
स्थानीय निकाय पुन संरचना अन्र्तगत लिखु गाउँपालिका गायब भएको विरोधमा जारी आन्दोलनमा प्रहरीले दमन गर्ने क्रममा गोली चलाएको हो । प्रहरीले सयौंको संख्यामा अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ । रबरको गोली लागेर दुई जना घाइते भएका छन् । सुर्यमती गाउँ विकास समिति वडा नं. २ पट्टाबारीका सुमन न्यौपाने र भरत गुणीलाई गोली लागेको आन्दोलनकारीहरुले बताएका छन् ।
सुमन न्यौपानेको गाला र कञ्चट र शरिरमा तीनवटा रबरको गोली लागेको छ । त्यस्तै भरत गुणीको शरिरमा एउटा रबरको गोली लागेको छ । उनीहरुको शरिरबाट गोली निकालिएको छ । सयौं राउण्ड अश्रुग्यासका कारण विद्यालय भित्रै भएका थुपै्र विद्यार्थीहरु बेहोस भएका थिए । नेपाल प्रहरी र शसस्त्र प्रहरीले अन्धाधुन्द गोली बर्सन थालेपछि अभिभावकहरु आफ्ना बालबालिका लिन विद्यालयसम्म जान पनि सकेका थिएनन् । चारैतिर हानिएको अश्रुग्यासको पिरोकोले खेतमा काम गरिरहेका स्थानीयहरु खोलातिर भागाभाग गरेका थिए ।
शसस्त्र प्रहरीले हवाई फायर गरेको र उनीहरुले शिशाकै गोली चलाएको स्थानीयहरुले बताएका छन् । ढिकुरे बजारमा बिहानै डा. रामशरण महत र आन्दोलनकारीले कार्यक्रमको आयोजना एकै पटक गरेपछि सयौंको संख्यामा प्रहरी परिचालन भएको थियो । आन्दोलनकारीहरुलाई लखेट्दै घरघरमा पसेका प्रहरीले स्थानीयको घर समेत तोडफोड गरेको छ ।
स्थानीय निकाय पुन संरचना अन्र्तगत नुवाकोट जिल्लाबाट केन्द्रमा प्रस्ताव भएर गएको लिखु गाउँ पालिका हटेपछि डेढ साता देखि आन्दोलन हुँदै आएको । खानीगाउँ, थानसिंग, सुर्यमती र चौघडा गाविसमा छ दिनसम्म केन्द्रित भएको आन्दोलन सातौ दिन विदुर प्रवेश गरेको थियो । उक्त दिन जिल्ला विकास समितिको कार्यालय आन्दोलनकारीहरुले तोडफोड गरेपछि आन्दोलन उग्र बनेको छ । जिविसमा तोडफोडमा सम्लग्न भएका आन्दोलनकारीलाई हटाउन प्रहरीले प्रहार गरेको रबरको गोली लागेर दुई जना घाइते भएका थिए ।
पुर्नसंरचनामा केन्द्रमा प्रभावमा पारी जिल्ला तहको सिफारिस लत्याएको आरोप काँग्रेस नेता रामशरण महतलाई लाग्दै आएको छ । उनै महत आज ढिकुरेमा कार्यक्रम लिएर गएपछि झडप भएको हो ।
रामशरण महतका भतिजा पुर्व जिल्ला सचिव रमेश महतले बोलिरहँदा केही होहल्ला सुनिएपछि गोली चल्न थालेको थियो ।
लिखस बचाउ संघर्ष समितिको नेतृत्व गर्दै आउनुभएका काँग्रेस थानसिंग इकाई सभापति बिनोदराज पाठकले महतकै कारण स्थानीयहरुले निर्घात प्रहरीको कुटाइ खाएको बताउनुभयो । आज रामशरण महत प्रहरीको घेरामा विदुर फर्किएपछि आन्दोलकारीहिरुले फेरि ढिकुरेमा गरेको कोणसभामा बोल्दै पाठकले चार गाविस अब आन्दोलनकारीहरुको नियन्त्रणम ारहेको उद्घोष्ण गर्नुुभयो ।
