Thursday, November 12, 2015

खुल्ला कबिता बाचन प्रतियोगिता

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय सातौँ जन्मजयन्तीको अबसरमा हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ । नुवाकोटमा पनि साहित्य समाज नुवाकोटले खुल्ला कबिता बाचन प्रतियोगिता गरेको छ ।
    कार्यक्रमका प्रमुख अतिथि कबि तथा समालोचक आरएम डङगोलले नेपाली साहित्यमा महाकबि लक्ष्मी प्रसाद देबकोटाले पुर्याउनुभएको योगदानको प्रशंसा गर्नुभएको थियो । नुवाकोटका बिभिन्न श्रष्टाहरुको सहभागीतामा भएको कबिता प्रतियोगीतामा एलिशा पौड्याल पहिलो हुनुभएको छ ।
    यस्तै दिक्षान्त सिटौला दोश्रो, कोपिला अर्याल तेश्रो, ईश्वरी भट्ट र मनोहारिशा थापाले सान्तव्ना स्थान हालि गर्नुभएको छ । कार्यक्रममा शम्भु शर्मा, मनिश अधिर, भगवती खनाल, कृष्ण प्रसाद सापकोटा, रामकृष्ण गजुरेल, सानु घायल, प्रमिला दाहाल लगायतका  श्रष्टाहरुले महाकबि देबकोटाको स्मरण गर्दे आफ्नो साहित्यिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
    साहित्य समाज नुवाकोटका अध्यक्ष बद्रीबृन्द गजुरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नुवाकोट साहित्य प्रतिष्ठान नुवाकोटका अध्यक्ष श्रीराम, नेपाली लेखक संघ नुवाकोटका अध्यक्ष जयराम दाहाल, जनसाहित्यिक मञ्च नुवाकोटका अध्यक्ष राजकुमार पुत्ला, गजलकार पुरु लम्साल लगायतकाको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment