Thursday, November 12, 2015

जिल्लामा दाउराको प्रयोग

खाना पकाउने ग्याँसको चरम अभाव भएपछि नुवाकोट जिल्लामा दाउराको प्रयोग बढ्न थालेको छ ।
    तिहारको सुमयमा सबै भन्दा बढी ग्यासको प्रयोग हुनेमा यस बर्ष ग्यासको अभाब भएपछी दाउराको प्रयोग बढेको हो । दाउराका विकल्पमा ग्याँसको प्रयोग गर्दै आएका उपभोक्ताले  पुनःइन्धनका रुपमा दाउराको प्रयोग गर्न थालेका छन् । एक महिनादेखि बजारमा ग्याँसको चरम अभाव भएपछि उपभोक्ताहरुले दाउराको प्रयोग गर्न लागेका हुन् ।
    नुवाकोटका अधिकाँस स्थानहरुमा आजभोली दाउरा बाल्ने चुलोहरु देखिन थालेको छ । भारतले गरेको नाकाबन्दिका कारण नेपालमा ईन्धनको समस्या भएकाले नागरीकहरुले ग्यासको बैकल्पिक रुपमा दाउरा प्रयोग गर्न थालेका हुन् । जिल्लामा सञ्चालन भएका होटल देखि घरघरमा समेत दाउराबाट खाना पकाउने गरेका छन् ।

No comments:

Post a Comment