विदुर । निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम अन्र्तगत नुवाकोट जिल्लाको क्षेत्र नं. ३ को बजेट विनियोजन भएको छ ।
२५ वटा योजना मध्ये १९ वटा योजनालई १०÷१० लाख रुपैयाँ विनियोजन गरिएको छ । सबै भन्दा बढी एउटै योजनामा ४० लाख रुपैयाँ परेको छ । जसमा भाल्चे गोगाभञ्याङ्ग रुप्चेत सिङ्ला सेर्तुङ्ग बोराङ्ग जोड्ने सडक रहेको जिल्ला विकास समिति नुवाकोटले जनाएको छ ।
तीन करोड रुपैयाँको झण्डै ८५ प्रतिशत रकम सडकमा खर्चिनका लागि छुट्याइएको छ । अन्य योजनाहरुमा ब्लड बैंक, शिक्षण संस्थाको पुर्वाधार खडा, सिञ्चाई, मरनपाटी निर्माण रहेको छ । नुवाकोटको अन्य निर्वाचन क्षेत्रमा विनियोजित रकम मध्ये क्षेत्र नम्वर १ ३ को बढी सन्तुलित देखिएको छ । क्षेत्र नं. १ र २ को ९७ प्रतिशत रकम सडक निर्माणका लागि मात्रै खर्च गरिने भएको छ ।
निर्वाचन क्षेत्र नम्वर ३ मा रहेको विदुर नगरपालिकाको लागि विभिन्न आठ वटा योजनाका लागि ९४ लाख रुपैयाँ विनियोजन भएको छ । बाँकी रहेको २ करोड ६ लाख रुपैयाँ १३ वटा गाउँ विकास समितिमा विनियोजन भएको छ ।
जसमध्ये तुप्चे गाविसमा १०÷१० लाख रुपैयाँको दुई वटा योजना, खड्गभञ्याङ्गमा पनि १०÷१० लाख रुपैयाँको दुई वटा योजना रहेको छ । १०÷१० लाख रुपैयाँको दुई वटा योजना रहेका अन्य गाविसमा बुधसिंग पनि रहेको छ । नुवाकोट क्षेत्र नं. ३ को बाँकी रहेको अन्य गाविसहरुमा एक एक वटा योजना परेको छ । उक्त योजनाको बजेट कम्तिमा १० लाख रुपैयाँ रहेको जिल्ला विकास समिति नुवाकोटले जनाएको छ ।

No comments:
Post a Comment