
नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँ पालिकामा चार दिन अघि गएको बाढीका कारण भएको क्षतीको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमन्त्री डा. रामशरण महतले अवलोकन गर्नुभएको छ ।
काँग्रेसका कार्यकर्ताहरु र जनप्रतिनिधि लिएर क्षती भएको स्थानमा पुग्नु भएको डा. महतले तत्कालै त्यहा खानेपानी र सिञ्चाई सुचारु गर्नु आवश्यक रहेको बताउनुभएको छ । उहाँले सम्वन्धित कार्यालयलमा तत्कालै पानीको मुहान सुचारु गर्न मोवाइलबाटै निर्देशन दिनुभएको छ ।
क्षती भएको स्थानको अनुगमनका लागि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, सदस्य जगदीश फुँयाल, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश तामाङ लगायतका जनप्रतिनिधिहरु जानुभएको थियो । उहाँहरुले तत्कालै खानेपानी र सिञ्चाईका लागि आवश्यक ब्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बाढीले क्षती नपु¥याएको खेतको धानबाली संरक्षणका लागि तुरुन्तै सिञ्चाई आवश्यक रहेको स्थानियहरुले बताएका छन् । मुहान देखि सिञ्चाईको नहर ध्वस्त भएकोले उनीहरुले नेतालाई आवश्यक पहल गरिदिन आग्रह गरेका छन् । सामान्य खोलामा आएको बाढीका कारण साढे दुई सय रोपनी धान खेत बगरमा परिणत भएको स्थानीय राजेन्द्र फुँयालले बताउनुभएको छ । अधिकाँश किसानहरुको भएधरको जमिन बाढीले नगेको भन्दै स्थानीयहरु दुखी भएका छन् । भर्खरै लाखौं लगानी गरेर लगाइएको धान खेत नष्ट हुनुका साथै खेतको संरचनानै ध्वम्स भएको स्थानीय शान्ती बोहोराले बताउनुभएको छ । २०१५ सालमा एक पटक सोही खोलामा बाढी आएको सुनेका त्यहाका स्थानीयहरुले अहिले चार दिन अघिको बाढीका कारण ठुलो क्षती सहनु परेको छ ।
यसै बीच, पञ्चकन्या गाउँपालिकामा वर्षा, बाढी र पहिरोले पु¥याएको क्षतीको विवरण संकलन कार्य सुरु समेत भएको छ ।
जनप्रतिनिधि र जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्राविधिकहरुले प्रभावित क्षेत्रको अवलोकन गरी क्षतिको विवरण संकलन थालेका हुन् । जिल्ला कृषि विकास कार्यालय नुवाकोटका अनुसार कृषि उब्जनी सहित सिँचाई, कुलो, खानेपानी, जमिनको कटानको क्षती विवरण संकलन थालिएको हो ।
संकलन हुने क्षति विवरणका आधारमा कृषकहरुलाई क्षतिपुर्ती दिइने बताइएको छ । अस्ती नौं गते राती आएको अविरल वर्षले नुवाकोटको पञ्चकन्या गाउँपालिकाको वडा नं. २ कविलास र वडा नंं ५ भद्रुटारमा धान लगाइएको खेत नष्ट पारेको थियो । वर्षौ देखि खेती गरिदै आएको उर्बर जमिन अहिले बाढीको कारण बगरमा परिणत भएको छ ।
बाढीका कारण कविलासको हर्रोबोटे, खोलेबगर, अम्बोटे, सिस्नेघारी, चारसय पाmँट, चालिसेको धान खेत नष्ट भएको छ । त्यस्तै भद्रुटारको डुडेवगर, बविसे, क्यामुने, पिप्लेबगर, खोलेबगरमा क्षती पु¥याएको स्थानीयहरुले बताएका छन् ।
प्रारम्भिक अनुमान अनुसार सिञ्चाई र खानेपानीमा डेढ करोड रुपैयाँ बरावारको क्षती भएको छ । खानेपानीको २५ वटा मुहान र सिञ्चाईका १५ वटा मुहना ध्वस्त भएको छ । खानेपानीको पाईप र सिञ्चाईको नहर पनि बाढीले लगेको छ । खेतमा भएको क्षतीको अनुमान साँढे तीन करोडको गरिएको छ ।
बाढीका कारण ठाउँ ठाउँमा पहिरो गएकोले अहिले नयाँ नयाँ ठाउँमा खेत भासिन पनि थालेको छ । तत्कालै संरक्षण गर्न सकेमा रोकथाम हुने भएपनि आफ्नो मुख्य आम्दानीको श्रोत रहेको खेतमा पहिरो लाग्न लागेको शंकरप्रसाद बोहोरा बताउनुहुन्छ ।
No comments:
Post a Comment