Monday, August 07, 2017

साना शहरी खानेपानीको काम ५५ प्रतिशत

राजु रिमाल, विदुर
नुवाकोटमा एसियाली बिकास बैङकको सहुलियत श्रणमा सञ्चालीत तेश्रो साना शहरी खानेपानी आयोजनाको हाल सम्मको प्रगती बिवरण ५५ प्रतिशत रहेको छ ।
    योजना कार्यान्वयन सुरु हुनै समय लागेको तेश्रो साना शहरी खानेपानी आयोजनाको काम भने तिब्र रुपमा अगाडी बढिरहेको छ । गएको सामेवार बिदुर खानेपानी उपभोक्ता समितिले सरकारवाला निकायहरूसँग आयोजना कार्यान्वयनको कार्य प्रगति र चनौतिको बिषयमा अन्तक्रिया गर्दै खानेपानी आयोजना तिब्र रुपमा अगाडी बढिरहेको जनाएको छ ।
    करिब १ अर्ब रुपैयाँ लागतमा निर्माण भैरहेको आयोजनाको अहिले ५५ प्रतिबत भन्दा माथी काम सम्पन्न भैसकेको उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर खनालले बताउनु भयो ।
    खानेपानी आयोजनाको संरचना निर्माणको क्रममा मुहान निर्माण, पानी रिजर्भ गर्ने ट्याङिक, बितरण लाईन, पानीलाई शुद्धिकरण गर्ने प्रबिधि जडान र संरचनाको निर्माणलाई अहिले अगाडी बढाईएको उपभोक्ता समितिका अध्यक्ष खनालले बताउनु भयो । सरोकारवाला सबै निकायहरूको सहयोग र सहकार्यमा हाल खानेपानी आयोजनाको निर्माण कार्य तिब्र भैरहेको उहाँले बताउनु भयो । 
    खानेपानी आयोजना निर्माणको कार्यमा धेरै चुनौतीहरू रहेता पनि स्थानिय नागरिक, राजनीतिक दल तथा सरोकारवाला निकायहरूको सहयोगमा चुनौतिहरूलार्य अबसरमा परिणत गरिएको समितिका अध्यक्ष नारायणबहादुर खनालले बताउनु भयो । आयोजना कार्यान्वयन गर्दा सुरुमा देखिएका चुनौतीहरूलाई सबै निकायबाट सहयोग प्राप्त भएकाले अहिले स्थानिय उपभोक्ता नागरिकहरूको मकै, धान लगाईएको स्थानबाट पाईप लाईन बिस्तारमा समेत स्थानिय उपभोक्ताहरूको सहयोग रहेको उहाँले बताउनु भयो ।
    आगामी १ बर्ष भित्र निर्माण सम्पन्न हुने खानेपानी आयोजनाले बिदुर नगरपालीकामा आगामी १५ बर्ष सम्मको लागी प्रत्येक नागरिकहरूको घरमा २४ सै घण्टा पानी उपलब्ध हुने बतार्यको छ । यस्तै, सडक मार्ग बिस्तारका कारण नगरपालीका भित्र ६ किलोमिटरमा तत्कालै पाईप लाईन बिस्तार गर्न नपाईएको कार्यक्रममा बताईएको छ ।
    गल्छि रसुवागढी सडक बिस्तारको क्रममा रहेकाले पाईपलाईन कहाँनिरबाट बिस्तार गर्ने भन्ने अन्यौलमा रहेको बिदुर खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

No comments:

Post a Comment