Sunday, November 15, 2015

ट्रक दुर्घटनमा १५ घाइते

नुवाकोटको चारघरे गाँउ बिकामस समिति वडा नम्बर ९ गौरीबेशीमा आज भएको ट्रक दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतलाहरुमा अहिले उपचार भइरहेको छ ।
           ना ५ ख १३७ नम्बरको १० चक्के ट्रक दुर्घटना हुँदा स्थानीयह १५ जना घाईते भएका हुन् । घाईते हुनेहरुमा ३० बर्षिय कल्पना राई, ४५ बर्षिय हरी राई, ८ बर्षिय सन्देश राई, ६ बर्षिय मिसन राई, ५ बर्षिय शक्तिमान राई, ३३ बर्षिय राजकुमार राई, २७ बर्षिय सुनिता राई, ३० बर्षिय गणेश राई, ५५ बर्षिय फुलमाया राई, ३० बर्षिय निर्मला राई, ६४ बर्षिय तुलबहादुर राई, १९ बर्षिय रमेश राई, २७ बर्षिय राम राई र ट्रक चालक ४० बर्षिय होमबहादुर राई रहेका छन् ।
          घाईतेहरुको नुवाकोट सिटि हस्पिटल एण्ड रिसर्च सेन्टर विदुर र सञ्जिबनी अस्पताल बट्टारमा उपचार भैरहेको जिल्ला प्रहरी कायार्नलय नुवाकोटले जनाएको छ । ट्रकमा रहेका १५ जना सबै चारघरे गाबिस वडा नम्बर ९ गौरीबेसी राई गाँउका रहेका छन् । गाउाका लागि रसायनिक मल बोकेर गाउँ जाँदै गरेको ट्रक सडकबाट ५० फिट लत खसेको प्रहरी निरिक्षक प्रधुम्न अधिकारीले जनाकारी दिनुभएको छ ।


No comments:

Post a Comment