Wednesday, December 21, 2016

पाँच किलो सुन सहित नाकामा पक्राउ

चीनको केरुङ्गबाट अबैध रुपमा लुकाई ल्याएको पाँच किलो सुन सहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
   
    थप अनुसन्धानका लागि मोटरसाइकल र उनलाई जिल्ला प्रहरी कार्यालय रसुवाले धुञ्चे लगेको छ । प्रारम्भिक बयानमा तामाङले आफुलाई अरुले नै नाका कटाउनका लागि उक्त सुन दिएको बताएका छन् ।
    यस अघि पनि अवैध सुन प्रहरीले फेला पार्दै आएपनि रसुवागढी नाका मै यत्तिको ठूलो परिणाममा सुन पक्राउ परेको यो पहिलो घटना हो । यस अघि पनि धुञ्चे स्थित सेनाको चेक पोष्टमा अबैध सुन पक्राउ परेको थियो ।

सुन सहित समातिएका तामाङ । तस्बिर सौजन्य रेडियो गोसाइँकुण्ड
मोटरसाइकलमा लुकाई ल्याएको सुन नाकामा प्रहरी चेकचाँजको क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । सुन सहित पक्राउ पर्नेमा रसुवा जिल्ला गत्लाङ्ग गाउँ विकास समिति वडा नं. २ का बिरेन तामाङ रहेका छन् । तामाले चढेको बा ६८ प ७४५४ नम्वरको रातो पल्सर मोटरसाइकमा सुन लुकाई राखिएको थियो । १÷१ किलाको सुनको पाँच वटा विस्कुट रहेको छ ।