उता, नेपाली काँग्रेस क्षेत्र नं. २ ले भने आफ्ना नेता माथी आन्दोलनकारीहरुले सांघातिक हमला गरेको दावी गरेको छ । रामशरण महतमाथी आक्रमण भएपछि प्रहरीले गोली चलाएको क्षेत्रिय सचिव रामजी पौडेलले बताउनुभएको छ । उहाँले आफ्ना केही मान्छेहरु घाइते भएको र सवारी साधनमा क्षती पुगको बताउनुभएको छ ।
तर, संघर्ष समितिका संयोजक धर्म अधिकारीले भने रामशरण महतले प्रहरी र गुण्डादर्गिबाट स्थानीयहरुको दमन गरेको आरोप लगाउनुभएको छ । नागरिकहरुले गरिरहेको शान्तिपूर्ण आन्दोलनलाई महतले नै हिंसात्मक बनाएको आरोप उहाँको छ ।
दिउँसो देखि ढिकुरे बजारको अवस्था तनावपूर्ण छ । विद्यार्थीहरु बढी आतंकति बनेका छन् । प्रहरीले घरघरमा पसेर स्थानीयलाई कुटपिट गरेको भन्दै स्थानीय प्रशासन र प्रहरीसंग उनीहरु आक्रोशित छन् । ११ दिनदेखि पुर्वी भेगमा जारी रहेको बन्द यो घटनापछि झन् कसिलो बनेको छ । बन्दका कारण नुवाकोट क्षेत्र नम्वर २ का डेढ दर्जन गाविसहरुको आवागमन बढी प्रभावित भएको छ । स्थानीय बजारहरुमा दैनिक उपभोग्य सामाग्रीहरुको अभाव बढ्दै गएको छ । भएकै सामाग्रीहरुमा पनि स्थानीय ब्यापारीहरुले बढी मुल्य लगाएको गुनासो उपभोक्ताहरुले गरेका छन् ।
छहरे र ढिकुरे सकड खण्डमा विहानै देखि बस्ने आन्दोलनकारीका कारण यातायातका साधन सञ्चालनमा समस्या भएको छ । ग्रामिण मोटरबाटो जोडिएको जानकारी पाउने यात्रुहरुले भने निजी सवारी साधन मार्फत् घुमाउरोबाटो प्रयोग गरेर सदरमुकाम आउने गरेका छन् । बाहुनबेशीबाट नर्जामण्ड उक्लिएर लच्याङ्ग हुँदै बागेश्वरीको चकते सडक प्रयोग गरेर स्थानीयहरु मोटरसाइकलमा विदुर आउन थालेका छन् । पर्सी १४ गतेबाट बट्टारमा सुरु हुने नुवाकोट महोत्सव समेत यो आन्दोलनका कारण प्रभावित हुने देखिएको छ । साथै बेल्कोटगढी नगरपालिका बचाउ संघर्ष समितिले पनि पर्सी १४ गतेबाटै आन्दोलन थाल्ने उद्घोष गरेको छ ।
यसै बीच, नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं. २ का सचिव रामजी पौडेलले नुवाकोटका सञ्चारमध्यामहरुले एकपक्षिय समाचार सम्प्रेष्ण गरेको बताउनुभएको छ । उहाँले ढिकुरेमा भएको झडपमा आन्दोलनकारीहरु दोषि रहेको र पार्टीको पुर्व घोषित कार्यक्रममा सहभागि माथी आक्रमणको प्रयास भएको बताउनुभयो । कार्यक्रमका प्रमुख वक्ता रामशरण महतमाथी आक्रमण भएपछि प्रहरीले सुरक्षा दिएको उहाको भनाई छ ।
No comments:
Post a Comment