विदुर । तथ्याङ्क कार्यालय नुवाकोटले जिल्लाको तथ्याङ्कीय झलक सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणना भएको पाँच वर्षको पछिको अवधिमा विभिन्न क्षेत्रको अवस्थाको विषयमा अध्यायन र तथ्याङ्क संकलन गरेर प्रतिवेदन सार्वजनिक गरिएको हो ।
जस अनुसार नुवाकोट जिल्लामा चार जना तेश्रो लिङ्गी समेत रहेका छन् । मतदाता नामावलीमा दर्ता भएको नाम र लिङ्गका आधारमा जिल्लामा जम्मा मतदाता १ लाख ८६ हजार रहेको छ । त्यसमा ९१ हजार महिला र ९५ हजार पुरुष रहेका छन् । जनसंख्या भने अध्यावधि गरिएको छैन । जनगणना २०६८ ले सार्वजनिक गरेकै झण्डै पौने तीन लाख जना नुवाकोटमा रहेका छन् ।
त्यस्तै नुवाकोट जिल्लामा १०६ वटा गैर सरकारी संस्थाहरु क्रियाशिल रहेको छ । पुर्न निर्माणका लागि १४, शिक्षामा १०, स्वास्थ्यमा १०, खेलकुद विकासमा ८, जनचेतना र वकालतमा ६, मानव विक्रि विरुद्धको अभियानमा ८, भौतिक पुर्वाधार विकासमा ११ वटा संस्थाले काम गरिरहेको छ ।
नयाँ तथ्याङ्क अनुसार जिल्लामा कृषि र पशुपालमा १२, मानव अधिकार, द्धन्द्ध व्यवस्थापनमा ७, गरिवी निवारणमा १० र सीप विकासमा १० वटा संस्थाहरु क्रियाशिल रहेको छ । भुकम्प जानु भन्दा अगाडी नुवाकोट जिल्लामा यी सबै क्षेत्रमा काम गर्ने गरी ६५ वटा संस्था मात्रै क्रियाशिल रहेको पाइएको थियो ।
जिल्ला जनस्वाथ्य कार्यालय नुवाकोटको श्रोत उघ्रित गर्दै तथ्याङ्क कार्यालयले तयार गरेको प्रतिवेदन अनुसार नुवाकोट जिल्लामा भुकम्प पछि परिवार नियोजनाको साधन प्रयोगकर्ताहरुको संख्यामा कमी आएको छ । स्थायी परिवार नियोजनको साधन प्रयोग गर्नेमा आर्थिक वर्र्ष २०७१÷७२ मा ३ सय ८ रहेकोमा आर्थिक वर्ष २०७२÷७३ मा जम्मा १ सय २४ मात्रै रहेका छ । त्यस्तै अस्थायी साधन प्रयोग गर्नेहरुमा पनि आठ सयले कमी आएको छ ।