Monday, August 07, 2017

गिट्टी बालुवाको मुल्य निर्धारण गर्न समिति

विदुर÷नुवाकोटमा नदी जन्य निर्माण सामाग्रीहरूको मुल्य निर्धारणको लागी समिति गठन भएको छ ।
    समितिको संयोजकमा बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल रहनु भएको छ । यस्तै सदस्यहरूमा क्रसर ब्यबसायी संघ नुवाकोटका अध्यक्ष शिब अधिकारी, जिल्ला प्रशासन कायालय नुवाकोटका प्रतिनिधि, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख बेदप्रसाद गौडेल, जिल्ला प्राबिधिक कार्यालयका ईन्जिनियर, शहरी बिकास तथा भवन डिभिजन कार्यालयका ईन्जिनियर, बालुवा प्रशोधन ब्यबसायीको तर्फबाट कृष्ण अधिकारी रहनु भएको छ ।
    समितिका सदस्यहरूमा उपभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पण्डित, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेब खनाल र जिल्ला समन्वय समितिका सुब्बा हरी प्याकुरेल सदस्य सचिब रहनु भएको छ ।
    मुल्य निर्धारण समितिले निर्माण जन्य सामाग्रीहरूको प्रस्ताबित मुल्य निर्धारण गरि सरोकारवाला निकायहरूको बैठकमा पेश गर्ने जनााएको छ । समितिलाई सात दिनको मिति दिइएइको छ । मुल्य निर्धारणको लागी बिहिवार भएको कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारीले जिल्लाको आबाश्यक्ता अनुसार उत्पादन भएका सामाग्रीहरू जिल्लामा नै खपत गर्नको लागी ब्यबसायीहरूलाई आग्रह गर्नु भयो
    जिल्ला समन्वय समितिका प्रमुख केशरबहादुर पण्डितले जिल्लामा रहेका क्रसर ब्यबसायीहरूले अबैध रुपमा नदी उत्खनन् गर्ने भएकाले तस्करको संज्ञामा परेको बताउनु भयो । बिदुर नगरपालीकाका प्रमुख सञ्जु पण्डितले राज्यले रोक लगाएको समयमा अबैध तबरले रातको समयमा नदी जन्य सामाग्रीहरूको उत्खनन् रोकिनु पर्ने बताउनु भयो । साथै भुकम्प पिडितहरूलाई पुन निर्माणका लागि सस्तो र सहज रुपमा सामाग्री उपलब्ध गराउनको लागि लाग्ने उहाँको भनाई छ ।
    बेल्कोटगढी नगरपालीकाका प्रमुख राजेन्द्ररमण खनालले नदी जन्य निर्माण सामाग्रीहरूको मुल्य निर्धारण गरि नुवाकोटमा रहेका भुकम्प प्रभाबित नागरिकलाई सहज रुपले उपलब्ध गराउनु पर्ने बताउनु भयो । नदी जन्य निर्माण सामाग्रीहरू असार, साउन र भदौ महिनामा उत्खनन् गर्न नपाउने संबैधानिक ब्यबस्था रहेको छ । तर नुवाकोटमा बर्खाको समयमा नै अबैध तबरले नदी उत्खनन् भैरहेको सरकारी कर्मचारीहरूले बताउँदै आएका छन् । प्हरीले पनि नदीमा बालुवा झिक्न प्रयोग भएको मेसिनको ब्याट्री जफत गर्दै आएको छ ।
    तर उद्योगी ब्यवसायीहरूले भने आफुहरूलाई विक्रिको सहज वातावरण बनाइदिएर निर्धारण भएको मुल्य भन्दा पनि प्रति गाडी एक हजार रुपैयाँ कम मुल्यमा सामग्री उपलब्ध गराउने बताएका छन् । ब्यवसायी प्रकाश राईले प्रहरी प्रशासनले बालुवा गिट्टी उत्पादन र संकलन गर्न पनि नदिने र मुल्य कम गर्नु पर्यो पनि भन्ने कुरा विरोधाभाष रहेको बताउनुभयो । उहाँले सहजत वातारण भएका आफ्नो तर्फबाट जिल्लावासीलाई अपेक्षा भन्दा पनि सस्तो मुल्यामा गिट्टी बालुवा उपलब्ध गराउने बताउनुभएको छ ।
    बालुवा प्रशोधन ब्यबसायी कृष्ण अधिकारीले करोडौै रुपैयाँ लगानी गरी स्थानियहरूलाई रोजगारीको सिर्जना गरि ब्यबसाय सञ्चालन गरि रहदा तस्करको आरोप लागेकोमा आपत्ति जनाउनु भयो । कार्यक्रममा किस्पाङ गाँउपालीकाका अध्यक्ष छत्र तामाङले क्रसर र बालुवा ब्यबसायीहरूप्रति जिल्ला स्थित नियामक निकायले नियन्त्रणमा लिएको जस्तो गरि भित्रि रुपमा रकमको चलखेल गरेर उत्पादन भएको निर्माण जन्य सामाग्रीहरू नुवाकोटको दुर दराजमा रहेका नागरिकहरूको पँहुचमा नपुगेको बताउनु भयो । भुकम्पका कारण अक्रान्त भएका नागरिकहरूको निजि घर पुनःनिर्माणको लागी १ ट्रिपर बालुवा किन्दा करीब ४० हजारको हाराहारी सम्म पर्ने गरेको उहाँले बताउनु भयो ।
    तादी वडा नं. ६ का अध्यक्ष केशब थापाले बर्खाको समयमा जिल्ला समन्वय समितिले नै नदीमा बगेको बालुवा उत्खनन् गरि भुकम्प प्रभाबित नागरिकलाई सहज रुपले उपलब्ध गराउन
माग गर्नुभयो । जिल्ला समन्वय समितिले  नदी जन्य सामाग्री उत्खनन्मा रोक लगाउदै आएको छ । यता, क्रसर ब्यबसायीहरूले पनी रातमा नदी उत्खनन् गर्नु पर्ने आफुहरूको बाध्यता रहेको बताएका छन् ।
    करोडौँ रुपैयाँ लगानी गरि सञ्चालन गरेको क्रसर ब्यबसाय स्थानिय प्रशासनले धारासायी बनाएको भन्दै दिनको समयमा निर्बाध रुपमा नदी जन्य सामाग्री उत्खनन् गर्नको लागी सहजीकरण गर्न माग गरेका छन् ।
    निर्बाध रुपले जिल्ला समन्वय समिसितले नदी जन्य सामाग्रीहरूको उत्खनन् गर्ने ब्यबस्था भएमा भुकम्प प्रभाबित नागरिकह्रूले सहज र सुलभ दररेटमा निर्माण जन्य सामाग्रीहरू पाउने ब्यबसायीहरूले बताएका छन् ।

No comments:

Post a Comment