Thursday, December 29, 2016

ट्रिपर दुर्घटना, चालक गम्भिर

ईश्वर लामिछाने, रेडियो त्रिशुली

रसुवामा केहीबेर अघि भएको सबारी दुर्घटनामा पनि चालक गम्भिर घाइते भएको खबर प्राप्त भएको छ ।
रसुवाको धैबुङ्ग गाउँ विकास समिति वडा नं. २ धारापानीमा ट्रिपर पल्टिदा चालक नुवाकोट जिल्ला मदानपुर गाविस ३५ किलाका सुरेश लामा घाइते हुनुभएको हो । सकडबाट एक सय फिट तल खसेको ट्रिपरमा अन्य यात्रूहरु नरहेको प्रहरीले जनाएको छ । घाइते लामालाई उपचारका लागि त्रिशुली अस्पताल ल्याइदै छ ।
धारापानीमा घर बनाउने ढुङ्गा खसालेर आउने क्रममा ट्रिपर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।