तिहार चिल्ला रोटी पाक्ने चाडको रुपमा पनि चिनिन्छ । तर, यसपालिको तिहारमा चिल्ला रोटी नपाक्ने भएका छन् । किनकी भारतको नाकाबन्दीका कारण तिहारका बेला बजारमा खाने तेलको चरम अभाव छ ।
बिभिन्न मिठाई, सेल रोटी, फिनी रोटीलगायतका परिकार पकाउने तेल नै नभएपछि उपभोक्ता हैरान भएका छन् । खाने तेलनै नपाएपछि सबै गृहिणीलाई तिहारमा सेलरोटी र मिठाई बनाउन समस्या परेको छ । बजारमा अन्य खाद्य सामाग्रीमा ठूलो मूल्यबृद्धिको मार खेपेका उपभोक्ता तिहारकै समयमा तेल नपाएर झन् पीडित छन् । मिठाइलगायत विभिन्न मिष्ठान्न परिकार बनाउने प्रचलनका कारण तिहारमा अन्य समयभन्दा तेब्बर तेलको माग हुने गरेको छ ।
बजारमा अहिले खाने तेल लगभग पाइनै छोडेको छ । केही कम्पनीका तोरीका तेल बजारमा आएपनि सूर्यमुखी र भटमासको तेलको चरम अभाव छ । तिहारका लागी आबाश्यक पर्ने बिभिन्न सामाग्रीहरुको अभाबका कारण यस पालीको तिहार पनी खल्लो हुने निश्चित भएको छ । तिहारलाई बिशेष गरी सेल रोटीको चाड भएकाले नागरीकहरु यस पालीको तिहारमा कसरी रोटी पकाउने भन्ने चिन्तामा डुबेका छन् । बिदुर नगरपालीका वडा नम्बर ३ का गोमा थापा यस बषर््को तिहारमा रोटी नपमाउनेमा पुग्नु भएको छ । रोटि पकाउनका लागी आबाश्यक पर्ने तेल, ग्यास लगायतका सामाग्रीहरुको अभाबका कारण उहाँ सेल रोटी पकाउनका लागी दाउरा खोज्नुपर्ने बताउनु हुन्छ । पोहोर परारको जस्तो यस बर्ष रोटी नपकाउने र थोरै मात्रै दाउरामा पकाउने उहाँले बताउनु भएको छ । ....गोमा थापा....
कतै–कतै भेटिने तोरीको तेल पनि पनि प्रतिलिटर दुई सय ८० रुपैयाँसम्म बिक्री भएको छ । फाटफुट रुपमा भेटिने केही कम्पनिका सूर्यमूखी र भटमासको तेल बजारमा प्रतिलिटर २ सय ४० रुपैयाँसम्ममा बिक्री भइरहेको भेटिएको छ ।
यसै बीच, तिहारमा प्रयोग हुने भाइ मसलाको मूल्य पनि दोब्बर भएको उपभोक्ताहरुको गुनासो रहेको छ । तिहारको भाइमसलामा प्रयोग हुने नरिवल, छोकडा, काजु, किसमिस, फलफूल लगायत सबै बस्तुको भाउ दोब्बर बढेको छ ।
२ सय ५० रुपैयाँ प्रतिकिलो पर्ने नरिवल ५ सय रुपैयाँभन्दा माथि पुगेको छ । अभावका बेला तेल उत्पादक र बिक्रेताहरुले मूल्य बढाएर कालोबजारी गरिरहेपनि सरकारी अनुगमन संयन्त्रहरु भने निष्क्रिय देखिएका छन् । नुवाकोटका ब्यापारीहरु यो संकटमा सामाग्री खरिद गर्न जान समेत नसकेकोले समेत सामाग्रीहरुको अभाव देखिन थालेको छ ।
भुकम्पबाट आर्थिक मारमा परेका नागरिकहरुले जसोतसो दसैं मनाएपनि तिहारमा भने खुत्रुक्कै भएका छन् ।

No comments:
Post a Comment