विदुर । राजधानी काठमाडौं र रसुवाको नाका केरुङ जोड्ने सडक मार्ग अन्तर्गत टोखादेखि नुवाकोटको थानसिंग फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भएको छ ।
सुरुङमार्ग निर्माणमा लगानीका लागि सरकारले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी)मा प्रस्ताव पेस गरेको छ । अर्थ मन्त्रालयले सुरुङमार्ग निर्माण गर्न चीनको बेइजिङस्थित एआइआइबीमा प्रस्तावनापत्र पेस गरेको हो । असार पहिलो साता पेस गरिएको प्रस्ताव अनुसार एआइआइबीले लगानीको निर्णय गरेमा सुरुङमार्ग निर्माणको थप प्रक्रिया छिटै अघि बढ्ने भौतिक पूर्वाधार मन्त्रालयको वैदेशिक सहयोग महाशाखा प्रमुख विष्णुओम बादेले बताउनुभयो । उहाँका अनुसार सुरुङमार्ग निर्माणका लागि अर्थ मन्त्रालय मार्फत् प्रस्ताव पेस भएको छ र एआइआइबी लगानी गर्न तयार भए सरकारले थप प्रक्रिया अघि बढाउनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्ययन गरेर शिवपुरी डाँडा छेडेर टोखाबाट नुवाकोटको थानसिंग फाँटसम्म पुग्ने सुरुङमार्ग निर्माणको प्रतिवेदन तयार पारेको हो । भौतिक मन्त्रालयले अध्ययन गरेर तयार पारेको प्रतिवेदन अर्थ मन्त्रालय मार्फत एआइआइबीमा पेस भएको छ । लगानी जुटाउन अहिले छलफल जारी रहेको समेत बताइएको छ ।
सुरुङमार्ग निर्माणको अनुमानित लागत आठ अर्ब रुपैयाँ रहेको छ । डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार भएपछि मात्रै लागतको यकिन हुने भौतिक योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुरुङको लम्बाइ ४ दशमलव ५ किलोमिटर भएमा चारदेखि पाँच अर्ब र ६ किलोमिटर भएमा आठ अर्ब रुपैयाँ खर्च हुनेछ । शिवपुरीको डाँडा छेडेर बन्ने टोखा–थानसिंग फाँटसम्मको सुरुङमार्ग घटीमा ४ दशमलव ५ र बढीमा ६ किलोमिटर सम्मको र चार लेनको हुनेछ ।
सुरुङमार्ग रसुवागढी नाकाबाट केरुङ जोड्ने गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ सडक खण्डमा जोडिने छ । जसको लम्वाई ४८ किलोमिटर रहेको छ । उक्त सडक निर्माण गर्न सडक विभागले ठेक्का सम्झौता समेत गरिसकेको छ । सडक विभागको वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले सुरुङमार्ग निर्माण भएमा काठमाडौंबाट उत्तरी नाका केरुङसम्मको दूरी छोटो हुने बताउनुभयो । सुरुङमार्ग निर्माणसँगै दूरी छोटो हुने र यसले केरुङ नाका मार्फत चीनसम्मको पहुँच विस्तार गर्ने बताइएको छ ।

No comments:
Post a Comment