Monday, April 16, 2012

चट्याङ्गबाट तीनको मृत्यु

विदुर÷चट्याङ्गबाट गएको साता नुवाकोट जिल्लामा तीन जनाको ज्यान गएको छ ।
    फिकुरी गाविस वडा नं. ६ पाजीगाउँमा बिहिवार राती परेको चट्याङ्गबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा पाजीका ३१ राजकुमारी न्यौपाने र रसुवा डाँडागाउँका १३ वर्षिया बालिका मेनुका पौडेल रहेका छन् ।
    उनीहरू आनन्दप्रसाद ओझाको घरमा विवाहको निम्तो मान्न गएका थिए । राती परेको चट्याङ्गले बेहुला लिलानाथ ओझा सहित १३ जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 
    त्यसै गरी, सूर्यमती गाविसमा  एक युवाको ज्यान गएको छ । २१ बर्षिया शिवप्रसाद चालिसेको बिहान  २ बजे परेको चट्याङ्ग लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । शौचालय जान निस्किएको समयमा चालिसेलाई चट्याङ्ग लागेको स्थानीयले बताएका छन् । 

प्रशासनको छड्केमा ७८ कर्मचारी

विदुर÷जिल्ला प्रशासन कार्यालयको छड्केमा ७८ कर्मचारी परेका छन् ।
    प्रशासनले जिल्लाका विभिन्न २० वटा सरकारी कार्यालयमा गरेको सरकारी कर्मचारीहरू छड्केमा परेका हुन् ।  छड्के जाँचका क्रममा सहायकदेखि अधिकृतस्तरसम्मका विभिन्न कर्मचारी अनुपस्थित भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलले जानकारी दिएका छन् । उनको  नेतृत्वमा प्रशासन कार्यालयबाट गएको अनुगमन टोलीको छड्केमा २० वटा कार्यालयका ७८ वटा कर्मचारी छड्केमा परेका छन् ।
    चार वटा समूहले जिल्ला विकास समिति, तथ्याङ्क कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, डिभिजन सडक कार्यालय, जिल्ला शिक्षा कार्यालय, मालपोत कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण लगायतको कार्यालयमा अनुगमन गरेको हो ।

पहिलो आधुनिक प्लाण्टमिल

बट्टार÷नुवाकोट जिल्लामा  धान कुट्ने पहिलो आधुनिक प्लाण्ट मिल सञ्चालनमा आएको छ ।
    प्लाण्टमिल विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा तीन करोड रुपैयाँको लागतमा निर्माण भएको हो ।
    युनिक राईस मिल नामक उक्त मिलको उद्घाटन  नेपाल उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कुशकुमार जोशीले शुक्रवार गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै जोशीले लगानीकर्तालाई अब ढुक्क भएर लगानी गर्न उपयुक्त समय भएको बताए ।
राईस मिलका प्रोपाईटर तारा बहादुर कार्कीका अनुसार उक्त मिलबाट उत्पादित चामल नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, धादिङ, चितवन, मकवानपुर लगायतका जिल्लाहरू प्रमुख बजार रहेको छ । 

आधुनिक प्रविधिको मेटल उद्योग सञ्चालनमा

बट्टार÷नुवाकोटको बट्टार बजारमा आधुनिक प्रविधिको मेटल तथा मेकानिकल उद्योग सञ्चालनमा आएको छ ।
    हाइड्रोलिक प्रविधि अन्र्तगत सञ्चालन हुने उक्त सुलभ मेटल तथा मेकानिक उद्योगको बिहिवार नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष शरण उत्सुक सापकोटाले गरेका थिए । उद्योगमा ४० लाख रुपैयाँ भन्दा बढी लगानी भएको सञ्चालक रामशरण अधिकारी र ईश्वरकुमार पौडेलले जानकारी दिएका छन् ।

