Saturday, July 22, 2017

काँग्रेसको क्षेत्रिय समिति विस्तार

नेपाली काँग्रेस क्षेत्र नं. ३ ले आफ्नो कार्य समिति विस्तार गरेको छ । आज सम्पन्न बैठकले उपाध्यक्षमा छेपोन तामाङ र सचिवमा विष्णु चालिसे मनोनित हुनुभएको छ । साथै आजै बसेको बैकठले तीन जना क्रियाशिल सदस्यलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा काँग्रेसका उम्मेदवारका विरुद्ध लागेको भन्दै काँग्रेस क्षेत्र नंं ३ ले सामरीका राम तामाङ, भाल्चेका लोकबहादुर घले र विदुर नगरपालिका वडा नं. ८ का कृष्णबहादुर खड्कालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
साथै अन्य उजुरी परेकाहरुको नाम कारबाहीको लागि जिल्ला कार्य समितिमा पठाएको क्षेत्रिय सचिव विष्णु चालिसेले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment