनाई छ ।
    नुवाकोट जिल्लामा नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय सहकारी बैंक, हाम्रो विकास बैंक, एनबी बैंक, एनडिइपी बैंक, राष्ट्रिय बाणिज्य बैंक गरी सातबटा तिनीहरूको शाखा सहित एक दर्जन भन्दा बढी बैंकहरू रहेका छन् ।

शान्ति समितिमा अर्याल

विदुर÷स्थानीय शान्ति समिति नुवाकोटको संयोजकमा विन्दा अर्याल छानिएका छन् ।
    समितिको मङ्गलबार विदुरमा बसेको बैठकले संयोजकमा     अर्याललाई चयन गरेको हो । एकिकृत माओवादी तर्फबाट संयोजक बनेका नवीन पुडासैनीको चार महिने पदाबधि सकिएपछि नेपाली कांग्रेसको पालो आएको र काँग्रेसका तर्फबाट अर्यालय संयोजक छनोट भएको बताइएको छ ।

नुवाकोटमा कृषि गणना सम्पन्न

विदुर÷छैठौं राष्ट्रिय कृषि गणना सम्पन्न भएको छ । प्रत्येक १०÷१० वर्षमा गरिने कृषि गणना गएको महिना सम्पन्न भएको र सङ्कलित विवरण केन्द्रीय तथ्याङ्क विभागमा पठाइएको कृषि गणना कार्यालयले जानकारी दिएको छ ।
    कृषि गणना अधिकृत नवराज लम्सालका अनुसार तथ्याङ्किय विधि अनुसार छनौट गरिएका विदुर नगरपालिकाको वडा नं. ६, ७ र ९ तथा ६१ मध्ये ५२ वटा गाविसका ७२ वटा वडावाट विवरण सङ्कलन गरिएको छ । सङ्कलकहरूले कार्यालयमा वुझाउने कार्य सम्पन्न भएपछि प्रारम्भिक विवरणका लागि सङ्कलित विवरण केन्द्रमा पठाइएको छ ।
    जिल्ला कृषि गणना कार्यालयले गत माघको पहिलो सातादेखि सञ्चालन गरेको गणनाको लागी २० जना गणक र पाँच जना सुपरभाइजर खटाइएको थियो ।

पुण्यतिथिमा स्मृती सभा

विदुर÷नेपालको लोकतान्त्रिक आन्दोलनका महानायक गिरिजाप्रसाद कोईरालाको दोश्रो पुण्यतिथिमा नेपाली काँग्रेस नुवाकोटको आयोजनामा मङ्गलबार सदरमुकाम विदुरमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति एवं संबिधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याई लोकतान्त्रिक संविधान निर्माण गर्न सकेमात्र गिरिजाप्रसाद कोईरालाको सपना साकार हुने धारणा व्यक्त गरे । लोकतान्त्रिक संविधान निर्माण हुन नदिन केही शक्तिहरू लगिपरेको बताउँदै सभासद् केसीले त्यसका बिरुद्ध काँग्रेस लगायत सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने केसीले बताउनुभयो ।
    कार्यक्रममा नेपाली काँगे्रस नुवाकोटका निवर्तमान सभापति ध्रुव अधिकारी, क्षेत्रीय अध्यक्ष गोबिन्द थपलिया, प्रेस युनियनका केन्द्रिय सदस्य शिव देवकोटा, महिला संघका अध्यक्ष बिन्दा अर्याल, काँग्रेस जिल्ला सहसचिव दिपक लामा, सदस्य रुपा पाण्डेलगायतका वक्ताहरूले गिरिजाप्रसाद कोईरालाको व्यक्तित्व र लोकतान्त्रिक आन्दोलनप्रतिको योगदानका बारेमा धारणा राखेका थिए ।