प्रहरीले खोस्यो मसाल

विदुर÷एकिकृत नेकपा माओवादी वैद्यपÔधरले नुवाकोटमा बुधवार बेलुकी मसाल जुलुस प्रदर्शन सुरु गरेलगत्तै प्रहरीले मसाल नियन्त्रणमा लिएको छ ।
    जनमुक्ति सेनालाई नेपाली सेनाको मातहतमा बुझाइएकोमा विरोध जनाउूदै सदरमुकाम विदुरमा सरकार र पार्टीको संस्थापन पÔविरुद्ध चर्का नाराबाजी सहित वरिष्ठ उपाध्यÔ मोहन वैद्य समूहका कार्यकर्ताहरू विरोधमा उत्रेका थिए ।
    सेना समायोजन र पार्टी नेतृत्वविरुद्ध निकालेको मसाल जुलुस प्रदर्शनमा प्रहरीले हस्तÔेप गरी मसाल खोसेर निभाएको हो ।
    वैद्य समूहले प्रहरीको घेराबन्दीमै जुलुस र कोणसभा गरेको थियो । सरकार र एकिकृत नेकपा माओवादीको संस्थापन पÔले विगतमा उठाइएका मुद्दाहरू छोडेर आत्मसमर्पण गरेको जनाउदै उक्त निर्णयको विरोध
स्वरुप बेलुकी मसाल जुलुस प्रदर्शन गरेको हो ।
    जुलुसपछि कोणसभामा बोल्दै एकिकृत नेकपा माओवादी नुवाकोटकी ईन्चार्ज लक्ष्मी मुडभरीले विगतमा देश र जनताको लागी उठाइएका मुद्दाहरूलाई संस्थागत गर्ने भूमिकामा रहेका जनमुक्ति सेनालाई सेना मातहतमा पु¥याएकोले आन्दोलनमा उत्रनुपरेको बताइन् ।
    उनीहरूले राजनीतिक पार्टीका नेताहरू र विÈेश गरी माओवादीका नेताहरूले फेरि जनतालाई धोका दिएको दावी गर्दै जनताको संविधान बन्न नदिने कसरत गरिरहेको बताइन् ।


नागरिक समाजमा पुनः लामिछाने

विदुर÷नेपाल नागरिक समाजको पहिलो साधारण सभाले तदर्थ समितिका अध्यक्ष बाबुराम लामिछानेलाई पुनः अध्यक्षमा चयन गरेको छ ।
    अधिवेशनले उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमश ः केशव मिश्र, शिव देवकोटा र राधिका कुइँकेललाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
    त्यसै गरी, सदस्यहरूमा किरणप्रसाद अधिकारी, पुरेन्द्र ढकाल, राजुमित्र खनाल, पदम उप्रेती, अस्मिता थापा, बद्रि अर्याल र रमेश श्रेष्ठ रहेका छन् । त्यसै गरी सल्लाहकारहरूमा सुरेन्द्रराज अधिकारी, रामबहादुर थापा र पुष्राज लोहनीलाई चयन गरेको छ ।
    अधिवेशनको जिल्ला न्यायधिश पदमराज भट्टले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रेस चौतारीको अध्यक्षमा भट्ट

विदुर÷प्रेस चौतारी नुवाकोटको चौथो जिल्ला अविधेशजबाट देवचन्द्र भट्टको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
    मङ्गलवार सम्पन्न अधिवेशनबाट कार्य समितिको उपाध्यक्षमा विष्णु तारुके, सचिवमा भोलाराज पौडेल, सह–सचिव भैरबी ढुङ्गाना, कोषाध्यक्ष नवदिप अजनवी रहेका छन् । त्यसै गरी सदस्यहरूमा ईश्वर पौडेल र भरतसन्तोषि लामा, सल्लाहकारहरूमा शरणउत्सुक सापकोटा र केशव मिश्रलाई चयन गरेको छ ।
    अधिवेशनको प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गगन विष्टले गरेका थिए । उनले प्रेस स्वतन्त्रता विना कानूनी राज्य स्थापना हुन नसक्ने लोकतन्त्र संस्थागत हुन नसक्ने भनाई राखेका थिए ।

गैसस महासंघमा उप्रेती

विदुर÷गैर सरकारी संस्था महासंघ नुवाकोटको सातौ अधिवेशनबाट पुनः पदम उप्रेती अध्यक्षमा सर्वसम्ममत चुनिएका छन् ।
    अधिवेशनले उपाध्यक्षमा मिनकुमार केसी, सचिवमा लोचन भट्टराई, सहसचिवमा शर्मिला उप्रेती, कोषाध्यक्षमा बुद्धीमान तामाङलाई चयन गरेको छ । यस्तै सदस्यहरूमा रमेश प्रधान, यशोदा खतिवडा, गोकर्ण नेपाल, भवानी भट्ट, दुर्गाप्रसाद ढुंगेल, साधुराम सापकोटा, पार्वती उप्रेती, भोजबहादुर नेपाली चयन भएका छन् ।
    अधिवेशनमा राजनीतिक दलहरूले आफु खुसी पदको भागबण्डा गरेर स्वतन्त्र रुपमा उम्मेदवार हुन चाहने संस्थाका प्रतिनिधिहरूलाई निषेध गरेका थिए । भागवण्डा अनुसार एकीकृत नेकपा माओवादीले उपाध्यक्ष सहित चार, नेपाली काँग्रेसले सचिव सहित पाँच र एमालेले अध्यक्ष सहित तीन सदस्य लिएका छन् ।

