Monday, August 07, 2017

विश्व स्तनपान सप्ताह र हाम्रो हालको अवस्था

प्रमिला देवकोटा
पोषण अधिकृत, युनिसेफ नुवाकोट

विश्वका १२० भन्दा बढी राष्ट्र«हरूमा यो हप्ताअर्थात अगस्त १–७ सम्म विविध कार्यक्रमहरूका साथ विश्व स्तनपान दिवस मनाइदैछ । हाम्रोे देशमा पनि ‘सबै मिली स्तनपानलाई दिगो बनाऔं’ भन्नेमूल नाराका साथ स्तनपान सप्ताह मनाईरहेका छांै ।
स्तनपानको मूल सन्देश भनेकै बच्चा जन्मेको जति सक्दो छिटो वा १ घण्टा भित्र स्तनपान गराउनू्, पूर्ण स्तनपान अर्थात ६ महिना पूरा नभएसम्म आमाको दूध मात्र चूसाउनू –पानी पनि दिनू पर्दैन) र बच्चा ६ महिना पूरा भएपछि थप पौष्टिक आहारा सुरु गरि कम्तीमा २ बर्ष सम्म आमाको दुध पनि खुवाई राख्नु हो ।
आमाको दुध बच्चाको लागि अमृत समान हो । सूरुमा आउने विगौती दूधमा बिभिन्न रोगहरूसंग लड्ने प्रतिरोधात्मकतत्व हुन्छ जसले बच्चाहरूलाई झाडा पखाला, श्वासप्रश्वास र अन्य संक्रमणबाट बचाउछ ।
सजिलै पचाउन सक्ने आमाको दुधले शिशुको बृद्दि विकासमा ठूलो मद्दत पु¥याउछ । पूर्ण स्तनपान गराएको वच्चाको बौद्धिक विकास पनि राम्रो हुन्छ । वाल मृत्युदर कम गर्ने १५ कार्यक्रम मध्ये स्तनपान नं १ मा राखिएको छ । जसबाट वाल मृत्यूदर लाई १३ प्रतिशत ले कम गर्न सकिने सन् २०००८ मा लेन्सेटमा सिरीजमा प्रकाशित प्रतिवेदनमा भनिएको छ ।
बच्चाको लागि आमाको दुध जति पोषिलो र उत्तम खाना संसारमा कुनै पनि चिज बनेको छैन । स्तनपान गराउने स्वयम आमाको लागि पनि यो त्यतिकै हितकर छ । जन्मिने वित्तिकै दुध चुसाउदा सालनाल बाहिर निस्कन र सुत्केरी पछि हुने रक्तश्राव कम गराउन सहयोग पुग्दछ । पाठेघरलाई पहिलेकै ठाउमा फर्कन सहयोग गर्नुको साथै स्तनपान गानिने र स्तनको नली वन्द भई हुने समस्याबाट बचाउँछ । पूर्ण स्तनपान साथै २ बर्ष सम्म स्तनपान गरेको बच्चामा रोग लाग्ने दर कम हुनुको साथै आमाको पनि स्तन र पाठेघर को क्यान्सरको सम्भाबनालाई कम गराउछ ।
हाम्रो देशमा स्तनपान को अवस्था ः
जन्मेको १ घण्टा भित्र आमाको दुध चुसाउने बच्चाको संख्या १५ बर्ष अगाडि (नेपालको जनसांख्यीक स्वास्थ्य सर्बेक्षण २००१ अनुसार २५ प्रतिशत मात्रै थियो । तर आज आएर यो संख्या ५५ प्रतिशतमा पुगेको छ । तर दुखःलाग्दो कुरा त्यति बेला ६८ प्रतिशत रहेको पूर्ण स्तनपान (६ महिना सम्म आमाको दुध मात्र ख्वाउने) को अवस्था ६८ प्रतिशत बाट घटेर अहिले ६६ प्रतिशत (नेपालको जनसांख्यीक स्वास्थ्य सर्बेक्षण २०१६) पुगेको छ । यो तथ्याङ्क ले के देखाउछ भने ः विकास संगसंगै पूर्ण स्तनपान गर्ने बच्चाहरूको संख्या घट्दै गइरहेको छ । यसमा सरोकारवालाहरूको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । शिशू तथा वाल्यकालिन पोषण रणनीतिले सन् २०२० सम्ममा यसलाई ८० प्रतिशत पु¥याउने लक्ष्य राखेकोमा यो लक्ष्य प्राप्तीको लागि उपलब्ध कार्यक्रम र नीतिलाई कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ ।
अबको बाटो ः
देशमा राजनीतिक परिवर्तन पपछि धेरैजसो काम कर्तब्य र अधिकारहरू स्थानिय तहमा गईरहेको सन्दर्भमा स्तनपानको लागि सहयोग, प्रर्बद्धन र संरक्षण गर्न स्थानिय सरकारले नै पहल गर्नूपर्ने देखिन्छ । यसको लागि निम्न कुराहरूमा ध्यानदिनु पर्ने अवस्था टड्कारो देखिन्छ ।
१. आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्रि वितरण नियन्त्रण ऐन २०४९ तथा नियामावली २०५१ लाई कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ । आजभोली आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु जस्तै पाउडर दुध, फरमुलामिल्कको बिक्रिबितरण र प्रयोग अत्याधिक भइरहेको छ ।
पढेलेखेका र शहरिया परिवारहरू पनि सजिलोको लागि पाउडर दुध ख्वाउने र कतिपय स्वास्थ्यकर्मीहरूले सूरुमै नवजात शिशुलाई पाउडर दुध ख्वाईदिने चलनले गर्र्दा ऐन नियमको कार्यन्वयन पक्ष फितलो देखिन्छ । साथै जन चेतनाको पनि अभाव दखिन्छ । यो ऐनलाई कडाइका साथ आप्mनो ठाउँ, अस्पताल र अस्पताल परिसरमा लागू गर्न स्थानिय सरकारले सरोकारवालासंग समन्वय गर्दै अघि बड्नु पर्ने आवश्यकता देखिन्छ ।
२. बालमैत्री अस्पतालको अवधारणा (द्यबदथ ँचष्भलमथि ज्यकउष्तब िक्ष्लष्तष्बतष्खभ) लाई देशव्यापी रुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ । देशका सबै अस्पताल र बर्थिग सेन्टरबाटै स्तनपानको सूरुवात गराई स्तनपान सम्बन्धि शिफारिस गरिएका ब्याबहारहरू लागु गराउनुपर्छ । सबै स्वास्थ्यकर्मीहरूलाई स्तनपान व्यबस्थपनको तालिम दिने र आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु जस्तै पाउडर दुधको प्रयोगलाई निरुत्साहित गनुपर्ने दखिन्छ ।
३. महिला कर्मचारीलाई प्रशुती बिदाको सूबिधा ६० दिनबाट बढाई अन्तराष्ट्रिय श्रम ऐन अनुसार ६ महिना बनाउनु पर्ने देखिन्छ ।
४. निजी संस्था, बिद्यालय, गैर सरकारी संस्थाहरूमा प्रशुती बिदालाई सुनिश्चत गर्न पैरवी गर्नुपर्ने देखिन्छ । आजपनि दिदीबहिनीहरू सुत्केरी भएपछि जागिरबाट निकालिने र गर्भवती भएपछि जागिर नै नपाउने तितो यथार्थ हामीले देखिरहेका छौ । जसले गर्दा बच्चा जन्मिएको १ महिना नपूग्दै काममा जानुपर्ने बाध्यताका कारण कयौं शिशूहरू पूर्ण स्तनपानबाट बन्चित रहेका छन् ।
५. सूरक्षित स्तनपान क्षेत्र र स्तनपानको समय छुट्याउनुपर्ने देखिएको छ । त्यसका लागि हरेक सरकारी, गैर सरकारी कार्यालय, निजी संस्था र सार्बजनिक ठाँउहरूमा स्तनपान गराउने ठाँउ र कामकाजी महिला कर्मचारीहरूलाई स्तनपान गराउने समय ब्रेक छुट्याएर स्तनपानलाई सहयोग र प्रबद्र्धन गर्न सकिन्छ ।
६. यसका लागि हाम्रौ जस्तो यो समुदायमा ब्यापक जनचेतनाको खााचो देखिएको छ । सामाजिक बानी ब्यबहारमा परिबर्तन गर्न समूदायका आमाहरू, सासूहरू, अगुवाहरूको बीचमा तथा नीति निर्माता तहसम्म आबश्यक छलफल र बहश चलाउनुपर्छ ।
आमसञ्चारका माध्यमहरूले स्तनपान सम्बन्धी जनचेतना अभिबृद्धी गर्ने कामलाई प्राथमिकतामा राख्नुपर्नेछ । स्तनपानको सहयोग, प्रबद्र्धन र संरक्षणको लागि परामर्श समूह बनाइ हरेक समूदायमा स्तनपानको महत्व, बच्चा र आमाको सहि आशन, स्तनसम्पर्क र सिफारिश गरिएका ब्यवहार बारे छलफल र परामर्श लाई ब्यापक रुपमा अघि बढाउनुपर्ने देखिन्छ ।
यसैले सरोकारवाला निकायहरू, पत्रकारहरू, बुद्धिजीवि, स्थानिय सरकार र आमनागरिकहरू सबै मिलेर स्तनपानलाई दिगो बनाउन आजै देखि लागि परौं ।

No comments:

Post a Comment