Tuesday, December 13, 2016

उत्कृष्ठ इकाई पुरस्कृत

बेत्रावती । छिमेक लघुवित्त विकास बैंक लिमिटेड बेत्रावती शाखाले उत्कृष्ट इकाईहरुलाई पुरस्कृत गरेको छ ।
    नुवाकोट र रसुवामा छिमेक लघु वित्त विकास बैंक लिमिटेडले ७० वटा इकाई गठन गरेको छ । जस मध्ये पहिलो हुने तुप्चे–५ साहुगाउँ साधीखर्क, दोश्रो हुने रसुवा भोर्ले–५ आपचौर र तेश्रो हुने सोही वडाको माझगाउँ इकाइलाई नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै दशौं स्थानसम्म रहेकाहरुलाई नगद पुरस्कार प्रदान गरिएको छिमेक लघुवित्त विकास बैंक बेत्रावतीका शाखा प्रवन्धक मेघराज पन्तले जानकारी दिनुभयो ।
    पहिलो हुनेलाई चार हजार, दोश्रोलाई तीन हजार, तेश्रोलाई दुई हजार नगद पुरस्कार वितरण गरिएको छ । त्यस्तै चौथो देखि छैटौसम्म हुने सबै समुहलाई एक÷एक हजार र सातौदेखि १० औं सम्मको इकाईलाई पाँच सय रुपैयाँ प्रदान गरिएको छ । त्यसका साथै इकईमा आवद्ध भएका महिलाहरुको छोरीलाई पढाई खर्च स्वरुप २४ सय रुपैयाँ समेत प्रदान गरिएको छ ।
    छिमेक लघुवित्त विकास बैंक लिमिटेडले १० देखि २९ जना सम्मको महिलाहरुको समुह गठन गर्ने गरेको छ । इकाईको नियमित कार्यहरुको तुलनाको आधारमा बैंकले उत्कृष्ठ १० वटा इकाई छनोट गर्दै आएको छ ।

No comments:

Post a Comment