युनियनले वुझायो ज्ञापन पत्र

विदुर÷झापाका पत्रकार यादव पौडेलको हत्याको विरोध र दोषिमाथी कारबाहीको माग गर्दै नेपाल प्रेस युनियन नुवाकोट शाखाले मङ्गलवार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्ञापान पत्र बुझाएको छ ।
    हत्यामा सम्लग्नहरूलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रेस युनियनले पटक–पटक आग्रह गर्दा पनि संलग्न सबैलाई पक्राउ गर्न राज्य पक्ष उदासिन बनिरहेको सन्र्दभमा प्रधानमन्त्री समक्ष पु¥याउने गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको जिल्ला अध्यक्ष श्रीराम नेपालले जानकारी दिएका छन् । ‘हत्या घटनाको सत्यतथ्य छानविन गर्न र पक्राउ परेकाहरूलाई कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ’ विज्ञप्तमिा भनिएको छ ।
    यसअघि पनि पत्रकार हत्याका घटनामा सम्लग्नलाई राज्यले कारवाही गर्न सकिरहेको छैन । यादव पौडेलको घटनामा पनि त्यसैले निरन्तरता पाउने सम्भावना बढ्दै गएको छ । यस्ता घटनाको निरन्तरताले देशमा दण्डहिनता बढेको स्पष्ट हुँदै गएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा नुवाकोट पौडेलको हत्यामा सम्लग्न सबैलाई तत्काल पक्राउ गरी कारवाही गर्न र पत्रकारहरूको सुरक्षाको लागि थप गम्भिर हुन आग्रह गरेका छन् ।

घरेलु मदिरा नष्ट

विदुर÷गणेशस्थानका महिलाहरूले विक्रीका लागि बजार लैजाँदै गरेको अवस्थामा घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेका छन् ।
    ज्वालामुखी महिला सशक्तिकरण संस्थाको अगुवाईमा ठूलो परिमाणको मदिरा सोमबार महिलाहरूले नष्ट गरेका हुन् । एक महिनादेखि गाउँमा जुवातास तथा जाँडरक्सी नियन्त्रण अभियान सञ्चालन गर्दै आएका महिलाहरूको संस्थाले गणेशस्थान–४ फेदिवेसीमा २१ पाथी घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिदिएका हुन् । संस्थाका अध्यक्ष शान्ता अधिकारी र सदस्य सुन्तली रिजालको नेतृत्वमा रहेका महिलाहरूले मदिरा नष्ट गरिदिएको बताइएको छ ।

जुवातास विरुद्ध ऐक्यबद्धता

विदुर÷गणेशस्थान गाविसका महिला समुहले सञ्चालन गरेको जाँडरक्सी तथा जुवातास नियन्त्रण अभियानमा स्थानीय राजनीतिक दलले पनि प्रतिवद्धता जनाएका छन् ।
    अभियान सञ्चालनका लागि आइपर्ने समस्या समाधानका लागि राजनीतिक दलहरूले महिलाहरूलाई साथ दिने जनाएका हुन् । ज्वालामुखी महिला सशक्तिकरण संस्थाको आयोजनामा मङ्गलबार आयोजित कार्यक्रममा एकीकृत नेकपा माओवादीका भैरव अधिकारी, नेपाली कांग्रेसका रामचन्द्र बोगटी, एमालेका केशवराज गिरी, राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीका बद्रीनाथ ढकाल, आयोजक संस्थाका अध्यक्ष शान्ता अधिकारी सदस्यहरू राधिका पौडेल र जगत अधिकारीतले मन्तव्य राखेका थिए ।

