Monday, August 07, 2017

जिल्ला समन्वय समिति नुवाकोटमा को को भिड्दैछन् ? र किन दर्ता भएन पदमराज पौडेलको उम्मेदवारी ?

कपिलदेव खनाल
विदुर, जिल्ला समन्वय समिति नुवाकोटको लागि आज उम्मेदवारी दर्ता भएको छ । नेपाली काँग्रेस र नेकपा एमाले तथा माओवादी केन्द्र गरी दुई प्यानलबाट उम्मेदवारी दर्ता भएको छ ।
    नेपाली काँग्रेसको तर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा सन्तमान तामाङको उम्मेदवारी परेको छ । उप प्रमुखमा अप्सरा थापाको उम्मेदवारी परेको छ । उप प्रमुखमा काँग्रेसबाट पदमराज पौडेलले उम्मेदवारी दिने भने पनि प्रमुख या उप प्रमुखमा महिला आवश्यक पर्ने भएकोले महिला सदस्यको उम्मेदवार बनाएर निर्वाचन अधिकृतको कार्यालयमा लगिएको अप्सरा थापालाई उप प्रमुखको उम्मेदवार बनाइएको हो । पार्टी कार्यालबाट पौडेललाई उप प्मुखको उम्मेदवार बनाएर निर्वाचन कार्यालय लगिएको थियो । पौडेलको उम्मेदवारी कामय नहुने भएपछि केहीबेर खैलाबैला मच्चिएको थियो ।
 
    नौं सदस्यको लागि आउँदो २९ गते हुने निर्वाचनमा १८ जनाको उम्मेदवारी परेको छ । काँग्रेसले एक्लै समुह तयार गरेको छ भने नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त प्यानल तयार गरेको छ ।
    जिल्ला समन्वय समितिको सदस्यहरुमा खुल्ला तर्फ अभिनव फँुयाल ‘जगदीश’, रामहसिंह तामाङ, र गणेशबहादुर शाहीले काँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै काँग्रेसको तर्फबाट महिला सदस्यमा सविना प्रधान, सावित्रि सेढाई र धनमाया तामाङको उम्मेदवारी परेको छ । अल्पसङ्ख्यकबाट माया शेर्पाको उम्मेदवारी परेको काँग्रेस नुवाकोटका प्रवक्ता राजु थापाले जानकारी दिनुभयो ।
    एमाले आमोवादी संयुक्त प्यानलबाट जिल्ला समन्वय समितिको प्रमुखमा रामहरि घिमिरे, उप प्रमुखमा विष्णुबहादुर बोगटी रहनुभएको छ । घिमिरे नेकपा एमालेबाट निर्वाचिन वडा सदस्य हुन् भने बोगटी नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य हुन् । त्यसै गरी खुल्ला सदस्यहरुमा नविन पुडासैनी, नारायणप्रसाद रिमाल, विक्रम गुरुङ्ग रहनुभएको छ । महिला सदस्यमा मिनुकुमारी तामाङ नेपाली, शर्मिला तामाङ, सरस्वती उप्रेतीको उम्मेदवारी परेको छ भने अल्पसंख्यकमा कृष्णबहादुर घलेको उम्मेदवारी परेको छ ।
    जिल्ला समन्वय समितिमा प्रमुख, उप प्रमुख र बाँकी सात जना सदस्यमा निर्वाचित हुनेछन् । जसमा खुल्ला सदस्य र महिला सदस्यबाट तीन÷तीन जना र दलित वा अल्पसङ्ख्यकबाट १ जना निर्वाचित हुनेछन् ।


   नेपाली काँग्रेस नुवाकोटमा केसी र महत गुटको राजनीति सहतमा आएपछि उम्मेदवारी दर्ता हुने समयमा दुवै गुटको एकता भएको कार्यकर्ताहरुले बताएका छन् । काँग्रेसका एक जिल्ला नेताका अनुसार प्रमुखमा महत, उप प्रमुखमा केसीले आफ्ना कार्यकर्तालाई उम्मेदवारी बनाएका छन् । सदस्यहरुमा महत, केसी र बहादुरसिंह लामा पक्षका कार्यकर्ताहरुलाई भागवडा लगाइएको छ ।
    जिल्ला समन्वय समिति गठनका लागि नुवाकोटमा काँग्रेसलाई प्रष्ट बहुमत रहेको छ । २४ जना मतादाता रहेको नुवाकोटमा काँग्रेसको मात्रै १४ मत रहेको छ । एमालेसंग ६ र माओवादीसंग ४ मत मात्रै रहेको छ । जिल्ला समन्वय समिति गठनका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उप प्रमुखले मात्रै मतदान गर्न पाउने छन् ।
जिल्ला समन्व्य समितिको पदाधिकारी विजयी गराउन प्रष्ट बहुमत रहँदा पनि काँग्रेसमा हिजोसम्म विभाजन देखिएको थियो । काँग्रेसको तीन वटै क्षेत्रिय समितिले सन्तमान तामाङलाई प्रमुखको उम्मेदवार बनाउनका लागि लिखित रुपमा पठाएपनि जिल्ला कार्य समितिले भने प्रमुखमा पदमराज पौडेललाई प्रमुखमा उठाउने निर्णय गरेको थियो ।
महत र केसी पक्षको राजनीतिले विभाजन गरेको काँग्रेस नुवाकोटको जिल्ला समन्वय समितिको चुनालाई काँग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाले हिजो साँझ मात्रै मिलाएका थिए ।


जिल्ला सभापति जगदीश्वरनरिसिंह केसी र सभापतिका प्रत्यासि रमेश महत सहित गएको काँग्रेसको नेता कार्यकर्ताहरुलाई तत्कालै उप प्रमुखको उम्मेदवार छान्न हम्मेहम्मे परेको थियो । तर केसी पक्षको भागमा परेको उप प्रमुखको उम्मेदावार छनोटमा जिल्ला सहभापति केसीले नै थापालाई छनोट गर्नुभएको हो ।

No comments:

Post a Comment