Monday, August 07, 2017

आज जिल्ला समन्वय समितिमा उम्मेदवारी दर्ता हुँदै, सन्तमान सभापतिको उम्मेदवार

शर्मिला उप्रेती विदुर, 

जिल्ला समन्वय समिति नुवाकोटको निर्वाचन प्रक्रिया सुरु भएको छ । जसअनुसार आज सोमवार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । समितिको पदाधिकारी चुन्नका लागि निर्वाचन भने साउन २९ आइतवार गते दिउँसो १ बजे हुनेछ । जिल्ला समन्वय समितिको कार्यालयमा नै मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना गरि निर्बाचन कार्यक्रम घोषणा गरेको हो । नुवाकोटका जिल्ला न्यायधिश एवं मुख्य निर्बाचन अधिकृत लोकजङ्ग शाहका अनुसार निर्वाचन मतदाता नामावली सार्वजनिक भएको छ । निर्वाचनको विभिन्न १४ चरणमध्ये शुक्रबार मतदाता नामावली प्रकाशन, हिजो आइतवार अन्तिम मतदाता नामावली सार्वजनिक भएको थियो । आज सोमवार भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारविरुद्ध परेका उजुरी लगायतको प्रक्रिया पूरा गरी साउन २६ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिनुभयो । उम्मेदवारलाई साउन २८ मा निर्वाचन चिह्न प्रदान गर्ने र मतदान साउन २९ गते तोकिएको मुख्य निर्बाचन अधिकृत लोकजङ्ग शाहले बताउनु भयो । जिल्ला समन्वय समितिको निर्बाचनमा नगरपालीका र गाँउपालीकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने प्राबधान रहेको छ ।

यस्तै, निर्बाचनमा स्थानिय तहको निर्बाचनबाट निर्बाचित भएका पदाधिकारीमात्रै उम्मेद्धवार बन्न पाउने मुख्य निर्बाचन अधिकृत शाहले बताउनु भयो । नुवाकोटमा जिल्ला समन्य समितिको निर्वाचनका लागि १२ स्थानीय तहका प्रमुख र उप्रप्रमुख गरी २४ जना मतदाता छन् ।

२४ जना मतदातामध्ये १४ जना नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधित्व जनाउने भएकाले काँग्रेसको स्पष्ट बहुमत रहेको छ । काँग्रेस जिल्ला प्रवक्ता राजु थापाका अनुसार जिससको सभापतिमा सन्तमान तामाङलाई उठाउने सर्वसम्मत निर्णय भएको छ । हिजो काठमाडौंमा काँग्रेस सभापति शेरबहादुर देउवा सित केसी र महत पक्षले छलफल गरेपछि सभापति महतलाई, उप सभापति केसीलाई र बहादुरसिंह लामा तामाङलाई दुई सदस्य दिने मौखिक सहमती भएको हो ।

अन्य उम्मेदवाहरुको बारेमा भने कुनै टुङ्गो लागेको छैन । १२ स्थानिय तहमा नेकपा एमालेका ६ जना र नेकपा माओवादी केन्द्रका चारजना मतदाता रहेका छन् । नेपाली काँग्रेसको जिल्ला कार्य समितिले जिल्ला समन्वय समितिको सभापतिमा पदमराज पौडेललाई उठाउने निर्णय गरेको थियो । तर नुवाकोटको तीन वटै निर्वाचन क्षेत्रबाट भने जिल्ला समन्वय समितिमा सन्तमान तामाङको नाम सिफारिस भएर आएको थियो ।

No comments:

Post a Comment