रेडक्रसको जिल्ला सभा सम्पन्न

विदुर÷नेपाल रेडक्रस सोसाइटी नुवाकोटको २३ औं जिल्ला सभा बिहिवार सम्पन्न भएको छ ।
    सभाले उद्धारकोष वृद्धि गरिने लगायत २३ बुँदे प्रस्तावित कार्यक्रमहरू पारित गरेको छ । सभामा रेडक्रसको उद्धारकोष वृद्धि र प्रभावकारी गर्नका लागि प्रत्येक विद्यालयबाट अभियान अन्र्तगत न्युनतम दुई हजार रुपैयाँ जुनियर रेडक्रस सर्कल तथा युवा रेडक्रस सर्कल मार्फत सङ्कलन गरिने जनाइएको छ । साथै यसका लागि २० वटै उपशाखाबाट जनही पाँच हजार रुपैयाँ सङ्कलन गरी कोषको प्रयोगको लागि छुट्टै निर्देशिका जारी गरिने कार्यक्रम पारित भएको छ ।
    सशस्त्र सङ्घर्षका कारण वेपत्ता व्यक्तिहरूसँग नियमित भेटघाट गर्ने र तथ्याङ्क अद्यावधिक गर्नुका साथै इलाकास्तर र विद्यालयस्तरमा निःशुल्क आँखा परीक्षण शिविर गरिनेलगायत २३ वुँदे कार्यक्रम रेडक्रसको सभाले पारित गरेको छ । सभाले मन्त्री भरत सुवेदीद्वारा प्रस्तुत प्रगती प्रतिवेदन र कोषाध्यक्ष शङ्कर अमात्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ ।
    रेडक्रस नुवाकोटका सभापति गणेशकुमार नेपालको अध्यक्षतामा सम्पन्न सभामा स्थानीय विकास अधिकारी दामोदर भण्डारी, जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेल, पत्रकार महासङ्घका अध्यक्ष राजुमित्र खनाल, नेपाली कांग्रेसका सचिव लक्ष्मण श्रेष्ठले मन्तव्य राखेका थिए ।

३ ए को बाँध निर्माण सुरू

विदुर÷६० मेगावाटको माथिल्ले त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाले बाँध निर्माण शुरू गरेको छ ।
    प्रवेशमार्ग र तटबन्घ निर्माण सकेर मूख्य निर्माण थालिएको आयोजनाले जानकारी दिएको छ । आयोजना प्रमुख ऋषिकेश शर्माका अनुसार बाँध निर्माण संगै दुई स्थानबाट एकसाथ सुरुङ्ग खन्न शुरू गरिएको छ । चिनियाँ निर्माण कम्पनी सीजीजीसीले द्रुत गतिमा काम गरिरहेको छ । सन् २०१४ सम्म निर्माण सम्पन्न गर्ने तयारी सो आयोजनाले जेठको दोस्रो सातादेखि आयोजनाको काम शुरू गरेको थियो । आयोजना निर्माणको लागि चीन सरकारले १० अर्ब छ करोड रुपैयाँको ऋण लगानी गरेको छ ।

परोपकारको स्थापना दिवस सम्पन्न

त्रिशुली÷परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम स्थापना दिवस मङ्गलवार सम्पन्न भएको छ ।
    जिल्ला सहकारी सङ्घ नुवाकोटका सदस्य कुलबहादुर खड्गीको प्रमुख आतित्थ्यतामा स्थापना दिवस भएको थियो । कार्यक्रममा जिल्ला सहकारी सङ्घका सदस्य नरेन्द्र प्रधान, सहकारीका सल्लाहकार हरिराम भण्डारी, सहकारीका सचिव विष्णुप्रसाद सापकोटालगायतले आफ्ना धारणाहरू राखेका थिए ।


पशु स्वास्थ्य शिविर सम्पन्न

थानसिं÷ग्रामीण भेगका पशुपालक किसानहरूलाई सहयोग गर्न थानसिङ गाविसमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
    थानसिङ–१ कुमालाठाटीमा भएको शिविरमा गाई, बाख्रा र भैसीको विभिन्न रोगको उपचार तथा परिक्षण गरिएको छ ।
    एक हजार पाच सय भन्दा बढी पशुको विभिन्न उपचार तथा स्वास्थ्य परिक्षण गरिएको छ । त्यसै गरी, शिविरमा एक सय भन्दा बढी पशुको गोबर परिक्षण भएको छ ।
    टेक्निकल ट्रेनिङ एण्ड रिसर्च इन्ष्टिच्यूट ललितपुर र राक्शेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा डा. उमेश मण्डलको नेतृत्वमा रहेको प्राविधिकको टोलीले पशुहरूको परिक्षण गरेको हो ।
    शिविरलाई एन पी एल डाबर, भेट फर्मा, भीरब्याक, मेडिभेट, इन्टरभेट, हिमालय भेट, म्यानकाइन, गुरास इन्टरनेशनल, इण्डियन हर्ज, सिपिएल लगायतका औषधी कम्पनीहरूले सहयोग गरेका थिए ।