Monday, August 07, 2017

पुन निर्माणमा समस्या

सरू बर्देवा
विदुर÷बिनासकारी भुकम्पका कारण क्षति ग्रस्त भएको संरचनाहरूको पुनःनिर्माणमा नुवाकोटका नागरिकहरूले बिभिन्न समस्या झेलि रहेका छन् ।
    संरचना निर्माण सुरु गरेका नागरिकह्रूले आर्थिक अभाबसँगै, निर्माण सामाग्री र संरचना निर्माण कर्मिहरूको अभाबमा बस्नु परेको छ । लामो समय सम्म अस्थाई आबासमा बसेर भर्खरै संरचना निर्माण कार्यमा जुटेका नागरिकलाई स्थानिय स्तर सम्म मोटर बाटो सञ्चालन नँहुदा निर्माणजन्य सामाग्री ढुवानीमा समस्या छ ।
    घर सम्म पुग्ने मोटरबाटो बर्खाको समयमा क्षतिग्रस्त हुँदा निर्माण सामाग्रीहरू संरचना निर्माण स्थलसम्म पुराउन नागरिकहरूले पाएका छैनन् । नुवाकोटको ग्रामिण भेगहरू दुप्चेश्वर, साल्मे, भाल्चे लगायतका स्थानहरूमा सामाग्रीहरू ढुवानी हुन नसक्दा धेरै नागरिकहरूको संचना निर्माण कार्य अधुरै भएको छ ।
    प्राय निर्माण जन्य सामाग्री ढुवानीको लागी मिनि ट्रकको प्रयोग हुने गरे पनी ग्रामिण मोटरबाटो बर्खाको पानीले खोलेका कारण सबारी आबागमन बन्द भएको हो । सबारी साधन निर्बाध रुपमा सञ्चालन भैरहेका स्थानहरूमा पनि निर्माण सामाग्रीहरूको अभाब भएको छ ।
    संरचना निर्माणको लागी आबाश्यक पर्ने सबै सामाग्रीहरू समयमा नै उपलब्ध नभएका कारण नागरिकले निर्माण थालेको घरहरू पनि अधुरै रहेको छ । बर्खा अगाडी नै घर निर्माण गरि सक्ने लक्ष्य राखेका भुकम्प प्रभाबित नागरिकहरूको समेत निर्माण सामाग्रीको अभाबका ाकरण अहिल सम्म संरचना अधुरै छ ।

No comments:

Post a Comment