Monday, August 07, 2017

ध्वस्त भयो एतिहासिक पुल


शशिकुमार डङ्गोल
बेत्रावती÷नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीमा रहेको ऐतिहासिक झोलुङ्गे पुल शुक्रवार रातीको बाढीले बगाएकोे छ ।
    फलाखु खोलामा आएको बाढीले पुलको नुवाकोट तर्फको भाग बगाएको हो । बिदुर नगर पालिका वडा नम्वर १० को पुलको एकापटिको जीप नै बगाएपछि खोला वस्तीमा पस्ने खतरा बढेको स्थानीयहरूले बताएका छन् ।
    फलाँखु खोलामा आएको बाढीले धार्मिक तथा ऐतिहासिक क्षेत्र बेत्रावतीको ऐतिहासिक झोलुंगे पुल बगाएपछि खोला वस्तीमा पस्न सक्ने खतरा बढेको छ । पुलको नुवाकोटपटिको भाग भत्काएकोले तत्काल खोला नियन्त्रण नगर्ने हो भने पुलसँगै जोडिएको घरहरू समेत भत्काउन सक्ने स्थानीयले बताए ।
    पुल बगाएपछि खोलाको बहाव नुवाकोटपटि बढी आएकोले वस्ती जोखिममा परेको स्थानीय गोसाईकुण्ड क्लबका अध्यक्ष सुरज लबटले बताउनुभयो ।
    ७० वर्ष भन्दा पुरानो यो पुल पक्की पुल बनेसगै पल्लिो केही दशकदेखि प्रयोगविहीन अबस्थामा थियो । तर, आफ्नो क्षेत्रको ऐतिहासिक पुलको संरक्षण गर्न‘ पर्छ भन्दै केही वर्ष अघि पुल मर्मत गरिएको थियो ।     स्कटल्याण्ड सरकारबाट नेपाललाई तीनवटा पुल निर्माणमा र्पुयाएको सहयोग कार्यक्रम मार्फत वि. सं. २००४ मा निर्माण भएको यो पुलले नेपाल र चीनबीचको पदमार्गको सम्पर्क विस्तारमा सहयोग पु¥याएको थियो । यो पुल रसुवा जिल्लालाई बाहिर जिल्लासँग जोड्ने पहिलो पुल हो । उक्त पुलको निर्माणपछि रसुवाको रसुवागढी हुँदै चीनको केरुङ बजारसम्मको व्यापार फस्टाएको थियो ।
    यस्तै बाढीले भोर्लेमा सयौं रोपनी खेत बगाएको छ भने एक झोलुंगे पुल समेत बगाएको छ ।

No comments:

Post a Comment