शशिकुमार डङ्गोल
पैरेबेसी रसुवा । रसुवाको पहिरेवेशीमा गएराति पहिरो जाँदा ८ घर पुरिएको छ । चार जना वेपत्ता भएका छन् ।बेपत्ता हुनेहरुमा एकई घरका सदस्य रहेका छन् । जसमा ७७ बर्षिय धर्मबहादुर थापामगर, ३३ बर्षिय बुहारी मुना थापामगर, ४ बर्षिय नाति रविन थापामगर र घरमा काम गर्ने ७८ बर्षिया भक्तबहादुर नगरकाेटि रहेका छन् ।
उत्तरगया गाउँपालिका–४ पहिरेबेशिमा राति ९ वजेतिर खसेको पहिरोको कारण ८ घर पुरिएको हो । स्थानिय खड्गबहादुर घले, मुना घले, दिपक घले, कान्छि मगर्नि, देवकि भुजेल, लालबहाखुर थापामगर, गाेपालबहादुर थापामगर, हरि घले र यवबहादुर थापामगरमकाे घरमा क्षति पुगेकाे छ ।
पहिराेमा परि लालबहाखुर थापा मगर र उहाको श्रीमति बिन्दा थापामगर घाइते हुनुभएको छ । बिन्दाकाे अवस्था गम्भीर रहेकाे छ ।
दर्जनौंकाे सङ्ख्यामा पशु पनि मरेकाे छ । गाउँ पुग्ने सडक समेत पहिलाेले बगाएको कारण उद्वारमा जानेहरुलाई समस्या भएको थियाे ।
बेपत्ताहरुकाे सेनाले खाेजि गरिरहेकाे छ । श्रीनाथ गण नुवाकोटबाट खटिएको सेनाले बेपत्ताहरुकाे खाेजि गरिरहेकाे र पहिराेकाे दलदलका कारण समस्या भएको श्रीनाथ गणका प्रमुख राेहित गुरुङले बताउनुभयाे । रसुवाबाट पनि उद्वारका लागि सेना घटनास्थलमा पुगेकाे छ ।
त्यसैगरी पहिरोको कारण जिल्लाको ढुङ्गेमा पनि दुई ओटा घरमा क्षति पुगेको छ । साथै धारापानी, कटुन्जे र माँझगाँउमा समेत पहिरो खसेपछि स्थानीयवासी त्रसित भएका छन् ।
बेत्रावति भन्दा माथिकाे सडकाे बिच बिचमा पहिराे गरेको कारणा रसुवामा यातायातका साधन बन्द भएको छ । माेटरसाईकल मात्रै गुड्न मिल्ने गरि सडक भासिएकाेले जिल्ला सदरमुकाम र अन्य गाउबाट अावतजावत बन्द भएको छ । रसुवागढि अावतजावत गर्ने मालबाहक साधन पनि राेकिएकाे छ ।
अाज बिहानैबाट रसुवमा नुवाकोटबाट जाने सवारी साधन प्रबेशमा राेक लगाईएकाे छ । नुवाकाेट र रसुवाकाे सिमास्थल बेत्रावतिबाट ठुला सवारी साधन रसुवा प्रबेश गरेका छैनन् ।
तस्बिरहरु शशिकुमार डङ्गोल/इमेज र श्रीनाथ गण नुवाकोट
No comments:
Post a Comment