Thursday, November 12, 2015

शुभकामना आदान प्रदान तथा सास्कृति कार्यक्रम

नुवाकोटको बेलकोट गाउँ विकास समितिमा रहेको पञ्चकन्या उच्च माध्यमिक विद्यालयमा तिहारको शुभकामना आदान प्रदान तथा सास्कृति कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अनेरास्वबियु पञ्चकन्या मावि कमिटिको आयोजनामा भएको हो ।
    कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पूर्व विदेश बिभाग सचिब केशव पाण्डले नेपालीको धेरै सस्कृति र परम्परा रहेकोले परम्परा जोगाउन सबैलाई आग्रह गर्नुभएको छ ।
    अनेरास्वबियु पञ्चकन्या मावि कमिटिका अध्यक्ष शुुशिल कोइरालाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका सचिब बासुदेब कडुवाल, बद्री मैनाली, निलकण्ठ आचार्य, अनेरास्वबियु नुवाकोट क्षेत्र नम्बर एकका अध्यक्ष रितेश तिवारी लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न सास्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment