Tuesday, December 13, 2016

प्राविधिहरु आन्दोलनमा

विदुर । भूकम्पपछिको पुनर्निमाणका लागि सरकारको तर्फबाट गाउँ गाउँमा खटिएका प्राविधिकहरुले विभिन्न माग राख्दै पुनर्निर्माणको काम छाडेका छन् ।
    आफ्नो माग पुरा गर्न सरकारलाई मंसिर मसान्तसम्मको अल्टिमेटम दिदै उनीहरुले पुनर्निर्माणको काम ठप्प पारेका हुन् । सरकारले मंसिर मसान्तसम्म पनि माग पुरा नगरे पुस ५ गते सबैले सामूहिक राजिनामा दिने उनीहरु चेतावनी दिएका छन् ।
    प्राविधिकहरूले उपत्यका बाहिरका ११ जिल्लामा संघर्ष समिति र केन्द्रमा पनि समिति गठन गरेर आन्दोलित भएका हुन् । अहिले पुनर्निर्माणमा खटेका प्राविधिक मध्ये इन्जिनियरले अधिकृत, ओभरसियरले सुब्बा र सब ओभरसियरले खरिदार सरहको पारिश्रमिक पाउँदै आएका छन् । इन्जिनियरहरुले सेवा सुविधा, जीवन बीमा, सुरक्षा, कार्यालय र स्पष्ट निर्देशिका हुनुपर्ने माग राखेका छन् । गाँउमा काम गर्न आवश्यक पुर्वाधार र वातावरण पनि नभएको प्राविधिकहरुको गुनासो छ । 

No comments:

Post a Comment